नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान (पुरानो नाम: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो। हाल यस प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेती रहेका छन्। उपकुलपतिमा डा. जगमान गुरुङ, सदस्य-सचिव प्रा. जगतप्रसाद उपाध्याय र कुलपतिको सचिवालय प्रमुख श्री विश्वास घिमिरे रहेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान
Nepal Academy Logo.jpg
नेपाल प्रज्ञा प्रतिष्ठानको लोगो
Nepal Academy, Kathmandu.jpg
नेपाल प्रज्ञा प्रतिष्ठानको बाह्य भाग
निकाय विवरण
गठन२२ जुन १९५७; ६५ वर्ष पहिले (१९५७-०६-22)
अधिकार क्षेत्र नेपाल
प्रधान कार्यालयकमलादी, काठमाडौँ, बागमती प्रदेश
२७°४२′३०″उ॰ ८५°१९′१४″पू॰ / २७.७०८३३°N ८५.३२०५६°E / 27.70833; 85.32056
निकाय कार्यकारीहरू
  • गङ्गाप्रसाद उप्रेती, कुलपति
  • डा. जगमान गुरुङ, उप-कुलपति
  • प्रा. जगत प्रसाद उपाध्याय, सदस्य सचिव
भागिनी विभागसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार
वेबसाइटआधिकारिक वेबसाइट
नक्सा
नेपाल प्रज्ञा प्रतिष्ठान is located in काठमाडौँ उपत्यका
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान (काठमाडौँ उपत्यका)

स्थापनासम्पादन

वि.सं. २०१३ सालमा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना भएको हो। काठमाडौँको कमलादीमा रहेको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट यसको स्थापना भएको थियो। तत्कालिन राजाको यो कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्याएको थियो। साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरेका थिए।[१]

उद्देश्यसम्पादन

नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो।[२]

चित्र दिर्घासम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. जोशी, सत्यमोहन, "हामी यसरी प्राज्ञ भयौँ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  2. व्यवस्थापिका संसदले बनाएको २०६४ सालको ऐन न. २१, नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४

बाह्य कडीहरूसम्पादन