नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन् । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य

नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।

पूर्व-भानुभक्त काल सम्पादन गर्नुहोस्

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।

भानुभक्त काल सम्पादन गर्नुहोस्

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू सम्पादन गर्नुहोस्

टुक्का कविता परिचय सम्पादन गर्नुहोस्

लघुत्तम प्रयाेगवादी काव्यिक उपविधा टुक्का कविता:

नेपाली साहित्यमा हाल धेरै काव्यिक विधाहरू मौलाउदै गरेका छन् । जस मध्ये दुई हरफमा पूर्ण हुने गरि लेखिने लघुत्तम उपविधाको रुपमा टुक्का कविता छोटो समयमा लोकप्रिय विधाको रुपमा देखा परेको छ । टुक्का कविता प्रयोगवादी काव्यिक उपविधा हो ।

यसको प्रारम्भ सन् २०२० अगष्ट ९ तारिख बाट गरिएको हो। टुक्का कविताका प्रवर्तक /परिकल्पना ताराप्रसाद चापागाईं हुन । 

टुक्का कविता लेख्ने मुख्य नियमहरू १। टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने । २। दुवै हरफको अन्तमा तुक ९अन्त्यानुप्रास० मिलेको हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । ३। दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ । ४। पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने । ५। टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएको छ।

    क. छन्द टुक्का
    ख. स्वच्छन्द टुक्का

बाह्य कडीहरू सम्पादन गर्नुहोस्