देवनागरी लिपि

धेरै जस्तो भारतीय र नेपाली भाषाहरूको लेखनको लिपि

देवनागरी अथवा नागरी बायाँ देखि दायाँ सम्म लेखिने शब्दीय वर्णमाला लिपिमा आधारित एक प्राचीन ब्रह्मी लिपि हो। यसको प्रयोग भारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकास प्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटा वर्णहरू हुन्छन् जसमा १४ वटा स्वर वर्ण र ३३ वटा व्यञ्जन वर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहाँ यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ।

देवनागरी
Chandas typeface specimen.svg
देवनागरी लिपि (स्वरवर्ण माथि, व्यञ्जनवर्ण तल)
प्रकार
समयावधि
प्राथमिक स्वरूप: पहिलो शताब्दी  ईशापूर्व[१] आधुनिक स्वरूप: सातौँ शताब्दी देखि हाल[२][३]
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
क्षेत्रभारत र नेपाल
भाषाहरूअपभ्रंश, अवधी, भिली, भोजपुरी, बोडो, ब्रज भाषा, छत्तीसगडी, डोगरी, गुजराती, हरयाणवी, हिन्दी, हिन्दुस्तानी, कश्मिरी, कोङ्कणी, मगही, मैथिली, मराठी, मारवाडी, मुन्डारी, नेपाल भाषा, नेपाली, पाली, पहाडी (पञ्जावी सहित), प्राकृत, राजस्थानी, सादरी, संस्कृत, सन्ताली, सराइकी, शेर्पासिन्धी, सुरजापुरी, र अन्य धेरै
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
सम्बन्धित लिपिहरू
नन्दीनागरी
कैथी
गुजराती
मोडी
आईएसओ १५९२४
आईएसओ १५९२४Deva (315), ​Devanagari (Nagari)
युनिकोड
युनिकोड उपनाम
Devanagari
U+0900–U+097F देवनागरी,
U+A8E0–U+A8FF देवनागरी विस्तारिित,
U+1CD0–U+1CFF वैदिक विस्तार
[क] ब्राह्मी लिपिको सिनाली उत्पत्ति विश्वव्यापी रूपमा सहमत छैन।
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्
ब्राम्ही लिपिबाट जन्मेका लिपिहरू

ब्राम्ही

देवनागरीमा लिखित ऋग्वेदको पाण्डुलिपि

यस लिपिको वर्ण विन्यासविज्ञानले भाषाको उच्चारणलाई दर्शाउँदछ। रोमन वर्णमालाको विपरीत, यसमा ठूलो र सानो वर्ण भने हुँदैन। यो बायाँबाट दायाँ सम्म लेखिन्छ। यसमा वर्गको रूपरेखाहरूको भित्र सममित गोलाकार आकारका लागि एक मजबुत प्राथमिकता रहेको हुन्छ जुन एक क्षैतिज रेखाद्वारा पहिचान योग्य हुन्छ जसलाई शिरोरेखा भनिन्छ जुन पूर्ण अक्षरहरूका लागि शीर्षको साथ चल्दछ अर्थात् प्रत्येक शब्दमाथिबाट खिचिने रेखा (केहि वर्णहरूको माथिबाट रेखा हुँदैन) नै शिरोरेखा हो। झट्ट हेर्दा, अन्य ब्रह्मी लिपिहरू जस्तै बङ्गाली-आसामी, ओडिया वा गुरुमुखी भन्दा फरक देखिन्छ। तथापि, ध्यान पूर्वक यी लिपिहरू हेर्ने हो भने कोण र संरचनात्मक जोड बाहेक यिनीहरूमा निकै समानता हुन्छ। यसमा अक्षरहरूको क्रम व्यवस्था (विन्यास) वैज्ञानिक छ। यसमा स्वर-व्यञ्जन, कोमल-कठोर, अल्पप्राण-महाप्राण, अनुनासिक्य-अन्तस्थ-उष्म इत्यादि वर्गीकरण हुन्छ। उर्दूू बाहेक भारत तथा एसियाका अनेक लिपिहरूको सङ्केत देवनागरीबाट अलग छ। देवनागरी लेखनको दृष्टिबाट सरल, सौन्दर्यको दृष्टिबाट सुन्दर र वाचनको दृष्टिबाट सुपाठ्य छ ।

मराठी, पाली, संस्कृत (संस्कृतको लागि प्राचीन नागारी लिपिमा दुई अतिरिक्त व्यञ्जन वर्ण थिए), हिन्दी, नेपाली, शेर्पा, प्रकृत, अप्रभंश, अवधि, भोजपुरी, ब्रज भाषा, छत्तीसगढी, हरयान्वी, मगही, नगपुरी, राजस्थानी, भिली, डोगरी, मैथिली, कश्मिरी, कोङ्कणी, सिन्धी, बोडो, नेपाल भाषा, पञ्जावी, मुन्दारी र सन्ताली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपि नन्दीनागर लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुन दक्षिण भारतका विभिन्न प्राचीन पाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्न दक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ।

शब्दको उत्पत्तिसम्पादन

देवनागरी शब्द देव र नागरी मिलेर बनेको छ। देव भनेको ईश्वर हो भने नागरी भन्ने शब्द अर्थ सहरमा बसोबास गर्ने स्त्री भन्ने हुन्छ जुन शब्द संस्कृतको नगरम्बाट आएको थियो। देवनागरीको अर्थ जस अनुसार ईश्वरीयता वा देवताहरूको निवास भन्ने हुन्छ। एउटा मत अनुसार देवनगर (काशी)मा प्रचलनको कारण यसको नाम देवनागरी भएको हो।

देवनागरी शब्दको उत्पत्ति प्राचीन शब्द नागरीबाट भएको थियो। फिसरका अनुसार, नागरी शब्दको सुरुवात ६३३ ईशापूर्वमा उत्तरपश्चिम भारतमा भएको थियो भने यो ११औँ शताब्दीमा, पूर्णरूपमा विकसित भएको थियो। यो संस्कृत साहित्यमा प्रयोग हुने प्रमुख लिपि समेत हो।

इतिहाससम्पादन

देवनागरी भारत, नेपाल, तिब्बत र दक्षिणपूर्वी एसियाका लिपिहरूको ब्राह्मी परिवारको एक भाग हो। यो तेस्रो शताब्दी ईसापूर्वको ब्राह्मी लिपिको वंशज हो। यो नागरी लिपिमा विकसित भएको थियो जसको फलस्वरूप देवनागरी र नन्दनगरीको जन्म भएको थियो। पछिल्लो लाई पहिलेमा गाभिनु पूर्व दुवै संस्कृत लेख्न प्रयोग गरिन्थ्यो। संस्कृत, मराठी, हिन्दी र यसका उपभाषाहरू र कोङ्कणी लेख्नको लागि यसको परिणामी लिपि भारत भर व्यापक रूपमा अपनाइन्छ।

प्राचीन भारतको विकासशील संस्कृत नागरी लिपिलाई प्रमाणित गर्ने केही प्रारम्भिक उपचित्रात्मक प्रमाणहरूको रूपमा शिलालेखहरू पहिलो देखि चौथो शताब्दीको बीचमा गुजरातमा भेटिएको थियो। नागरी नामक लिपिका विविधता, देवनागरीको निकट, सर्वप्रथम संस्कृतमा प्रथम शताब्दी ईसापूर्वमा रुद्रदमन शिलालेखहरूबाट प्रमाणित गरिएको थियो जबकि देवनागरीको आधुनिक मानक रूप लगभग १००० ईसापूर्व देखि प्रयोग गर्न थालिएको थियो।

मध्यकालीन शिलालेखहरूले नागरी-सम्बन्धित लिपिहरूको व्यापक प्रसारको सुझाव दिन्छन्। नागरी लिपिहरू ग्रहणसँगै दोहोरो लिपिहरूले स्थानीय लिपि प्रस्तुत गरेका छन्। उदाहरणका लागि, कर्नाटकको ८औँ शताब्दीको मध्य पटडाकाल स्तम्भमा सिद्ध मातृका लिपि र प्रारम्भिक तेलुगु-कन्नड लिपि दुवैमा पाठ छ, जबकि, हिमाचल प्रदेशमा काङ्ग्र जवालामुखी शिलालेखमा शारदा र देवनागरी दुवै लिपिमा लेखिएको छ।

नागरी लिपि ७औँ शताब्दीसम्म नियमित रूपमा प्रयोगमा रहेको थियो र यो पहिलो सहस्राब्दीको अन्तसम्ममा पूर्णरूपमा विकसित भएको थियो। मध्यकालीन भारतको नागरी लिपिमा संस्कृतको प्रयोगलाई असङ्ख्य स्तम्भ र गुफा मन्दिरका शिलालेखहरूद्वारा प्रमाणित गरिएको छ। मध्य प्रदेशमा ११औँ शताब्दीको उदयगिरी शिलालेख र उत्तर प्रदेशमा भेटिएको एक कुँदिएको इँटामा देवनागरी लिपि प्रयोग भएको छ। यो इँटा १२१७ ईसापूर्वमा भेटिएको थियो जसलाई हाल ब्रिटिस सङ्ग्रहालयमन राखिएको छ। लिपिको सम्बन्धित संस्करणहरू भारत बाहिरकाका देशहरू जस्तै जस्तै श्रीलङ्का, म्यानमार र इन्डोनेसियाका प्राचीन अवशेषहरूमा पत्ता लागेका छन्। जबकि पूर्वी एसियामा नागरीको सबैभन्दा नजिकको अग्रदूत मानिने सिद्ध मातृका लिपि बौद्ध धर्मावलम्बीहरूले प्रयोग गरेका थिए। यसलाई लामो समयदेखि दक्षिण एसियाका धार्मिक रूपमा शिक्षित मानिसहरूले सूचना रेकर्ड गर्न र प्रसारण गर्न परम्परागत रूपमा प्रयोग गर्दै आएका छन्। यो प्रशासन, वाणिज्य र अन्य दैनिक प्रयोगका लागि प्रयोग गरिने विभिन्न स्थानीय लिपिहरू (जस्तै मोडी, कैथी र महाजनी) सँग समानान्तर रूपमा विद्यमान छ।

शारदा लिपि कश्मीरमा समानान्तर प्रयोगमा रहेको थियो। देवनागरीको प्रारम्भिक संस्करण विक्रम सम्वत् १०४९ (अर्थात ९९२ ईसापूर्प) मा लेखिएको बरेलीको कुटिल शिलालेखमा प्रस्तुत छ। मौर्यपछिको प्रारम्भिक कालदेखि अस्तित्वमा रहेको सबैभन्दा पुरानो संस्कृत ग्रन्थहरूमध्ये एक पतञ्जलिद्वारा लेखिएको टिप्पणीकामा १,४१३ नागरी पृष्ठहरू छन्। यसको रचना मिति लगभग १५० ईसापूर्व हो। यसको जीवित प्रति लगभग १४औँ शताब्दी ईसापूर्वको प्रतिलिपि हो।

बाह्मी देखि गुप्त र देवनागरी सम्मको क्रमविकास [६]
k- kh- g- gh- ṅ- c- ch- j- jh- ñ- ṭ- ṭh- ḍ- ḍh- ṇ- t- th- d- dh- n- p- ph- b- bh- m- y- r- l- v- ś- ṣ- s- h-
ब्राह्मी 𑀓 𑀔 𑀕 𑀖 𑀗 𑀘 𑀙 𑀚 𑀛 𑀜 𑀝 𑀞 𑀟 𑀠 𑀡 𑀢 𑀣 𑀤 𑀥 𑀦 𑀧 𑀨 𑀩 𑀪 𑀫 𑀬 𑀭 𑀮 𑀯 𑀰 𑀱 𑀲 𑀳
गुप्त                                                                  
देवनागरी

पूर्वी एसियासम्पादन

 
सिद्धम लिपिमा लेखिएको, ऊष्णीष विजय ढारणी सूत्र, ६०९ ईसापूर्व, जापान। अन्तिम हरफ सिद्धम् लिपिको पूर्ण संस्कृत वर्णमाला हो।

तिब्बती साम्राज्यको सोङत्सेन गाम्पोको शासनमा थन्मि समभोतालाई नेपाली राजकुमारीसँग विवाह वार्ता सुरु गर्न र तिब्बती भाषाको लागि उपयुक्त लेखन प्रणाली खोज्न नेपाल पठाइएको थियो। यसरी उनले कश्मीरमा प्रयोग गरिने नागरीमा आधारित तिब्बती लिपिको आविष्कार गरेका थिए। उनले संस्कृतमा नभएको ध्वनीका लागि ६ वटा नयाँ अक्षर थपेका थिए।

इन्डोनेसिया, भियतनाम, जापान र पूर्वी एसियाका अन्य भागहरूमा ७औँ देखि १०औँ शताब्दीको बीचमा सिद्धम मातृका जस्ता नागरीसँग नजिकको सम्बन्ध भएका अन्य लिपिहरू प्रयोगमा रहेका थिए।

जाभाको दक्षिण-मध्य क्षेत्रहरू र दक्षिणपूर्वी एसियाका पृथक भागहरूमा पाइने केही बाहेक प्राय:जसो दक्षिणपूर्वी एसियाली लिपिहरूको द्रविड लिपिहरूमा आधारित छन्। विशेष गरी कवि लिपि धेरै पक्षमा देवनागरीसँग मिल्दोजुल्दो छ यद्यपि लिपिको रूपविज्ञानमा स्थानीय परिवर्तनहरू छन्। देवनागरी जस्तो लिपिहरूमा सबैभन्दा पहिले लेखिएका अभिलेखहरू १०औँ शताब्दीतिरका हुन्। यस लिपिमा ११औँ देखि १४औँ शताब्दीको बीचमा धेरै शिलालेखहरू छन्। पुराना-देवनागरी शिलालेखहरू जाभाका हिन्दू मन्दिरहरूमा पाइन्छ। ८औँ शताब्दीको मध्य तिर, जाभाको लिगर र कालासन शिलालेख उत्तर भारतको नागरी लिपिमा पनि छन्। शिलालेखविद् तथा एसियाली अध्ययनविद् लरेन्स ब्रिग्सका अनुसार, यी ९औँ शताब्दीको तामाको प्लेट देवपालदेव (बङ्गाल) को शिलालेखसँग सम्बन्धित हुन सक्छन् जुन प्रारम्भिक देवनागरी लिपिमा पनि रहेको छ। कवि लिपिमा कावी शब्द काव्य (कविता) बाट आएको शब्द हो। मानवशास्त्री तथा एसियाली अध्ययन विद्वान जोन नर्मन मिक्सिक र गोह जिओके यानका अनुसार ८औँ शताब्दीको प्रारम्भिक नागरी वा देवनागरी लिपिको संस्करण ८ वा ९औँ शताब्दीको आसपास जाभा, बाली (इन्डोनेसिया) र खमेर (कम्बोडिया) मा अपनाइएको थियो। यो समयावधि धेरै शिलालेखहरूले प्रमाणित गरेको छ।

भाषाविज्ञानको दृष्टिबाट देवनागरीसम्पादन

ब्राम्ही लिपिबाट जन्मेका लिपिहरू

ब्राम्ही

भाषावैज्ञानिक दृष्टिबाट देवनागरी लिपि अक्षरात्मक (सिलेबिक) लिपि मानिन्छ । लिपिको विकाससोपानहरूको दृष्टिबाट "चित्रात्मक", "भावात्मक" र "चित्रात्मक" लिपिहरूको अनंतर "अक्षरात्मक" स्तरको लिपिहरूको विकास मानिन्छ । पाश्चात्य र अनेक भारतीय भाषाविज्ञानविज्ञहरू्को मतबाट लिपिको अक्षरात्मक अवस्थाकोपछि अल्फाबेटिक (वर्णात्मक) अवस्थाको विकास भयो । सबभन्दा विकसित अवस्था मानिएकोछ ध्वन्यात्मक (फोनेटिक) लिपिलाई। "देवनागरी"लाई अक्षरात्मक यसकारण भनिन्छ कि यसका वर्ण- अक्षर (सिलेबिल) छन्- स्वर पनि र व्यंजन पनि "क", "ख" आदि व्यंजन सस्वर छन्- अकारयुक्त छन् । ती केवल ध्वनिहरू छैनन् अपितु सस्वर अक्षर छन् । अत: ग्रीक, रोमन आदि वर्णमालाहरू छन् । परन्तु यहाँ यो ध्यान राख्नु पर्ने कुरा छ कि भारतको "ब्राह्मी" या "भारती" वर्णमालाको ध्वनिहरूमा व्यंजनहरूको "पाणिनि"ले वर्णसमाम्नाय के १४ सूत्रहरूमा जो स्वरूप परिचय दिएकाछं- त्यसको विषयमा "पंतजलि" (द्वितीय शती ई.पू.)ले यो स्पष्ट गरेकाछ्न् कि व्यंजनहरूमा संनियोजित "अकार" स्वरको उपयोग केवल उच्चारणको उद्देश्यबाट छ । त्यो तत्वत: वर्ण होइन । यस दृष्टिबाट विचार गर्दै भन्न सकिन्छ कि यस लिपिको वर्णमाला तत्वत: ध्वन्यात्मक छ, अक्षरात्मक छैन । लिपिहरू हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो । रोमन बनेको लिपि हो । थाई बनाइएको लिपि हो । देवनागरी लिपि नादबाट जन्मियो । नाद धुन हो । ब्रह्म भनेको पनि त्यही नाद हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर शिवले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । ऋग्वेदको पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । सङ्केत (नोटेसन) छ । संगीत छ । धड्कन (दभवत) छ । अनि नाचको ताल छ । अर्थात् शब्द, गीत, संगीत, सङ्केत, धुन, धड्कन, नाच, ताल आदि सबै १४ कोटीकै अक्षरमा गुम्फित छन् । त्यसैबाट बन्छन् । त्यही नमिले ताल भंग हुन्छ । शब्द भंग हुन्छ । लय भंग हुन्छ । क्रम भंग हुन्छ । यी कुरालाई हृदयंगम गरी पाणिनीले शिव प्रदत्त शब्द ब्रह्मलाई लयबद्ध गरे । चारवटा संयुक्त स्वर पनि राखे । अनि १८ कोटीका स्वर अक्षर पारी लयबद्ध गरिएका अक्षरहरूका नाम हो, बाह्रखरी । अर्थात् शब्दहरूको ध्वनिको प्रस्तुति बैखरी हो । बैखरी ऋग्वेद (१०–२५) को शब्दमा वाक शक्तिकै अभिव्यक्ति हो । बोलीचालीमा बाह्रखरी भयो । शास्त्रीय शब्द बैखरी हो । त्यही नाद मासिए अर्थ लाग्छ त ? नाद ब्रह्मवाला भन्छन्– लाग्दैन । लाग्यो भने देवनागरीको मूल जरो टुट्छ । उनीहरूको विचारमा अर्थ गर्नेले त भाव ब्रह्मका कुरा गर्छन् । मानसिक कुरा । काल्पनिक कुरा । त्यसैमा मक्ख पर्छन् । सापेक्ष अर्थ लगाउँछन् । यसो हुँदा देवनागरीको मूल सुक्छ । अर्थको अनर्थ लाग्छ । देवनागरी लिपिको प्रयोग भएका वैदिक वाङ्मय बचाउन पुर्खाले षट्कोण (सरस्वती कोण) को एउटा कोणमा शिक्षा राखे । पुख्र्यौली शब्दमा शिक्षा नै व्याकरण हो । वैदिक वाङ्मयको अर्थान्तर हुन नदिन तान्त्रिक र मान्त्रिकहरूले यो चिन्तनको विस्तार गरे । उनीहरूले भने– मानव शरीरमा ७२ हजार ऊर्जावाहक नाडी छन् । तिनका सन्धि हुन्छन् । मर्मस्थान हुन्छन् । चक्र हुन्छन् । दुई नाडीका ऊर्जा जोडिएको ठाउँ सन्धि हो । तीन नाडीको ऊर्जा जोडिएको ठाउँ मर्मस्थान हो । तीनभन्दा बढी नाडीहरूको ऊर्जा मिल्ने ६ वटा ठाउँको नाम चक्र हो । चक्र भनेको ऊर्जा सञ्चालन केन्द्र हो । योनि क्षेत्रमा मूलाधार चक्र हुन्छ । पेट क्षेत्रमा स्वाधिष्ठान चक्र । छाती क्षेत्रमा मणिपुर चक्र । घाँटी क्षेत्रमा अनाहत चक्र । आँखीभांै क्षेत्रमा आज्ञा चक्र । तालु क्षेत्रमा सहश्र चक्र । प्रत्येक चक्रको आआफ्नै मूल ध्वनि हुन्छ । त्यहाँ भएका अरू नाडीले त्यही ध्वनि पछ्याउँछन् । मूलाधारको ध्वनिमा चिपचिप गर्ने नाद हुन्छ । स्वाधिपठानमा चञ्च गर्ने । मणिपुरमा घन्ट ध्वनि हुन्छ । अनाहतमा बाँसुरी नाद वा ध्वनि हुन्छ । आज्ञा चक्रमा हं अं, क्षं, ॐ नाद हुन्छ । सहश्र चक्रमा ज्ञानको स्फुरण हुन्छ । नाद हराउंँछ । देवनागरीको मूल जरो नै हराउँछ ।[७]

जरो जोडिएको बाह्रखरीसम्पादन

मान्त्रिकमा कुण्डलिनी जगाउने मान्त्रिक क्षमता छ । तान्त्रिकमा पनि त्यही क्षमता छ । लौकिक अर्थमा सन्धि, मर्मस्थान र चक्रमा भएका नाडीहरूको ऊर्जा क्रियाशील बनाउने विधिको नाम जगाउनु हो । स्वर र व्यञ्जन दुवै खाले अक्षरबाट ती ऊर्जाहरू जगाइन्छन् । त्यसैले तान्त्रिक एवं मान्त्रिकको ज्ञानमा स्वर एवं व्यञ्जनवर्णले कुन–कुन ऊर्जा कहाँबाट जगाउने ठाउँहरू उल्लेख गरिएका छन् । निधारको ऊर्जा ‘अ’ अक्षरले चलाउँछ । ‘आ’ अक्षरले अनुहारको । ‘क’ अक्षरले दायाँ काँधको सन्धिको ऊर्जा चलाउँछ । ‘ख’ले दाहिने कुहुनाको । यसरी बैखरीका सबै अक्षरको तान्त्रिक र मान्त्रिक हुन् । ऊर्जा प्रवाहित गर्ने कडी हुन् (अनुसूची हेर्नुहोस्) । यसको अर्थ हो– एउटा नाद छुट्ता नाडीको एउटा विन्दुमा ऊर्जा पुग्दैन । बढी हुन्छ । निष्क्रिय हुन्छ । बढी सक्रिय हुन्छ । मन्त्र लाग्दैन । थोते व्यक्तिले मन्त्र गर्दा लाग्दैन भन्ने कुराको गुत्थी यही बुझिन्छ । मन्त्र नहुने अक्षर हुन्न भन्ने कुराको झड्को मिल्छ । ध्यान गर्नेले किन मन्त्र जप्दो रहेछ भन्ने थाहा हुन्छ । मन्त्र नजपे नाद सुन्न खोज्दो रहेछ भन्ने बुझिन्छ । शब्द सुन्न किन जाग्रत बन्दो रहेछ भन्ने कुराको भेउ पाइन्छ । अनि नाद र शब्द ब्रह्मभन्दा पर पुग्दा स्थितप्रज्ञ भइसकिन्छ भन्ने कुराको रहस्य थाहा हुन्छ । [७]

अक्षर चलाउनेको अपराधसम्पादन

तालव्य ‘श’ किन चाहियो ? मूर्धन्य ‘ष’ किन चाहियो ? शहीद सहीद बनाए भैगयो नि ? शर्मा सर्मा लेखे बुझियो नि । विज्ञहरूले तर्क गर्‍यौं । तर्क कुतर्क बन्यो । वितर्क बन्यो । अब वितण्डा बोक्तै छौं । ताना सर्माले स्वीकार्नुभयो । शर्मा आराध्य हुने रहेछ । सर्मा कुकुर हुने रहेछ । राज नबुझ्दा भाषाविज्ञ हुनुहुन्थ्यो । बुझ्दा अज्ञ हुनुभएको हो त ? मान्त्रिक एवं तान्त्रिक ज्ञाताको शब्दमा तालव्य ‘श’ले मुटुदेखि दाहिने हातसम्मका नाडी, सन्धि, मर्मस्थान र चक्र झंकरित हुन्छ । दन्त्य ‘स’ले चाहिंँ मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भाग झंकरित हुन्छ । मूर्धन्य ‘ष’ झिक्ता मुटुदेखि बायाँ हातसम्मको क्षेत्रमा ऊर्जा प्रवाह घट्छ । मान्त्रिक हिसाबमा त्यस क्षेत्रमा मन्त्रको असर पर्दैन । तन्त्रको असर पर्दैन । ध्वनिमा पनि देवनागरी अक्षरले त्यही सन्देश बोकेको हुन्छ । इन्द्रोशत्रु विवर्धस्व:, इन्द्रशत्रु विवर्धस्व: । पहिलोले इन्द्रको शत्रु नाश गर्ने प्रार्थना गर्छ । दोस्रोले इन्द्र नै शत्रु भन्ने बुझाउँछ । फूल र फुलले त्यही ध्वनिको सन्देश दिएको थियो । अहिलेका भाषाविदहरूले एउटै बनायौं । कति राम्रो अपराध गर्‍यौं, ध्वनिभेद बुझेको देवनागरी लिपिलाई । [७]

आपराधिक वितण्डासम्पादन

तर्कका आधारहरू सहज छन् । जनजिब्रोले मान्दैन । प्रश्न त्यहीं आयो– कसको जनजिब्रो ? मै घर झानु (म घर जान्छु) । यो बैतडीको नेपाली हो । तिनको बोलीमा मानक जनजिब्रो कुन हो ? सायद उत्तर छैन, भाषाविज्ञसँग । भए कुतर्क होला । वितर्क होला । वितण्डा होला । अर्को तर्क छ, उहाँहरूको विश्वविद्यालय छुट्टै हो । विश्वविद्यालय र विश्व विद्यालयको अर्थ एउटै हो र ? हुन्छ र ? बुद्ध सही लेखाइ हो र ? बुर्दध झनै शुद्ध हो र ? बुद्ध र बुद्धि अशुद्ध हुन् र ? विद्यालय शुद्ध हो र ? विद्यालय अशुद्ध हो र ? कसले भनिदिने ती भाषाविज्ञलाई ‘द्’ र ‘ध’ जोडेर ‘द्ध’ बनेको हो भनेर । ‘द’ र ‘य’ जोडेर ‘द्य’ बनेको भनेर । पुख्र्यौली शब्दमा नाडीहरू सन्धि बनिसकेको अवस्था हो यो । सन्धिहरू मर्मस्थान बनिसकेको अवस्था हो यो । मर्मस्थानहरू चक्र बनिसकेको अवस्था हो यो । जुन भाषामा पनि शब्द र ध्वनिहरू परिवर्तित हुन्छन् नि । बनेका भाषामा ठीक होला । बनाइएका भाषामा ठीक होला । तर देवनागरी त बने–बनाइएको लिपि हैन नि । त्यो त भएको लिपि हो । नाद–शब्द र ब्रह्रमलिपि । विज्ञहरूको तर्क पनि ठीक होला । पश्चिमा भााषाविदका सिद्धान्त पढ्दा । युनिकोडबाट देवनागरी लिपि टाइप गर्दा । तर हामी अर्कै हौं भन्ने बुझ्ने र बुझाउने कसले हो ? नाद ब्रह्मबाट शब्द ब्रह्म जानेका हामीले हैन र ? शब्द ब्रह्मबाट अक्षर ब्रह्म बुझेका हामीले हैन र ? अविनाशी ब्रह्म बुझेका हामीले हैन र ? क्षर (नाशवान) ब्रह्म बुझेका पश्चिमी भाषाविदको बुद्धि बोकेर देवनागरी लिपिमा खेल्दा के होला ? युनिकोडबाट देवनागरी लेख्ता रोमन लिपिको भजन त हुन्छ । भियतनामीलाई बाध्य पारेजस्तो । गुरुङको खेमा लिपिमा रोमन लिपिवालाले धावा बोलेजस्तो । रोमन लिपिमा देवनागरी पढ्न त सकिएला, तर आफ्ना पुर्खाको तत्त्वज्ञान बुझ्न चाहने भोलिका सन्ततिले के भन्लान् ? समकालीनहरूकै कुरा के होला ? यस मानेमा व्याकरणीय अपराध भएन र ? [७]

स्रोतहीन मतियारासम्पादन

जरो काटिएको पाठ्यपुस्तक र शब्दकोश छापी देशभर पुर्‍याउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारी एकसाथ देवनागरी लिपिमा खेलाँची गर्ने स्रोतहीन मतियारा बन्न पुग्यौं । निहित स्वार्थले । बाध्यताले । अज्ञानताले । दबाबले । कसैको इसाराले । मूल जरोमा पुग्ने क्षमताको अभावले । मन्त्र र तन्त्र भनेको हावा कुरा हुन् भन्ने मानसिकताले । ब्रह्म, ब्रह्माण्ड र लिंग (शरीर) एउटै तत्त्वले बनेको छ भन्ने पुख्र्यौली गुढज्ञानमा नपुगेकाले । पश्चिमी भाषिक सिद्धान्तमा अभ्यस्त भएकाले । उनैको ढंग नै ठीक ढंग हो भन्ने ‘कम्प्राइडोर बुर्जुवा’को दिमागी बनौटले । अभ्यस्त पश्चिमा बन्ने रहरले । अथवा अन्य कारणले ? जे भए पनि हामी देवनागरी लिपिको गहिराइमा पुगेनौं । परिणामत: व्याकरणीय अपराधी बन्यौं । अथवा त्यही अपराधको मतियारा बन्यौं । झर्रोवाद, खुट्टाकाट जस्ता अभियानहरू आए । गए । ती व्यक्तिगत भुल्का बने । समूहगत भुल्का बने । अहिले चाहिं संस्थागत व्याकरणीय अपराधको थालनी भयो । अर्थात् झर्रोवादमा पाठ्यपुस्तक बनेनन् । प्रामाणिक शब्दकोश निकालिएनन् । अहिले स्कुल र कलेजमा संस्थागत रूपले देवनागरी लिपिमा प्रहार भयो । त्यसका मतियारा सबै बन्ने भयौं । संस्कृत वाङ्मयको आँखाबाट अर्को अपराध भयो । किनकि अबको एक दशकमा बुर्दध पढ्नेले संस्कृत शब्द कसरी खुट्याउने ? यस अर्थमा भुटानी सरकारले नेपाली भाषा हटाउन गरेको अहिलेको तरिकाजस्तो भयो । बुढा भुटानी अक्सर नेपाली बोल्थे । नयाँ भुटानी जोङ्खा जान्ने बने । अङ्ग्रेजीका रक्षक नै बने । कतै हाम्रो अहिलेको व्याकरणीय अपराध तथा मतियारीले त्यतै पो लग्यौं कि ? संस्कृत वाङ्मयमा प्रवेशै नदिने साजिस पो गर्‍यौं कि ? भारोपेली परिवारले लेख्ने तिरहुती र कैंथी लिपिमा पनि असर पार्‍यौं कि ? भोट–बर्मेली भाषा समूहको ब्राह्मी र रञ्जना लिपि लेख्ने नेवार समुदायलाई पनि बिथोल्ने प्रयास पो गर्‍यौं कि ? [७]

सम्भावनाको खोजीसम्पादन

ताना सर्मा तारानाथ शर्मा भएझैं फर्कने एउटा सम्भावना हो । अर्थात् भुल्के बनिदिने सम्भावना । अर्को शब्दमा भन्दा देवनागरी लिपि खेलाउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारीले गल्ती स्वीकार्नु । मौनी सम्भावना । दोस्रो सम्भावना हो– परिवर्तित पाठ्यपुस्तक र शब्दकोशको भाषा र व्याकरणलाई शिक्षणमा सीमित राख्ने । शिक्षक तालिममा जोड्ने । त्यसको अर्थ लगाउने बुद् + धि मिलेर बुद्धि हुन्छ । द्+य जोडेर द्य बन्छ । विश्व+विद्यालय मिलेर विश्वविद्यालय बन्छ । छुट्टै विश्व विद्यालय लेखे विश्व नै विद्यालय भन्ने बुझिन्छ । विश्वविद्यालय लेखे उच्चशिक्षाको शिक्षण थलो भन्ने थाहा हुन्छ । यसको अर्थ हो– अहिले बदलिएका पाठ्यपुस्तक र शब्दकोशहरूलाई शिक्षण सामग्री मात्रै मान्ने । शिक्षाको सामग्री नठान्ने । तेस्रो सम्भावना हो– अंग्रेजको तरिका पछ्याउने । देवनागरीको मर्म मार्ने । अनि भन्ने रामको सन्तति ज्याक्सन हुँ । सीताकी छोरी डायना हुँ । यसरी पुख्र्यौली पहिचान फेर्ने । अनि भन्न थाल्ने वेद त अप्रामाणिक हो । संस्कृत वाङ्मय त भाषिक सिद्धान्तका आधारमा लेखिएकै छैनन् । चौथो सम्भावना हो– व्याकरणीय अपराध गर्नेहरूलाई उन्मुक्तिको बाटो दिने– म ‘आधुनिक’ देवनागरीमा लेख्छु । नयाँ व्याकरण नै प्रयोग गर्छु । अमेरिकी व्याकरणमा लेखेको नि ! बेलायती व्याकरणमा लेखेको नि ! त्यही बुद्धि नेपालमा पनि लागु गर्ने । अनि भनौं देवनागरीलाई जननागरी बनायौं । संस्कृत वाङ्मय पढ्न रोमन लिपि भित्र्याऔं । तन्त्र र मन्त्रका पूर्वीय बुद्धिलाई बेकम्मा सावित गरौं । त्यसैमा बनेका सनातनी संस्कारहरूलाई तिलाञ्जली दिने ।पाँचौं सम्भावना हो– भाषिक प्रयोगशालामा नजाँची, पुख्र्यौली मूलमा नपुगी, शब्द र व्याकरण बदल्नेहरूलाई सजाय दिने । अथवा अरूलाई व्याकरणीय अपराध गर्‍यौ भन्ने म जस्ता रुढपन्थीहरूलाई सजाय दिने । निर्णय गर्ने अधिकार समयमा छाडें । संस्कृत वाङ्मयका ज्ञानका वकालतकर्ताहरूमा छाडें संस्कार र सनातनमा गर्व गर्नेहरूमा छाडें देवनागरी लिपिका प्रयोगकर्तामा छाडें । [७]

लिपिसम्पादन

देवनागरीमा १२ स्वर र ३४ व्यंजन छन् । शून्य या एक या अधिक व्यंजनहरू र एक स्वरको मेलबाट एक अक्षर बन्दछ।

स्वरसम्पादन

यी स्वर नेपालीका लागि दिइएकोछ । संस्कृतमा तिनको उच्चारण अलिकति अलग हुन्छ ।

वर्णाक्षर “प”को साथ मात्रा IPA उच्चारण "प्"को साथ उच्चारण IAST समतुल्य अङ्ग्रेजी समतुल्य हिन्दीमा वर्णन
/ʌ/ /pʌ/ a Near-Open back unrounded vowel: as the u in shut अर्धविवृत पश्व स्वर
पा /a/ /pa/ ā Open central unrounded vowel: as the a in father विवृत मध्य प्रसृत स्वर
पि /i/ /pi/ i Close front unrounded vowel: as i in machine संवृत अग्र प्रसृत स्वर
पी /i/ /pi/ ī Close front unrounded vowel: as i in machine संवृत अग्र प्रसृत स्वर
पु /u/ /pu/ u Close back rounded vowel: as oo in school संवृत पश्व वर्तुल स्वर
पू /u/ /pu/ ū Close back rounded vowel: as oo in tool संवृत पश्व वर्तुल स्वर
पे /e/ /pe/ e Close-mid front unrounded vowel: as a in game (not a diphthong) दीर्घ अर्धसंवृत अग्र प्रसृत स्वर
पै /ʌi̯/ /pʌi̯/ ai Diphthongs: similar to i in write अर्धविवृत पश्व स्वर - संवृत अग्र स्वर
पो /ο/ /pο/ o Close-mid back rounded vowel: as o in tone (not a diphthong) दीर्घ अर्धसंवृत पश्व वर्तुल स्वर
पौ /ʌu̯/ /pʌu̯/ au Diphthongs: similar to ou in about अर्धविवृत पश्व स्वर - संवृत पश्व स्वर

संस्कृतमा दुई स्वरहरूको युग्म हुन्छ र "अ-इ" या "आ-इ"झैं बोलिन्छ।यस्तै प्रकार "अ-उ" या "आ-उ" झैं बोलिन्छ ।

यसका अतिरिक्त नेपाली र संस्कृतमा निम्न वर्णाक्षर पनि स्वर मानिन्छन् :

  • ऋ -- आधुनिक हिन्दीमा "रि" झैं
  • ॠ -- केवल संस्कृतमा
  • ऌ -- केवल संस्कृतमा
  • ॡ -- केवल संस्कृतमा
  • अं—आधे न्, म्, ङ्, ञ्, ण् कोलागि या स्वरको नासिकीकरण गर्नकोलागि
  • अँ—स्वरको नासिकीकरण गर्नकोलागि
  • अः -- अघोष "ह्" (निःश्वास) कोलागि
  • लिपि

यो पनि हेर्नुहोस्सम्पादन

देवनागरी सङ्ख्या पद्धति

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named gazett
  2. Isaac Taylor (१८८३), History of the Alphabet: Aryan Alphabets, Part 2, Kegan Paul, Trench & Co, पृ: ३३३, आइएसबिएन 978-0-7661-5847-4 
  3. Salomon, Richard (१९९८), Indian epigraphy: a guide to the study of inscriptions in Sanskrit, Prakrit, and the other Indo-Aryan languages, South Asia research, Oxford: Oxford University Press, पृ: 39–41, आइएसबिएन 978-0-19-509984-3 
  4. Daniels, P.T. (जनवरी २००८), Writing systems of major and minor languages 
  5. Masica, Colin (१९९३), The Indo-Aryan languages, पृ: १४३। 
  6. क्रमविकासको तालिका, बङ्गालको एसियाली समाजको शोधपत्र संस्करण ७, १८३८ [१]
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ व्याकरणीय अपराध : मूलै सुक्छ कि ?

बाह्य कडीहरूसम्पादन