सिन्धुली जिल्लामा रहेको ऐतिहासिक सिन्धुलीगढी

प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तुको नाम गढी वा किल्ला हो। यसलाई गढ, कोटदुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार (दुर्गपति) र सेनाको सिपाही (दुर्गपाल) आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र राजप्रासादहरूको सुरक्षाको लागि गढीको निर्माण परम्परा अति प्राचीन कालदेखि चलिआएको छ। मानवविकासको क्रममा राज्यको अवधारणाको जन्म भएपछि राजाहरूले दरबारलाई आन्तरिक सुरक्षा र बाह्य आक्रमणबाट सुरक्षाको लागि गढीहरूको निर्माण गर्न थालेको देखिन्छ।[१] आधुनिक युगमा युद्धको साधनहरू र रण-कौशलमा वृद्धि तथा परिवर्तन भइसकेको कारण गढीको महत्व समाप्त भइसकेको छ।

परिचय र इतिहाससम्पादन

विश्वका प्राचीन सभ्यताहरूमा किल्लाबन्दी गरि सहरहरू बसाउने परम्परा थियो।[२]सिन्धु घाटीको सभ्यतालाई नै हेर्दा त्यस समयको नगर संरचना पूर्ण रूपमै किल्लाअनुरुप बनेको प्रमाण भेटिन्छ। वैदिककालक ग्रन्थहरूमा किल्लाको अभिलेख भेटिन्छ। रामायणमा चार प्रकारको किल्लाको वर्णन गरिएको छ[३] भने महाभारतको शान्तिपर्वको ८५औँ अध्यायमा दुर्गबारे वर्णन गरिएको छ। त्यस बखतको हस्तिनापुर ठुलो दुर्ग रहेको थियो। मनुस्मृतिमा ६ प्रकारको दुर्गहरूको वर्णन गरिएको छ-

धन्वदुर्गं महीदुर्गम् अब्दुर्गं वार्क्षम् एव वा।
नृदुर्गं गिरिदुर्गं वा समाश्रित्य वसेत् पुरम् ॥
सर्वेण तु प्रयत्नेन गिरिदुर्गं समाश्रयेत्।
एषां हि बाहुगुण्येन गिरिदुर्गं विशिष्यते ॥

— (मनुस्मृति ७.७०–७१)


  1. धनुदुर्ग — जसको चारैतिर निर्जल प्रदेश होस्,
  2. महीदुर्ग — जसको चारैतिर टेढोमेढो जमीन होस्,
  3. जलदुर्ग (अब्दुर्ग) — जसको चारैतिर जल होस्,
  4. वृक्षदुर्ग — जसको चारैतिर घना वृक्ष होस्,
  5. नरदुर्ग — जसको चारैतिर सेना होस्, र
  6. गिरिदुर्ग — जसको चारैतिर पहाड होस् वा पहाडमाथि बनेको होस्।

नेपालमा निर्माण गरिएका गढी/किल्लाहरूसम्पादन

अन्य देशहरूमासम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Korn, Wolfgang (१९७७), The Traditional Architecture of the Kathmandu Valley (अङ्ग्रेजीमा), रत्न पुस्तक भण्डार, पृ: १४। 
  2. "बिश्व सम्पदामा सुचीकृत हुँदै तिलौराकोट", मायादेवी अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२० जुन १५ 
  3. Sri Balmiki Ramayan (New rev. ed संस्करण), Amritsar: Bhai Chatar Singh Jiwan Singh, २००१, पृ: ७०, आइएसबिएन 81-7601-431-1, ओसिएलसी 59400424 

बाह्य सूत्रहरूसम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=गढी&oldid=828128" बाट अनुप्रेषित