उपरदाङगढी
उपरदाङगढी ढुङ्गाले बनाइएको चित्तार्कषक गढी हो। यो गढी पृथ्वीनारायण शाहका कान्छा छोरा राजकुमार बहादुर शाहको छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै नेपालको एकीकरण हुँदै गर्दा नेपाल र अङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र व्यापारिक केन्द्र बनेको उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो।[१] पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१६ सालमा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।[२] नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार यो दहखानी वडा नम्बर ३ मा पर्दछ भने हाल यस क्षेत्र इच्छाकामना गाउँपालिकामा पर्दछ। यहाँबाट मनास्लु, गणेश लगायतका हिमालहरू अवलोकन गर्न सकिन्छ। शक्तिखोरबाट लगभग तीन घण्टामा यहाँ पुग्न सकिन्छ।
उपरदाङगढी | |
---|---|
इच्छाकामना - ७ दहखानी, चितवन | |
![]() | |
निर्देशाङ्क | २७°२७′N ८४°२०′E / 27.45°N 84.34°E |
प्रकार | गढी |
साइट जानकारी | |
नियन्त्रित द्वारा | इच्छाकामना गाउँपालिका |
सर्वसाधारणका लागि खुला | छ |
वेबसाइट | आधिकारिक वेबसाइट |
साइट इतिहास | |
निर्मित | लगभग वि.सं १८०० |
सिर्जनाकर्ता | शत्रुभन्जन शाह |
सामग्री | ढुङ्गा |
लडाइँ / युद्ध | नेपाल अङ्ग्रेज युद्ध |
इतिहास
सम्पादन गर्नुहोस्चितवन जिल्लाको पूर्व सदरमुकाम समेत हो। वि.सं २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए। नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार यो दहखानी वडा नम्बर ३ मा पर्दछ भने हाल यस क्षेत्र इच्छाकामना गाउँपालिकामा पर्दछ। समुद्र सतह देखि १२७५ मिटरको उचाइमा पर्ने यस गढी नेपालको एकीकरण ताका अङ्ग्रेज विरुद्धको युद्धको बेलामा नेपाली भूमि रक्षा गर्नका लागि बनाइएको थियो।[३]
चित्र दीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "उपरदाङगढी ओझेलमा, सिराइचुली बेवारिसे", कायाकैरन (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "नेपाल-अंग्रेज युद्धस्थल उपरदाङगढी ओझेलमा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "चितवनको पुरानो छवि: उपरदाङगढी", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।