पौडेल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा खत्री बाहुन परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडि' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल(पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन्। अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउछन। पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो ।
जम्मा जनसङ्ख्या | |
---|---|
६ लाख [१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
![]() | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
[ थापा मल्ल खस खत्री ] |
बसोबास
सम्पादन गर्नुहोस्सेता पौडेलहरू नेपालमा मध्य पश्चिमी पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ। उनीहरू आजभन्दा करिव ५ सय वर्ष पहिले मध्य पहाडबाट डोटी, जुम्ला, जाजरकोट, प्यूठान, पाल्पा, बाग्लुङ, पर्वत, कास्की, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ। हाल भारत, भुटान, म्यानमार लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ।
कुल पूजाको परम्परा
सम्पादन गर्नुहोस्पौडेलहरूले बराह मष्ट लाई कुलदेवताको रूपमा पूजा गर्दछन्। त्यसैगरी दत्तात्रेय लाई इष्टदेवता का रूपमा पूजा गर्छन्। यिनीहरूले कुनै ठाउँमा बलि दिने चलन पनि छ भने कुनेै ठाउँमा कुलपूजामा बलि नदिई खीर-रोटीले पुजा गर्छन्। बलि दिने चलन मध्यपश्चिमाञ्चलको प्युठान, पश्चिमाञ्चल का बाग्लुङ अर्घाखाँची , स्याङ्जा तथा पुर्वी नेपालका ठाउँहरुमा बराहलाई बोका तथा मष्टलाई भेडाको बलि दिइन्छ ॥
उल्लेखनीय पौडेल/पौड्यालहरू
सम्पादन गर्नुहोस्- रङ्गनाथ पौडेल : राजेन्द्र विक्रम शाहको शासनकालमा नेपालका प्रधानमन्त्री (१८९४-१८९५ बिक्रम सम्वत)
- लेखनाथ पौड्याल :कवि शिरोमणि (१५ पौष १९४१ -२०२२ विक्रम सम्वत)
- रामचन्द्र पौडेल :नेपाली काङ्ग्रेसका नेता
- विदुरप्रसाद पौडेल:पूर्व सांसद(राष्ट्रिय सभा,नेपाल), पूर्व उपकुलपति (नेपाल संस्कृत विश्वविद्यालय)
- राजाराम पौडेल :हास्य कलाकार
- शिवहरि पौडेल : हाँस्य कलाकार (नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानीका निर्देशक तथा निर्माता)
- रवि प्राञ्जल; नेपाली साहित्यकार
- मोदनाथ प्रश्रित; वि.सं १९९९ असार ६ गते
- डा. गोविन्द केसी ( पौडेल) एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।
- उषा पौडेल; नेपाली मोडल तथा अभिनेत्री
- रोहित कुमार पौडेल; नेपाली क्रिकेटर, अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने सबैभन्दा कान्छो क्रिकेटर (ब्याट्सम्यान)
- भरत मणि पौडेल; हास्य कलाकार ( कमेडी च्याम्पियन सिजन २ बिजेता)
- प्रभुराम शर्मा पौडेल ;हाल प्रधानसेनापति
- सहदेव पौडेल ; न्युयोर्क बाट संचालित पहिलो नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुका संचालक, कवि र रंगकर्मी
- विष्णुप्रसाद पौडेल
- Sankalpa Poudel; First king of Syanja district and a learned poet often time recorded chatting with Indra himself...
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- पौडेल बंशावली २०३९, प्रकाशक दीनानाथ पौडेल
- पौडेल बंश प्रकाश २०५९
- ↑ "नेपाली थरहरू", अन्तिम पहुँच २०१७-०३-१०।
रामेछाप :-रामेछापको माकादुममा रहेका करिव ९०० नौ सय घर धुरीमा पौडेलहरु वसोवास गर्दै आइरहेका छन।कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक ठाउनुसार फरक परक छन। यहाका आफ्नै कुल देवता कुलपुजा गर्दा ५ कुलदेवताको पुजा आज गर्दै आइरहेका छन भोक लिनु अगाडी https://www.youtube.com/watch?v=5kNebqkGgJs&t=87s। कुनकुलका धामीले कुनवली लिन्छनत भन्दा मुन्नल्लीले पाठी, मस्टले भेंडा , बराहले वोका , रुमालले बेडा तथा वोका,सवलिङगले बोकाको भोगलेने गर्छन बोका (मेडा)घर धुरीनुसार घरको १ देखिन ५,६ ओटा सम्म हुन्छन https://www.youtube.com/watch?v=87BuQXFs-vk&t=51s।