नेपाली भाषा सुधार
विभिन्न दृष्टिकोणहरूबाट भाषामा गरिने सुधार वा भाषाको प्राकृतिक रूपमा परिवर्तन नभई योजनाबद्ध ढङ्गले गरिने परिवर्तन नेपाली भाषामा पनि भएको छ । कुनै जीवित भाषा विभिन्न कारणहरूले परिवर्तन हुँदै जानु स्वभाविक भएजस्तै मानिसहरूले आफैले भाषिकताको आलोचना समालोचना गर्दै योजनाबद्ध परिवर्तन पनि गरेका छन् । [१] [२] [३]
वर्ण अक्षर
सम्पादन गर्नुहोस्नेपाली भाषामा वर्ण सुधार सम्बन्धी विभिन्न भाषाविज्ञहरूले आ-आफ्ना रायसुझावहरू अघि सारेका देखिन्छ ।
स्वर वर्ण
सम्पादन गर्नुहोस्- "ऋ" वर्ण हटाइने सुझाव । नेपाली भाषामा "ऋ" वर्ण आवश्यक नरहेको र बोलीचालीमा "री" उच्चरण हुने भएकाले भाषा-विज्ञानी तवरले अनावश्यक वर्ण हटाउने प्रस्ताव भएको छ । जस्तै : ऋण - रीन्, ऋतु - रितु ।
- "ः" विसर्ग वा दुवास बिन्दु नेपाली भाषामा नरहेकाले हटाउने प्रस्ताव । जस्तै : दुःख - दुक्ख, निःशुल्क ।
- स्वर वर्ण र मात्रामा एकरूपता ल्याएर सरलता कायम गर्ने प्रस्ताव । अ, आ, अि, अी, अु, अू, अे, ओ ।
- नेपाली बोलीचालीमा दीर्घको अस्तित्व नभएकाले दीर्घ वर्ण हटाउने प्रस्ताव ।
- द्वित्व वर्णलाई दुई वर्ण गरी नै लेखिने प्रस्ताव । ऐ - अइ, औ - अउ ।
- "अं" वर्ण हटाएर बोलीचालीकै हिसाबमा लेखिने प्रस्ताव । जस्तै : अंगुर - अङ्गुर, सांसद - साम्सद, अंक - अङ्क ।
व्यञ्जन वर्ण
सम्पादन गर्नुहोस्- नेपाली भाषामा "ञ" र "ण"को अस्तित्व नरहेको र बोलीचालीमा "न" नै बोलिने भएकाले ती वर्णहरू हटाएर "न" नै लेख्ने प्रस्ताव । जस्तै : गणेश - गनेस, व्यञ्जन - ब्यन्जन ।
- नेपाली भाषामा "श" र "ष"को अस्तित्व नरहेको र बोलीचालीमा "स" नै बोलिने भएकाले ती वर्णहरू हटाएर "स" नै लेख्ने प्रस्ताव । जस्तै : विशेषण - बिसेसन्, शक्ति - सक्ति ।
- क्ष र ज्ञ वर्णलाई हटाएर बोलीचालीकै भाषा कायम गर्ने प्रस्ताव । जस्तै : कक्षा - कक्छ्या, रक्षा - रक्छ्या, ज्ञान - ग्यान, ज्ञानी - ग्यानी ।
- "त्र" वर्ण "त् + र" संयुक्त वर्ण भएकाले छुट्टै वर्णको रूपमा वर्णानुक्रममा नराखिने प्रस्ताव ।
संयुक्त वर्ण
सम्पादन गर्नुहोस्- अक्षर आधा नबनाई सबैमा सोझै हलन्त राख्ने प्रस्ताव ।
- संयुक्त वर्णहरू प्रयोग नगरी हलन्त राख्ने प्रस्ताव । जस्तै : द्वि - द्वि, द्या - द्या ।
व्याकरण
सम्पादन गर्नुहोस्लैङ्गिकताको दृष्टिकोणले
सम्पादन गर्नुहोस्गैर-मातृभाषीहरूको दृष्टिकोणले
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "भाषा सुधार अभियान", नागरिक दैनिक।
- ↑ "नेपाली व्याकरणको विकास परम्परा", संसार न्यूज।
- ↑ साठी वर्षका भाषिक चर्चा, नेपाल प्रज्ञा प्रतिष्ठान, आइएसबिएन 978-9937-689-64-9।