नेपालको एकीकरण
नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।
गोर्खा अधिराज्य | |
---|---|
![]() नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा। | |
गोर्खा अधिराज्यको स्थापना | १५०० ई |
पृथ्वीनारायण शाहको जन्म | १७२३ |
पृथ्वीनारायण शाह राजा बनेको | १७४३ |
गोर्खा अधिराज्य नाम परिवर्तन | १७६९ (नेपाल अधिराज्य) |
विभिन्न क्षेत्रको एकीकरण | |
नुवाकोट | १७४४ |
किर्तिपुर | १७६६ |
सिक्किम, दार्जीलिंग | १७८८-१७९० |
कान्तिपुर, भक्तपुर | १७६८ |
ललितपुर | १७६९ |
सेन अधिराज्य | १७७३ |
किराती राज्यं | १७७५ |
बाइसे राज्य | १७८७ |
चौबिसे राज्य | १७८१ |
कुमाउँ | १७९० |
गढवाल | १८०४ |
विशाल नेपालको दुर्भाग्य | |
नेपाल अंग्रेज युद्ध | १८१४-१६ |
सुगौली सन्धि | २ डिसेम्बर १८१५ |
नेपाल एकिकरणसम्पादन
नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौँ उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।
सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ ।
पृथ्वी नारायण शाह समयको विस्तारसम्पादन
पश्चिममा गोराखा चेपे , पूर्वमा टिस्टा नदि
राजेन्द्र लक्ष्मीसम्पादन
तनहुँ राज्य, लमजुङ राज्य, कास्की राज्य
बहादुर शाहसम्पादन
महाकाली पश्चिमको अभियानसम्पादन
गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू ।सम्पादन
- श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह
- राजा प्रताप सिँह शाह
- राजकुमार बहादुर शाह
- बडावीर सेनपति काजी शिवराम सिंह बस्न्यात
- काजी कालु पाण्डे
- काजी केहरसिंह बस्न्यात
- काजी धोकलसिंह बस्न्यात
- काजी नाहरसिंह बस्न्यात
- अभिमान सिंह बस्नेत
- काजी दामोदर पाण्डे
- मुल काजी कीर्तिमान् सिँह बस्न्यात
- रामकृष्ण कुंवर
- काजी काजी वंशराज पाण्डे
- काजी काजी रणजंग पांडे
- काजी जयन्त राना
- काजी बंसराज गुरूङ
- काजी काजी बलभद्र कुंवर
- विराज बखेती
- बिसे नगर्ची
- काजी माथवर सिंह थापा
- मुख्तियार भिमसेन थापा
- भिम सिहँ थापा
- चौतारीया फत्तेजंग शाह
- चौतारीया शूरप्रताप शाह
- चौतारीया दलमर्दन शाह
- सरदार भक्ति थापा
- काजी उजीर सिंह थापा
- जङ्गबहादुर राणा
- राजा रण बहादुर शाह
- राजा गिर्वाण युद्ध विक्रम शाह
- काजी नैनसिंह थापा
- काजी रणजोर सिंह थापा