स्थानीय तह निर्वाचन, २०७४

सङ्घीता पश्चात् भएको पहिलो स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको थियो।[१][२] २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो।[३] यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो।

स्थानीय तह निर्वाचन, २०७४

← २०६३ २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ २०७८ →
कुल मतदान७३.४% (पहिलो चरण)
७३.७% (दोस्रो चरण)
७७% (तेस्रो चरण)
  KP Oli.jpg Sher bahadur.jpg Prachanda 2009.jpg
दल नेकपा एमाले काङ्ग्रेस नेकपा (माके)
सिट १४,०९७ ११,४५४ ५,४४२

  Upendra Yadav at Rajbiraj (cropped).jpg MahanthaThakur.png Bijaya kumar gachchadar (cropped).jpg
दल ससफो, नेपाल लोसपा नेलोफो
सिट १,४३९ १,११२ ४६१

  Kamal Thapa 2015.jpg RaJaMo.png Baburam Bhattarai (cropped).jpg
दल राप्रपा राष्ट्रिय जनमोर्चा नयाँ शक्ति पार्टी, नेपाल
सिट २८४ १८६ ११६

पृष्ठभूमि

वि.सं २०६२ मा ज्ञानेन्द्र शाहको राज्यसत्तामा नेपालका ५३ नगरपालिकामा स्थानीय निर्वाचन गराइएको थियो तर प्रमुख राजनीतिक दलहरूद्वारा निर्वाचन वहिष्कारका कारण निर्वाचनमा जनताको झिनो उपस्थितिका साथै न्यून मतदान भएको थियो ।[४] वि.सं २०६२ भन्दा पहिले वि.सं २०५३ मा स्थानीय निकायको निर्वाचन भएको थियो जसको अवधि ५ वर्ष तोकिएको थियो। वि.सं २०५८ मा निर्वाचन हुने भएपनि आन्तरिक गृहयुद्धका कारण सो निर्वाचन हुन सकेन।

नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरी ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको थियो। संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो। सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७५३ बनाएको हो। २०७३ फागुन २७ मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो।[५]

निर्वाचन प्रणाली

स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ। यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ। ४ सदस्यहरू मध्ये अनिवार्य रूपमा २ महिला हुनुपर्ने उल्लेख छ। सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । प्रत्यक्ष रूपमा निर्वाचन व्यवस्था भएको हुनाले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजय घोषित गरिनेछ ।[६]

स्थानीय निकाय प्रकार विकल्प
महानगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
उप महानगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
नगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
गाउँपालिका एक अध्यक्ष, एक उपाध्यक्ष, एक वडा अध्यक्ष र ४ वडा सदस्य

आयोजन

निर्वाचन खर्च

स्थानीय तहको निर्वाचन गर्न प्रमुख राजनीतिक दलहरू तयार भएपछि निर्वाचन गर्नका लागि नेपाल सरकारको मन्त्रिपरिषदद्वारा निर्वाचन आयोगसँग सल्लाह सुझाव गरेर वि.सं. २०७४ वैशाख ३१ मा निर्वाचन गर्ने निर्णय गरेको थियो।[७][८][९] स्थानीय निकायको निर्वाचन गर्नका लागि मन्त्रिपरिषदले निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ छुट्याएको हो ।[९]

वि.सं. २०७४ वैशाख ३१ मै देशभर निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएको मोर्चासँग सरकारको सहमति भएपछि स्थानीय निकायको निर्वाचन तीन चरणमा हुने भएको थियो।[१०][११] सहमति अनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१, दोश्रो चरणको निर्वाचन वि.सं. २०७४ असार १४ गते र तेस्रो चरणको निर्वाचन वि.सं. २०७४ असोज २ गते हुने भएको हो ।[१०][१२]

स्थानीय तहको निर्वाचन गराउन सुरक्षा व्यवस्था कडा र चुस्त बनाउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याएको थियो।[१३]

निर्वाचन कार्यक्रम

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन ३ चरणमा गर्ने भएको थियो। निर्णयअनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१ (सन् २०१७ मार्च १४) मा नेपालको नयाँ गठित बागमती प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेशमा सञ्चालन गरिएको थियो भने दोस्रो चरणको निर्वाचन वि.सं. २०७४ असार १४ मा प्रदेश नं. १, लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेशमा सञ्चालन भएको थियो भने मधेश प्रदेशमा तेस्रो चरणको निर्वाचन वि.सं. २०७४ असोज ०२ मा गरिएको थियो।[१४]

मतदान

निर्वाचन परिणाम

पूर्ण परिणाम

पार्टी मेयर/अध्यक्ष उप-मेयर/उपाध्यक्ष वार्ड अध्यक्ष वार्ड सदस्य
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २९४ ३३१ २,५६० १०,९१२
नेपाली काँग्रेस २६६ २२३ २,२८६ ८,६७९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०६ १११ १,१०२ ४,१२३
सङ्घीय समाजवादी फोरम, नेपाल ३४ ३२ २६२ १,१११
राष्ट्रिय जनता पार्टी नेपाल २५ ३० १९५ ८६२
नेपाल लोकतान्त्रिक फोरम ८८ ३५६
स्वतन्त्र ९१ १३१
राष्ट्रिय प्रजातन्त्र पार्टी ५९ २१४
राष्ट्रिय जनमोर्चा ३३ १४६
नयाँ शक्ति पार्टी, नेपाल २२ ९१
नेपाली जनता दल ३०
नेपाल मजदुर किसान पार्टी २२ ७५
बहुजन शक्ति पार्टी ३४
राष्ट्रिय जनमुक्ति पार्टी १७
राष्ट्रिय प्रजन्तन्त्र पार्टी (प्रजातान्त्रिक)
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
नेपाल परिवार दल
जम्मा ७५३ ७५३ ६,७४२ २६,९७०

पहिलो चरण

पहिलो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। पहिलो चरण अन्तर्गत ३ प्रदेशहरूको ३४ जिल्लाको २८३ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अगाडि रहेको छ भने नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहेको थियो।[१५][१६] पहिलो चरणको निर्वाचनमा ७१% मतदान भएको नेपाल निर्वाचन आयोगले जनाएको थियो।[१७]

१२५ १०५ ४६
एमाले नेपाली काङ्ग्रेस माओवादी केन्द्र राप्रपा जनमोर्चा नेमकिपा
पार्टी नेकपा (एमाले) काङ्ग्रेस नेकपा (माके) राप्रपा जनमोर्चा नेपाल मजदुर किसान पार्टी
नेता खड्गप्रसाद ओली शेरबहादुर देउवा प्रचण्ड कमल थापा चित्रबहादुर केसी नारायणमान बिजुक्छे
         
सिट १२५ (४४%) १०५ (३७%) ४६ (१६%) १ (०.२%) १ (०.२%) १ (०.२%)
११५ / २८३
१०२ / २८३
४६ / २८३
१ / २८३
१ / २८३
१ / २८३

पार्टीगत विवरण

पार्टी विजय सिट[१८] मत प्रतिशत परिवर्तन
नेकपा (एमाले) १२५ ४४%
काङ्ग्रेस १०५ ३७%
नेकपा (माके) ४६ १६%
राप्रपा ०.२%
जनमोर्चा ०.२%
सङ्घीय समाजवादी फोरमनयाँ शक्ति पार्टी ०.२%
नेपाल मजदुर किसान पार्टी ०.२%
स्वतन्त्र उम्मेदवार १.४१% -
जम्मा २८३

दोस्रो चरण

दोस्रो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। दोस्रो चरण अन्तर्गत ३ प्रदेशहरूको ३५ जिल्लाको ३३४ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अग्रस्थानमा रहेको थियो भने नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहेको थियो। पहिलो चरणको निर्वाचनमा ७०.५% मतदान भएको नेपाल [निर्वाचन आयोग (नेपाल)|निर्वाचन आयोग]]ले जनाएको थियो जसमा सबैभन्दा बढी मतदान बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको थियो।[१९][२०][२१][२२]

१५० १२२ ३८
एमाले नेपाली काङ्ग्रेस माओवादी केन्द्र नयाँ शक्ति नेलोफो राप्रपा जनमोर्चा
पार्टी नेकपा (एमाले) काङ्ग्रेस नेकपा (माके) नयाँ शक्ति पार्टी लोकतान्त्रिक फोरम राप्रपा जनमोर्चा
नेता खड्गप्रसाद ओली शेरबहादुर देउवा प्रचण्ड बाबुराम भट्टराई बिजयकुमार गच्छदार कमल थापा चित्रबहादुर केसी
           
सिट १५० (४४.९१%) १२२ (३६.५२%) ३८ (११.३७%) ८ (२.३९%) ६ (१.७९%) ४ (१.१९%) २ (०.५९%)
१५० / ३३४
१२२ / ३३४
३८ / ३३४
८ / ३३४
६ / ३३४
४ / ३३४
२ / ३३४

पार्टीगत विवरण

पार्टी विजय सिट[१८][२३] मत प्रतिशत परिवर्तन
नेकपा (एमाले) १५० ४४%
काङ्ग्रेस १२२ ३६%
नेकपा (माके) ३८ ११%
नयाँ शक्ति पार्टी २%
लोकतान्त्रिक फोरम १%
राप्रपा १%
जनमोर्चा ०.२%
स्वतन्त्र उम्मेदवार १% -
जम्मा ३३४

तेस्रो चरण

तेस्रो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेपाली काङ्ग्रेसले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। तेस्रो चरण अन्तर्गत प्रदेश नं २ को ८ जिल्लाको १३६ स्थानमा भएको निर्वाचन परिणाममा नेपाली काङ्ग्रेस अगाडि रहेको छ भने सङ्घीय समाजवादी फोरम, नेपाल दोस्रो स्थानमा रहेको थियो।[१५][१६] तेस्रो चरणको निर्वाचनमा ७७% मतदान भएको नेपाल [{निर्वाचन आयोग (नेपाल)|निर्वाचन आयोग]]ले जनाएको थियो।[२४]

४० २६ २५ २१ १८
नेपाली काङ्ग्रेस ससफो राजपा माओवादी केन्द्र एमाले लोफने नेजद
पार्टी काङ्ग्रेस सङ्घीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी नेकपा (माके) नेकपा (एमाले) नेपाल लोकतन्त्रिक फोरम
नेता शेरबहादुर देउवा उपेन्द्र यादव महन्थ ठाकुर प्रचण्ड खड्गप्रसाद ओली बिजयकुमार गच्छदार
       
सिट ४० (२९%) २६ (१९%) २५ (१८%) २१ (१५%) १८ (१३%) ३ (२%)
४० / १३६
२६ / १३६
२५ / १३६
२१ / १३६
१८ / १३६
३ / १३६

पार्टीगत विवरण

पार्टी विजय सिट[२५] मत प्रतिशत परिवर्तन
काङ्ग्रेस ४० २९%
सङ्घीय समाजवादी फोरम २६ १९%
राजपा २५ १८%
नेकपा (माके) २१ १५%
नेकपा (एमाले) १८ १३%
नेपाल लोकतन्त्रिक फोरम २%
नेपाल जनता दल १%
नयाँ शक्ति पार्टी १% -
जम्मा १३६

नगरहरूको निर्वाचन परिणाम

नगर मेयर उप मेयर
काठमाडौँ विद्यासुन्दर शाक्य (नेकपा एमाले) हरी प्रभा खड्गी (नेका)
ललितपुर चिरीबाबु महर्जन (नेका) गीता सत्याल (नेका)
पोखरा लेखनाथ मन बहादुर जिसी (नेकपा एमाले) मञ्जु देवी गुरुङ (नेकपा एमाले)
भरतपुर रेणु दाहाल (नेकपा माके) पार्वती शाह ठकुरी (नेका)
हेटौडा हरि बहादुर महत (नेकपा एमाले) मीना कुमारी लामा (नेकपा एमाले)
घोराही नरु लाल चौधरी (नेकपा माके) सीता न्योपाने (नेकपा एमाले)
नेपालगञ्ज धवल शमशेर जबरा (राप्रपा) उमा थापा मगर (नेका)
बुटवल शिवराज सुबेदी (नेकपा एमाले) गुमा देवी आचार्य (नेकपा एमाले)
तुलसीपुर घनश्याम पाण्डे (नेकपा एमाले) माया शर्मा (नेकपा एमाले)
इटहरी दौरिक लाल चौधरी (नेकपा एमाले) लक्ष्मी कुमारी गौतम (नेकपा एमाले)
धनगढी नृप बहादुर वाड (नेका) सुशिला मिश्रा (नेका)
बिराटनगर भीम पराजुली (नेका) इन्दिरा कार्की (नेका)
धरान तारा सुब्बा (नेकपा माके) मञ्जु भण्डारी (नेकपा एमाले)
जनकपुर लाल किशोर शाह (राजपा) रीता कुमारी मिश्रा (राजपा)
जीतपुर सिमरा कृष्ण प्रसाद पौडेल (नेकपा माके) सरस्वति देवी चौधरी (नेकपा माके)
कलैया राजेश राय यादव (नेका) रहिमा खातुन (नेका)
वीरगञ्ज विजय कुमार सरावगी (ससफो) शान्ति कार्की (नेका)
राजविराज शम्भु प्रसाद यादव (राजपा) साधना झा (राजपा)

सन्दर्भ सामग्रीहरू

  1. "दोश्रो चरणको निर्वाचन असार १४ गते", नागरिक न्युज, नागरिक मिडिया हाउस, अन्तिम पहुँच १७ जेठ २०७४ 
  2. "Grassroots democracy", Nepali Times, Himal Media, अन्तिम पहुँच १२ मे २०१७ 
  3. Koirala, Kosh Raj, "Local polls after 20 years, finally", My Republica, Nepal Republic Media, अन्तिम पहुँच २ अप्रिल २०१७ 
  4. "Nepal Assessment 2006", South Asian Terrorism Portal, Institute for conflict management, अन्तिम पहुँच ४ अप्रिल २०१७ 
  5. "New local level structure comes into effect from today", THT online, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच २ अप्रिल २०१७ 
  6. "हेर्नुहोस्, तपाईले भोट हाल्ने मतपत्र (नमूनासहित)", onlinekhabar.com, अन्तिम पहुँच २ अप्रिल २०१७ 
  7. "दुई दशकपछि स्थानीय चुनाव घोषणा", १० फागुन २०७३। 
  8. "वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध", ७ चैत्र २०७३। 
  9. ९.० ९.१ "वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा", ९ फागुन २०७३। 
  10. १०.० १०.१ "स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाको सहमति", ९ बैशाख २०७४। 
  11. "स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाबीच सहमति", ९ वैशाख २०७४। 
  12. "प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय", १ असार २०७४। 
  13. "निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा साढे सात अर्ब निकासा", २० बैशाख २०७४। 
  14. "प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने", अनलाइन खबर, अन्तिम पहुँच १ असार २०७४ 
  15. १५.० १५.१ http://election.nagariknews.com/
  16. १६.० १६.१ http://election.onlinekhabar.com/
  17. "स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो", अनलाइनखबर, अन्तिम पहुँच ३१ बैशाख २०७४ 
  18. १८.० १८.१ "निर्वाचन परिणाम", अनलाइन खबर, अनलाइन खबर, अन्तिम पहुँच ७ जेष्ठ २०७४ 
  19. "शान्तिपूर्ण रूपमा दोस्रो चरणको निर्वाचन सम्पन्न, ७०.५ प्रतिशत मत खस्यो", अभियान, अन्तिम पहुँच १५ असार २०७४ 
  20. "दोस्रो चरणको निर्वाचन सम्पन्न, तिङ्लामा भएन भोट", जनकपुर टुडे, अन्तिम पहुँच १५ असार २०७४ 
  21. "दोस्रो चरणको निर्वाचन सम्पन्न गराएकोमा प्रमले दिए धन्यवाद", लोकान्तर, अन्तिम पहुँच १५ असार २०७४ 
  22. "तीन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै", नागरिक न्युज, अन्तिम पहुँच १४ असार २०७४ 
  23. http://election.annapurnapost.com/
  24. "स्थानीय तहको तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मतदान", सेतोपाटी, अन्तिम पहुँच ०२ असोज २०७४ 
  25. "निर्वाचन परिणाम", अनलाइन खबर, अनलाइन खबर, अन्तिम पहुँच ११ असोज २०७४ 

यो पनि हेर्नुहोस्