मरिष्का पोखरेल
मरिष्का पोखरेल (अङ्ग्रेजी: Mariska Pokharel) एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको परिवारले उनलाई हिब्रू नाम 'मरिष्का' दिए जसको अर्थ मरमेड वा समुद्रकी देवी हो। के म तिम्रो होइन र नामक चलचित्रमा अभिनय गरे पश्चात् उनी नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा अघि बढेकी थिइन् । साथै उनी एक नेपाली म्यूजीक क्षेत्रमा मोडलका रूपमा पनि छाइ रहेकी छिन् ।
मरिष्का पोखरेल | |
---|---|
जन्म | २ अगस्ट १९९६ चितवन, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | २०१४ - वर्तमान सम्म |
उल्लेखनीय कार्य | लम्फू चलचित्रमा अभिनय, |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्लामो समय जापान मा बस्दै आएकी मरिष्काले त्यहाँ रहँदा आर्ट टिचरको रूपमा काम गर्ने गरेकी थीइन् । पछि आमाको स्वास्थ्यमा समस्या आएपछि नेपाल आएकी उनले बल्ल कलाकारिता पेशा अंगालेकी हुन् । [१]
फ्लिमी करियर
सम्पादन गर्नुहोस्मरिष्काले आफ्नो फ्लीमी करियरको सुरूवात के म तिम्रो होइन र नामक चलचित्रबाट डेब्यु गरेकि हुन् । भने उनको दोस्रो चलचित्र भने चपली हाईट २ रहेको थियो । उनलाई त्यतिबेला फ्लब चलचित्रकि चर्चित नायीकाका रूपमा चिनिएको थियो ।
साथै नेपाली चलचित्र क्षेत्रमै पहिलोपटक बनेको यौनकथामा आधारित चलचित्र मिस्टर भर्जिन मा समेत उनको भुमिका महत्त्वपूर्ण रहेको थियो ।
पोखरेल सन् २०१५ मा स्वरूपराज आचार्यको आज मन मा तिम्रोको म्युजिक भिडियोमा देखा परेकी थिइन् । त्यसयता उनले सन् २०१९ को मध्यसम्ममा दुई दर्जन नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। युट्युबमा उनका सबैभन्दा धेरै हेरिएका म्युजिक भिडियोहरूमा शिरफुल र सालको पात पर्छन्। विष्णु माझीको सालको पातले उनको प्रसिद्धि ल्यायो र उनले सबै उमेर समूहका दर्शकहरूको ध्यानाकर्षण गराइन्।[२]
प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्मरिष्का पोखरेलले अभिनय गरेका चलचित्रहरू यस प्रकार छन्:-
वर्ष | चलचित्रहरू | भूमिका | कैफियत |
---|---|---|---|
२०१६ | के म तिम्रो होइन र | श्रेया | डेब्यु |
चपली हाईट २ | आकृति | ||
२०१८ | लम्फू | आरती | |
पण्डित बाजेको लौरी | जानकी | ||
मिस्टर भर्जिन | रोजी | ||
साली कस्को भेनाको | मनिसारा | ||
२०२० | यारा[३] | हिन्दी चलचित्र | |
गाइड | सारा | ||
पूर्व पश्चिम | सरु |
सम्मान तथा अवार्डहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "अहिलेसम्म डेट गएको अनुभव छैन– अभिनेत्री मरिष्का पोखरेल" (नेपालीमा), अन्तिम पहुँच बैशाख २१, २०७५।
- ↑ "Team Saal Ko Paat Ko Tapari Celebrates Success Party Of The Song", OSNepal, अन्तिम पहुँच १३ मे २०२३।[स्थायी मृत कडी]
- ↑ "Yaara Movie: Showtimes, Review, Trailer, Posters, News & Videos", Timesofindia, अन्तिम पहुँच १३ मे २०२३।