पहाड एकप्रकारको भूबनोट हो जुन सिमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ । पहाड प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ । पहाड र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो पहाडहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन् । पहाडले एसिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ । संसारमा १० मध्ये एक जना मानिस पहाडी क्षेत्रमा बसोबास गर्दछ । संसारका धेरैजसो ठूला नदीहरूको मुहान पहाडी क्षेत्रमा भेटिन्छन् । त्यस्तै संसारको आधा जसो जनसङ्ख्याको मुख्य पानीको श्रोतको लागि पहाडी क्षेत्रमा निर्भर छन् ।

उचाईसम्पादन

सामान्यतया पहाडहरूको उचाई समुन्द्र सतहबाट नाप्ने गरिन्छ । हिमालयको औसत उचाई समुन्द्र सतहबाट ५,००० मिटर छ भने एण्डिजको ४,००० मिटर । धेरैजसो पहाडी शृङ्खलाको औसत उचाई २,००० देखि २,५०० मिटर सम्म हुन्छ । संसारको सबैभन्दा अग्लो पहाड सगरमाथा हो जुन ८,८४८ मिटर अग्लो छ र यो संसारको सबैभन्दा अग्लो पहाडी शृङ्खला हिमालयमा पर्दछ ।

पहाडको उचाई समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ । एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि पहाडको टाकुरो सम्मको दूरी । पृथ्वीको केन्द्रबाट नाप्दा भूमध्य रेखाको नजीकै परेका पहाडहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ । त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजीकै पर्ने ईक्वेडोरको चिम्बेराजो सबैभन्दा अग्लो हुन जान्छ । त्यस्तै पहाडको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा हवाई स्थित माउना केआ सबैभन्दा अग्लो हुन जान्छ । यसरी नाप्दा यसको उचाई ९,००० मिटर भन्दा बढि हुन्छ । तर यसको धेरैजसो भाग प्रशान्त महासागरमा डुबेको छ । यसरि नइ नेपाळ

चित्र दिर्घासम्पादन

पहाडी जन जीवनसम्पादन

सम्बन्धित लेखहरूसम्पादन