क्षेत्री

नेपाली पहाडी आर्य क्षत्रिय वर्ग

क्षेत्री/खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिहरूलाई जनाउँदछ ।[२] क्षत्री नेपालभर ३ भिन्न-भिन्न समाज मा उपस्थित छन - खस, नेवार, मैथिल । तर वरिष्ठता र पहुँचका आधारमा खस क्षेत्रीहरू अगाडि छन्। त्यसैले क्षेत्री भन्नाले नेपालको सन्दर्भमा खस क्षेत्रीलाई बुझाउँछ।

क्षेत्री/खस क्षत्री/पहाडी क्षत्रिय/गोर्खाली
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल१६.६% नेपालको जनसङ्ख्या (४५ लाख)[१]
भाषाहरू
नेपाली भाषा
धर्मावलम्बी
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
क्षत्रिय, खस, ठकुरी, बाहुन
क्षेत्रीहरू पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्
Kus or Khas, Goorkha, dominant tribe, Nipal.jpg

नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ भने नेवार समुदायका क्षत्रियहरूलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द "ठकू" र "छथरी" वा "क्षथरीय" हो । मिथिला समुदायका क्षत्रियहरूलाई "राजपूत" भनिन्छ र यस अन्तर्गत अरू जाति जस्तै कायस्थ र राजभाट पनि पर्दछ ।

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी पूर्णतः हिन्दू हुन तर उनीहरू मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। त्यसैले खस क्षेत्रीहरू खस ठकुरीका दाजुभाइ मानिन्छन्। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। क्षेत्रीहरू भारोपेली परिवारका हुन्। उनीहरू भारतिय भन्दा पर्सियन र अफगानीहरूसँग मिल्दाजुल्दा देखिन्छन् जसलाई अङ्ग्रेजीमा इरानीड फिचर भन्छन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली मातृभाषा बोल्ने[१] यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।

इतिहाससम्पादन

क्षेत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको हो । खस जातिहरूको राज्य नेपालको कर्णाली क्षेत्रमा रहेको इतिहासले बताउँछ । प्राचीन काल मा इनि हरुलाइ शक, र कुसान भनी बोलाइन्थिओ। उक्त राज्यमा प्राचिन खस भाषा (आजको नेपाली भाषा) बोल्ने र मष्टो पुजा गर्ने प्रचलन थियो जुन आजसम्म चलिरहेको छ । सो राज्य पतन भएपश्चात प्राचिनतम मान्यता बिर्सिदै आजको समयमा खस जातिको सन्तानहरू आफूलाई क्षेत्री भनेर सम्बोधन गर्दछन् ।

मध्य इतिहाससम्पादन

 
माथवरसिंह

नेपालको राजपरिवार शाह वंशचौतरियाहरू ठकुरी क्षेत्री हुन् भने गोरखाका खड्का राजाहरू, बस्न्यात परिवार, थापा वंशपाँडे वंश दरबारिया खलकहरू एवम् राणा प्रधानमन्त्रीहरू पनि सबै क्षेत्रीहरू हुन्। नेपाली सेनाका उच्च पदहरूमा क्षेत्रीहरूको सङ्ख्या ठूलो छ ।

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:सम्पादन

 
खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमा ५ क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ । थापा, कार्की, कठायत, बस्नेतखड्का बहुसङ्ख्यक ५ थरहरू हुन् !

नेवार-क्षत्रीय (ठकू र क्षथरीय/छथरी) का थरहरु:सम्पादन

A अ – Amatya (अमात्य)

Bh भ – Bharo (भारो), Bhariju (भारिजु), Bhadel*** (भँडेल)

Dh ढ – Dhaubhadel (ढौभडेल), Daiwagya (दैवग्य)

G ग – Gonga: (गोँग), Guruwacharya (गुरुवाचार्य),

H ह – Hada (हाडा)

J ज – Joshi (जोशी), Jonchhe (जोँछे)

K क – Kasaju (कसजु), Kayastha (कायस्थ), Karmacharya*** (कर्माचार्य)

Kh ख – Khyargoli (ख्यर्गोली), Khwakhali (ख्वखली)

L ल- Lakhey (लाखे), Lacoul/Rajkool (लकौल/राजकूल), Layeku (लएकु)

M म- Malla (मल्ल), Munankarmi (मुनंकर्मी), Mulepati (मुलेपती), Mahaju (महाजु), Maskey (मास्के), Mathema (माथेमा), Mool (मूल), Mahapatra(महापात्र)

O व - Onta (ओन्त), Ojhathanchhe (ओझथंछेँ)

P प - Pradhananga (प्रधानाङ्ग), Pradhan (प्रधान), Patrabansh (पात्रबंश), Piya (पिया), Palikhe (पालिखे),

R र – Rajbhandari (राजभण्डारी), Raya (राय), Rajbanshi (राजबंशी), Raghuvanshi (रघुबंशी), Rawal (रावल), Rajbaidya (राजवैद्य), Rathaur (राठौर), Rajlawat*** (राजलवट)

S स – Sainju (सैंजु), Shrestha*** (श्रेष्ठ), Singh*** (सिंह)

T त – Talchabhadel (ताल्चाभडेल), Timila (तिमीला)

Th थ- Thaiba (थैव), Thakur/Thakul (ठाकुर/ठकुल)

V व – Vaidya (वैद्य), Varman (बर्मन)

- ***नेवार भुवाजी वैश्य जाती मा पनि पाईने थर

उल्लेखनीय व्यक्तित्वहरूसम्पादन

प्रशासन एवम् राजनीतिसम्पादन

साहित्यसम्पादन

सङ्गीतसम्पादन

चलचित्र तथा मिडियासम्पादन

खेलकुदसम्पादन

यो पनि हेर्नुहोलासम्पादन

स्रोतसम्पादन