नारायणी नगरपालिका
नारायणी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर नारायणी नगरपालिका घोषणा गरिएको थियो।[३] नारायणी नगरपालिकाको केन्द्र भने साविकको शुक्रनगर गाविसको देविस्थानमा रहेको थियो।[२] नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ साल फागुन २७ गतेको निर्णयले यस साविकको भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका , चित्रवन नगरपालिका र कविलास गाविस थप गरि भरतपुर महानगरपालिकामा स्तरोन्नती गरेको थियो।[४]
नारायणी नगरपालिका | |
---|---|
पूर्व नगरपालिका | |
देश | नेपाल |
प्रदेश | बागमती |
जिल्ला | चितवन जिल्ला |
स्थापना | १६ मङ्सिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | ७२.६ किमी२ (२८�० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,९०७ |
• घनत्व | ५५०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | नेपालको प्रमाणिक समय |
क्षेत्रीय सङ्केत | +९७७-०५६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्नारायणी नगरपालिका साविकका शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर गाविसहरू मिलेर बनेको थियो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा नारायणी नगरपालिकाको कुल जनसङ्ख्या ३९,९०७ हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर।
- ↑ "संक्षिप्त परिचय"। भरतपुर महानगरपालिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१।