बराल
बराल नेपालमा बाहुन-क्षेत्री तथा बाहुन (ब्राम्हण) जातीमा पाइने थर हो। खास गरी नेपाली बाहुन बरालहरू विश्वामित्र ऋषिका सन्तान भएको विश्वास गर्दछन। विश्वमित्र ऋषी जातको क्षेत्री भएपनि पछि अध्ययन, तप र कर्मका आधारमा ब्राम्हण भएको मानिन्छ। बरालहरू घृतकौशिक गोत्र भित्र पर्दछन। यिनी हरूसंगै नेपालको जुम्लाबाट छुट्टीएका खनाल, नेपाल र सुतार कार्की समेत घृतकौशिक गोत्रमै रहेका हुन्छन्।
जम्मा जनसङ्ख्या | |
---|---|
१ लाख भन्दा ज्यादा [१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
कास्की,लमजुङ,स्याङ्जा, | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु | |
सम्बन्धित जातीय समूह | |
खनाल, नेपाल, पण्डित, सुतार कार्की |
मुख्य बसोवास तथा उद्गम
सम्पादन गर्नुहोस्सबै भन्दा पहिला बराल नामको शुरूवात जयभद्र बराल (कतै कतै जयन्त बराल पनि भनिएका )बाट पाइन्छ । यिनी अछाम जिल्लाको बारला गाउँका निवासी थिए। यसैले अछामको बारलालाई बरालहरूको उद्गम स्थल मानिएको छ। कतै कतै बरालहरूको उद्गम दैलेखको बड गाउँबाट भएको भन्ने पनि छ । बडबाट उद्गम भएका बडालहरूलाई पछि बराल भनिएको हो भन्ने पनि छ । कुरा जे सुकै भएपनि बरालहरूको उद्गम प्राचिन खस प्रदेसबाट नै भएको मानिन्छ । तर नेपालमा बराल हरूको मुख्य थलो भनेको कास्की र लमजुङ हुन मादी नदी र सेती नदीका किनारका फांट तथा गराहरूमा अन्य जाती हरू सँग मिली खेती गर्नु पशुपालन गर्नु यिनीहरूको मुख्य पेशा थियो। कास्कीमा हांसु बरालको इतिहासमा समेत चर्चा पाइन्छ। हाल बरालकोहरू नेपालमा एक लाखको हाराहारी संख्यामा रहेको अनुमान गरिएको छ र नेपालका झण्डै पैतिस जिल्लामा बसोबास गरिरहेका भेटीन्छन् भने नेपाल बाहेक बृहत नेपालको अंगका रूपमा रहेका तर हाल भारतमा रहेका कुमाउँ, गढवाल, देहरादुन, सिमला, (भारतका उत्तराञ्चल तथा हिमाञ्चल प्रदेस) दार्जलिङ, खर्साङ, कालीम्पोङ, सिक्किमका साथै भारतका अन्य ठाउँ लगायत भुटान तथा म्यानमारमा बर्मा पनि ऐतिहासिक रूपमै बसोबास गरिरहेको पनि पाइएको छ। हालको विश्वव्यापीकरणले बरालहरू पनि संसारका धेरै जसो देशहरूमा छरीएर रहेका छन। बरालहरूले बन्धुत्वको जानकारी र पहिचानका खातिर हालै "बराल वंश प्रतिस्ठान" नामक संस्था पनि खोलिएको छ। बरालका सगोत्री, प्रवर शाखा ,धर्म सुत्र “सुतार्कार्कि बराल पण्डित खनाल् नेपाल नेमी अनी - काशीया र कुशे विंडाल र जिरे पाण्डे कुशौला पनि - घृतकौशिक गोत्र तीन् प्रवर हो सन्तान गाधेयको शाखा वाजसेन सूत्र यिनको ता आपस्तम्वेय हो “ [२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाली थरहरू", अन्तिम पहुँच २०१७-०३-१०।
- ↑ कौशीकादि सन्तती पृष्ठ ५२