धुर्मुस सुन्तली फाउण्डेशन

धुर्मुस सुन्तली फाउण्डेशन हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेलकुञ्जना घिमिरेको जोडीले संयुक्त रूपमा खडा गरेको एक ग‌ैर नाफामूलक संस्था हो। धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो। वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनवास गर्ने उदेश्यका साथ यसको स्थापना गरिएको थियो भने हाल यस संस्थाले चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ। [१]

धुर्मुस सुन्तली फाउण्डेशन
गठनवि.सं २०७२
प्रकारगैरसरकारी संस्था
प्रधान कार्यालयकाठमाडौँ
स्थान
सस्थापक/प्रबन्धक
सिताराम कट्टेलकुञ्जना घिमिरे
वेबसाइटhttp://dhurmussuntali.com/ne

स्थापना सम्पादन गर्नुहोस्

विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो।

परियोजनाहरू सम्पादन गर्नुहोस्

सम्पन्न परियोजनाहरू सम्पादन गर्नुहोस्

  • एकीकृत नमूना पहरी बस्ती
  • एकीकृत नमूना गिरानचौर बस्ती
  • एकीकृत नमूना गिरानचौर बस्ती
  • एकीकृत नमूना सन्तपुर बस्ती
  • वीर अस्पताल सफाई अभियान

चालू परियोजनाहरू सम्पादन गर्नुहोस्

कार्यहरू सम्पादन गर्नुहोस्

यस फाउण्डेसनले अहिले सम्म तीन वटा नमूना बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

डाँडाँगाउँमा नमूना बस्ती सम्पादन गर्नुहोस्

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँ गा.वि.स.मा नमूना बस्तीको पहिलो पटक निर्माण भएको हो। नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा भूकम्प प्रभावितहरूलाई सहयोग गर्नको लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा तथा विभिन्न संघसंस्थाहरूको श्रमदानमा नमूना बस्तीको निर्माण सफल भएको हो। यो बस्तीको निर्माण दुई महिना १० दिनमा सम्पन्न गरिएको थियो।[३]

गिरान चौर एकीकृत नमूना बस्ती सम्पादन गर्नुहोस्

 
गिरान चौर एकीकृत नमूना बस्ती एक दृष्य
 
गिरान चौर एकीकृत नमूना बस्ती एक दृष्य

धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको दोस्रो गिरानचौर नमूना बस्ती हो। यस बस्तीको कुल क्षेत्रफल ३५ रोपनी हो भने ५ करोडको लगानीमा ६५ वटा घर तथा एक सार्वजनिक भवन साथसाथै बालबच्चाहरु खेल्नका लागि पार्कहरु समेत निर्माण गरिएको छ।[४]

एकीकृत नमूना मुसहर बस्ती सम्पादन गर्नुहोस्

 
एकीकृत नमूना मुसहर बस्ती एक दृष्य
 
एकीकृत नमूना मुसहर बस्ती एक दृष्य

धर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरीलाई लक्षित गरी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका –१ मा पर्ने मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको थियो। लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाइएको छ। यस बस्तीमा कुल लागत पाँच करोड चार लाख छत्तिस हजार आठ सय साठी रुपैयाँ रहेको थियो। २०७४ साल पुस २५ गते शिलान्यास गरिएको यस परियोजनालाई ९५ दिन मै २०७४ साल बैशाख १ गते समापन गरिएको थियो। यस परियोजनालाई सफल पार्नका लागि अघिल्लो गिरानचौर परियोजनाको बाँकी रकम सहित, ७ करोड ६३ लाख ३९ हजार १ सय २७ रुपैयाँ ५३ पैसा सङ्कलन गरिएको थियो।[५][६]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "यस्तो बन्ने छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गला", हाम्रो खेलकुद, अन्तिम पहुँच माघ २०७६ 
  2. "‘नमूना नेपाल’ निर्माण अभियान साझा परियोजना हो : धुर्मुस", सेतोपाटी, २५ साउन २०७६, अन्तिम पहुँच माघ २०७६ 
  3. "धुर्मुस सुन्तलीले गरे दोश्रो एकिकृत बस्तीको शिल्यान्यास", पोखरा समाचार, अन्तिम पहुँच माघ २०७६ 
  4. "हाम्रो बारेमा", आधिकारिक वेबसाइट, अन्तिम पहुँच माघ २०७६ 
  5. "तयार भयो नमुना मुसहर बस्ती", हिमालयन कङ्गारु, अन्तिम पहुँच माघ २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-०६ मिति
  6. "एकीकृत नमुना मुसहर बस्ती", आधिकारिक वेबसाइट, अन्तिम पहुँच माघ २०७६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्