वर्षा
वर्षा वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण आकाशबाट पानी थोपाको रूपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै वर्षा हावामा नै वाष्पीभूत हुन्छन । जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।

वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
झरिरहेको पानीको थोपालाई कार्टुनचित्रहरूमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो)मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा प्यारासुट आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरू ब्राजिल र मार्सल टापुहरूमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरूमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरू एकआपसमा ठोक्किन पुगेर हो।

जलचक्रसम्पादन
प्रकारसम्पादन
मापनसम्पादन
पूर्वानुमानसम्पादन
संस्कृतिसम्पादन
वर्षाप्रतिको सांस्कृतिक धारणा विश्वभर फरक छ । पश्चिमेलि संस्कृतिमा यसलाई हेर्ने परम्परागत दृष्टिकोण दुख र नकारात्मक रहेको छ, जसको विपरित घामलाई खुसी र उज्यालोको प्रतिकमा लिइन्छ । सुख्खा ठाउँ, जस्तै भारत,मा यसलाई हर्षले स्वागत गर्छन ।
धेरै मानिसहरू वर्षाको बास्ना मनपर्दो र अलग्गै पाउँछन । यस गन्धको श्रोत पेट्रिकोर हो, जुन बनस्पतिहरूले उत्पादन गर्ने एक तेल हो, जसलाई माटो र ढुङ्गाहरूले सोसेर पानीपर्दा हावामा छाड्दछन ।
यो पनि हेर्नुहोससम्पादन
सन्दर्भ सूचीसम्पादन
बाह्य कडीहरूसम्पादन
- What are clouds, and why does it rain?
- BBC article on the weekend rain effect
- BBC article on rain-making
- BBC article on the mathematics of running in the rain