कालेबुङ

पश्चिम बङ्गालको एउटा सहर

कालेबुङ अथवा कालिम्पोङ भारतको पश्चिम बङ्गाल राज्यमा अवस्थित एउटा सहर र कालिम्पोङ जिल्लाको सदरमुकाम हो। यो १,२५० मिटर (४,१०१ फिट)को औसत उचाइमा अवस्थित छ।[४] यो क्षेत्र गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत पर्दछ जुन पश्चिम बङ्गाल राज्य भित्र एक स्वायत्त शासी निकाय हो।[४]

कालेबुङ
कालेबुङ नगरपालिका
कालेबुङ सहर
कालेबुङ सहर
कालेबुङ is located in पश्चिम बङ्गाल
कालेबुङ
कालेबुङ
कालेबुङ is located in भारत
कालेबुङ
कालेबुङ
निर्देशाङ्क: २७°३′३६″उ॰ ८८°२८′१२″पू॰ / २७.०६०००°N ८८.४७०००°E / 27.06000; 88.47000निर्देशाङ्कहरू: २७°३′३६″उ॰ ८८°२८′१२″पू॰ / २७.०६०००°N ८८.४७०००°E / 27.06000; 88.47000
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लाकालिम्पोङ जिल्ला
नामकरणकाले बुङ
सरकार
 • प्रकारनगरपालिका
 • अङ्गकालेबुङ नगरपालिका
 • अध्यक्षरवि प्रधान
क्षेत्रफल
 • जम्मा९.१६८ किमी (३.५४० वर्ग माइल)
उन्नतांश
१२४७ मिटर (४०९१ फिट)
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा४९४०३
 • घनत्व५४००/किमी (१४०००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकनेपाली , बङ्गालीहिन्दी[२][३]
 • अतिरिक्त अधिकारीअङ्ग्रेजी[२]
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक सूचकांक नम्बर
७३४ ३०१
क्षेत्रीय सङ्केत०३५५२

कालेबुङ आफ्नो शैक्षिक संस्थाहरूका लागि परिचित छ, जसमध्ये धेरै ब्रिटिस औपनिवेशिक कालमा स्थापना भएका थिएँ। कालेबुङ र छिमेकी दार्जिलिङ सन् १९८० को दशकमा र हालै सन् २०१० मा छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्ने प्रमुख केन्द्रहरू थिएँ। कालेबुङ १७०० ई. सम्म सिक्किमको एक भाग थियो। १८औँ शताब्दीको सुरुमा भुटानका राजाले यसमा कब्‍जा गरेका थिएँ। आंग्ल भुटान युद्ध पछि १८८५ ई. मा यसलाई दार्जिलिङमा मिलाईएको थियो।

यो नगरपालिका टिस्टा नदीको किनारमा अवस्थित छ र यसको समशीतोष्ण हावापानी, प्राकृतिक वातावरण र यस क्षेत्रका लोकप्रिय पर्यटक स्थलहरूको निकटताका कारण पर्यटकीय गन्तव्य हो। कालेबुङको लागि बागवानी महत्त्वपूर्ण छ: यसको फराकिलो सुनगाभा, नर्सरीहरू, जसले हिमालयी फूलका बल्बहरू, ट्युबरहरू र राइजोमहरू निर्यात गर्छन्, जसले कालेबुङको अर्थतन्त्रमा योगदान पुर्‍याउँ छ।

नामकरण सम्पादन गर्नुहोस्

कालेबुङ नामको सटीक उत्पत्ति अस्पष्ट रहन्छ। नामको उत्पत्तिमा धेरै सिद्धान्तहरू छन्। एउटा व्यापक रूपमा स्वीकृत सिद्धान्तले दावी गर्छ कि "कालेबुङ" नामको अर्थ "राजाका मन्त्रीहरूको सभा (वा भण्डारण)" तिब्बतीमा, कालोन ("राजाका मन्त्रीहरू") र पोङ्ग ("भण्डारण") बाट आएको हो।[५] अर्को सम्भावित व्युत्पत्तिले कौलिम (कलयुम) लाई सङ्केत गर्दछ, जसलाई स्थानीय रूपमा ओडल (उदाल) भनिन्छ वैज्ञानिक नाम ओदाने, यस क्षेत्रमा प्रशस्त मात्रामा पाइने रेशायुक्त बोट।[६]

इतिहास सम्पादन गर्नुहोस्

१९औँ शताब्दीको मध्य सम्म, कालेबुङ वरपरको क्षेत्र सिक्किमे र भुटानी राज्यहरूले क्रमशः शासन गरेका थिएँ।[७] कालेबुङ सन् १७०६ मा भुटानको नियन्त्रणमा आएको भनिएको छ। तर, इतिहासकारहरूका अनुसार ग्याल्पो अजोक र अन्य लेप्चा सरदारको पराजयपछि भुटानी अतिक्रमण त्यतिबेलासम्म करिब दुई दशकदेखि लागु भइसकेको थियो।[८]

सन् १८६४ मा ब्रिटिस-भुटान युद्ध पछि, सिन्चुला सन्धिमा हस्ताक्षर गरियो, जसमा टिस्टा नदीको पूर्व भुटानी-नियन्त्रित क्षेत्र ब्रिटिस ईस्ट इन्डिया कम्पनीलाई सुम्पिएको थियो।[९] यसलाई केही वर्षको लागि 'पश्चिमी डुआर्स' जिल्लाको रूपमा प्रशासित गरिएको थियो, र तीन तहसीलहरूमा विभाजन गरिएको थियो।[९] कालेबुङ दलिङकोट तहसीलमा पर्यो, जसमा संलग्न क्षेत्रको सबै पहाडी भागहरू थिएँ। सन् १८६७ मा, दलिङकोट तहसील दार्जिलिङ जिल्लामा विलय गरियो, र अन्ततः कालेबुङ उपविभागको नामकरण गरियो।[९]

सन् १९४७ मा भारतीय स्वतन्त्रता पछि, कालेबुङ पश्चिम बङ्गाल राज्यको हिस्सा बन्यो, बङ्गाल भारत र पूर्वी पाकिस्तान बीच विभाजित भएपछि। सन् १९५९ मा चीनले तिब्बतलाई गाभेपछि धेरै बौद्ध भिक्षुहरूले तिब्बतबाट भागेर कालेबुङमा मठहरू स्थापना गरे। यी भिक्षुहरूले धेरै दुर्लभ बौद्ध धर्मग्रन्थहरू आफूसँगै ल्याएका थिएँ। सन् १९६२ मा, चीन-भारत युद्ध पछि जेलेप पासको स्थायी बन्दले तिब्बत र भारत बीचको व्यापारमा बाधा पुर्‍यायो, र कालेबुङको अर्थतन्त्रमा मन्दी आयो।[१०]

सन् १९८६ र सन् १९८८ को बीचमा, जातीय आधारमा गोर्खाल्यान्ड र कामतापुर छुट्टै राज्यको माग बलियो भयो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चापश्चिम बङ्गाल सरकारबीच चालीस दिनको हडतालपछि दङ्गा चर्किएको छ।[११] सहर लगभग घेराबन्दीमा थियो, र राज्य सरकारले कानून र व्यवस्था कायम राख्न भारतीय सेनालाई बोलायो। यसले दार्जिलिङ गोर्खा हिल काउन्सिलको गठन गर्‍यो, एउटा निकाय जसलाई सिलगढी उपविभाग अन्तर्गतको क्षेत्र बाहेक दार्जिलिङ जिल्लामा शासन गर्ने अर्ध-स्वायत्त अधिकार दिइएको थियो।[११] सन् २००७ देखि, दार्जिलिङ पहाडहरूमा गोर्खा जनमुक्ति मोर्चा र यसका समर्थकहरूले छुट्टै गोर्खाल्यान्ड राज्यको मागलाई पुनरुत्थान गर्दै आएका छन्।[१२][११]

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

२०११ को भारतको जनगणनामा, कालेबुङ सहर क्षेत्रको जनसङ्ख्या ४२,९८८ थियो, जसमध्ये ५२% पुरुष र ४८% महिला थिएँ।[१३] २०११ को जनगणनामा, कालेबुङको औसत साक्षरता दर ७९% थियो, जुन राष्ट्रिय औसत ५९.५% भन्दा बढी थियो: पुरुष साक्षरता ८४% थियो, र महिला साक्षरता ७३% थियो।[१४] कालेबुङमा ८% जनसङ्ख्या ६ वर्ष मुनिका थिएँ। कालेबुङमा अनुसूचित जाति र अनुसूचित जनजातिको जनसङ्ख्या क्रमशः ५,१०० र ५,१२१ थियो।[१५]

संस्कृति सम्पादन गर्नुहोस्

कालेबुङका मूल बसोबास गर्नेहरू लेप्चाहरू हुन्, यद्यपि अधिकांश जनसङ्ख्या भारतीय गोर्खाहरू हुन्, तिब्बत र नेपालबाट कामको खोजीमा कालेबुङमा बसाइँ सरेका थिएँ जब यो ब्रिटिस शासनमा थियो।[१६] स्थानीय हिन्दु चाडहरूमा दशैं, तिहार, साकेला सांस्कृतिक कार्यक्रम र तिब्बती चाड ल्होसार पर्दछन्।[३] आधिकारिक भाषाहरू हिन्दी, बङ्गालीनेपाली हुन्, जसमा अङ्ग्रेजी अतिरिक्त आधिकारिक भाषाको रूपमा काम गर्दछ।[१७]

कालेबुङको लोकप्रिय खाजा भनेको मम: हो, छुर्पी, याक वा चौरी (याक र गाईवस्तुको हाइब्रिड) दूधबाट बनेको कडा चीज, कहिलेकाहीँ चपाइन्छ।[१८] कालेबुङमा सूपको रूपमा पाइने थुक्पा नामक चाउचाउ लोकप्रिय छ।[१९]

कालेबुङ् संगीत,कला,साहीत्यको पनि उबर्र भुमी हो जस्को उदाहरण हुन तुलसी घीमीरे,विपुल क्षेत्री,गाउँले भाइ,अनमोल गुरुङ अादि।

वनस्पति र जीवजन्तु सम्पादन गर्नुहोस्

उच्च उचाइमा पाइने वनहरू सल्लो रूखहरू र अन्य सदाबहार अल्पाइन वनस्पतिहरू मिलेर बनेका छन्।[२०] कालेबुङको पूर्व क्षेत्रमा सात प्रजातिका गुराँस पाइन्छ।[२०] कालेबुङ वरपर तीन सय प्रजातिका सुनगाभा पाइन्छ।[२१] हाब्रे, ध्वाँसे चितुवा, साइबेरियाली मलसाँप्रो, हिमाली कालो भालु, रतुवा, झारल, घोरल, गौरीगाईसालक कालेबुङ नजिकै पाइने जीवजन्तुहरू हुन्।[२२][२३][२४] यस क्षेत्रका चराहरूमा ह्युम कुखुरा, कोइली, गुलाफी रानीचरी, बुलबुल, लाटोकोसेरो, तितर, बुङ्गेचरा, फिस्टोगौँथलीहरू पर्छन्।[२५]

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Kalimpong Municipality", kalimpongdistrict.in, अन्तिम पहुँच २६ नोभेम्बर २०२० 
  2. २.० २.१ "Fact and Figures", www.wb.gov.in, अन्तिम पहुँच १० मार्च २०१९ 
  3. ३.० ३.१ "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", nclm.nic.in, Ministry of Minority Affairs, पृ: ८५, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मार्च २०१९ 
  4. ४.० ४.१ "Carved out of Darjeeling, Kalimpong a district today", Times of India, १४ फेब्रुअरी २०१७, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  5. "Kalimpong Etymology", Government of West Bengal, मूलबाट ५ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण ५ डिसेम्बर २००८ मिति
  6. "Kalimpong", NITPU Kolkata, West Bengal, मूलबाट ६ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २००८ मिति
  7. Gurung, Chanda; Gurung, Nawraj (२००६), "The Social and Gendered Nature of Ginger Production and Commercialization", in Ronnie Vernooy, Social and Gender Analysis in Natural Resource Management, International Development Research Centre (Canada), NetLibrary, Inc, पृ: 39–43, आइएसबिएन 1-55250-218-X 
  8. Ardussi, John (Winter २०२०), "Lepcha Chieftains of the 17th-18th centuries, based on Tibetan and Bhutanese Sources", Journal of Bhutan Studies 43: 9–10, आइएसएसएन 1608-411X 
  9. ९.० ९.१ ९.२ "History of Kalimpong", Darjeelingnews.net, Darjeeling News Service, मूलबाट ५ फेब्रुअरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २००७ 
  10. Banerjee, Partha S (१९ मे २००२), "A quiet hill retreat, far from the tourist crowd", Spectrum, The Tribune, The Tribune Trust, अन्तिम पहुँच १७ फेब्रुअरी २००७ 
  11. ११.० ११.१ ११.२ "Call for Gorkhaland renewed", Darjeeling Times, ७ अक्टोबर २००७, मूलबाट २२ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २००९  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २००८ मिति
  12. Press Trust of India (PTI) (२९ डिसेम्बर २००९), "Now, demand for a separate Kamtapur state in WBengal", The Times of India, मूलबाट १७ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०१३ मिति
  13. "Census of India: View population details", 2011 census of India, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  14. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट १६ जुन २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २००४ मिति
  15. "Kalimpong Municipality", Department of Municipal Affairs., Government of West Bengal, मूलबाट १८ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१५ मिति
  16. Ramakant; Ramesh Chandra Misra (१९९६), Bhutan: Society and Polity, Indus Publishing, पृ: ८०, आइएसबिएन 978-81-7387-044-6 
  17. "General Information", Tourism Department, Darjeeling Gorkha Hill Council, मूलबाट २० नोभेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २००८ 
  18. "Food", Outlook Traveller, Outlook, २००८, मूलबाट ४ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २००८  = Archive.today अभिलेखिकरण ४ जनवरी २०१३ मिति
  19. IFIS Dictionary of Food Science and Technology, John Wiley & Sons, २६ मे २००९, पृ: १४२, आइएसबिएन 978-0-86014-186-0, अन्तिम पहुँच १३ डिसेम्बर २०१२ 
  20. २०.० २०.१ "Geography of the land", Department of Tourism, Government of West Bengal, मूलबाट ९ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण ९ नोभेम्बर २००९ मिति
  21. "The road to Kalimpong", Business Line, २८ अक्टोबर २००२, अन्तिम पहुँच ३० डिसेम्बर २००८ 
  22. N.C. Bahuguna; J. K. Mallick, "Ungulates of West Bengal and its adjoining areas including Sikkim, Bhutan and Bangladesh", Government of West Bengal, अन्तिम पहुँच ३० डिसेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०११ मिति
  23. N.C. Bahuguna; J. K. Mallick, "Ungulates of West Bengal and its adjoining areas including Sikkim, Bhutan and Bangladesh", Government of West Bengal, अन्तिम पहुँच ३० डिसेम्बर २००८  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०११ मिति
  24. Christopher Servheen; Stephen Herrero; Bernard Peyton; Kristy Pelletier (१९९९), Bears: Status Survey and Conservation Action Plan, IUCN/SSC Polar Bear Specialist Group, Kana Moll, Joseph Moll, Species Survival Commission of the International Union for Conservation of Nature and Natural Resources, पृ: २०५, आइएसबिएन 978-2-8317-0462-3 
  25. "Avibase - Bird Checklists of the World: Lava (and Upper Neora Valley)", Avibase, अन्तिम पहुँच १० डिसेम्बर २०१२