खरसाङ
खरसाङ भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा रहेको एउटा नगरपालिका हो। यो खरसाङ उपविभागको सदरमुकाम हो। खरसाङ दार्जिलिङ देखि ३२ किलोमिटर (२० माइल) टाढा छ र यो सहर सिलिगुडी देखि ३४ किलोमिटर (२१ माइल) टाढा छ।
खरसाङ | |
---|---|
निर्देशाङ्क: २६°५२′४०″उ॰ ८८°१६′३८″पू॰ / २६.८७७७८°N ८८.२७७२२°Eनिर्देशाङ्कहरू: २६°५२′४०″उ॰ ८८°१६′३८″पू॰ / २६.८७७७८°N ८८.२७७२२°E | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
जिल्ला | दार्जिलिङ |
सरकार | |
• प्रकार | नगरपालिका |
• अङ्ग | खरसाङ नगरपालिका |
क्षेत्रफल | |
• जम्मा | ७.५० किमी२ (२.९० वर्ग माइल) |
उन्नतांश | १५०० मिटर (४९०० फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ४२४४६[१] |
भाषाहरू | |
• आधिकारिक | नेपाली[३] |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
नामकरण
सम्पादन गर्नुहोस्खरसाङको नामको उत्पत्ति अस्पष्ट छ; कथाहरूले सुझाव दिन्छ कि यो लेप्चा भाषाको शब्द कर्सन-रिप (सानो सुनगाभा) बाट आएको हो किनभने यस उपत्यकाभरि सेता सुनगाभाहरू (चाँदीगाभा) फूल्छन। यसको अर्को अर्थ एक प्रकार को लौरोको नामबाट पनि हुनसक्ने अनुमान लगाइएको छ।[४]
इतिहास
सम्पादन गर्नुहोस्खरसाङको मूल बासिन्दाहरू लेप्चाहरू थिए, जसले आफ्नो घरको नाम "कर्सियाङ" राखेका थिए, किनभने हरेक वसन्तमा यस ठाउँमा कर्सन-रिप सुनगाभाहरू फूल्ने गर्थे। सुदूर विगतमा, अङ्ग्रेजहरू भारतमा आउनुभन्दा अघि पनि खरसाङ सिक्किम राज्यको हिस्सा थियो। यद्यपि, लगभग १७८० मा नेपाल अधिराज्यले खरसाङ र यसको वरपरका क्षेत्रहरूलाई कब्जा गर्यो। त्यसपछि गोर्खा युद्ध आयो, जसमा नेपालीले पराजित भए। १८१७ को टाइटलिया सन्धिले खरसाङलाई सिक्किममा पुनर्स्थापित गर्यो।[५]
जनसाङ्ख्यिकी
सम्पादन गर्नुहोस्सन् २०११ २०११ मा खरसाङ नगरपालिकाको जनसङ्ख्या ४२,४४६ थियो। खरसाङ ब्लक मा ग्रामीण क्षेत्रको जनसङ्ख्या ९४,३४७ थियो।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "District Census Handbook, Darjiling", Directorate of Census Operations, West Bengal, २०११, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१५।
- ↑ "Kurseong City", अन्तिम पहुँच २६ नोभेम्बर २०२०।
- ↑ "Report of the Commissioner for Linguistic Minorities in India: 50th report (delivered to the Lokh Sabha in 2014)", National Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: ९५, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१५, "The Official Language of the State is Bengali. Nepali has also been declared as Official Languages in Darjeeling and Kurseong" वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
- ↑ SNS (२०१७-०८-२१), "Bask in the Land of White Orchids", The Statesman (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-१६।
- ↑ "History", kurseongmunicipality.org, अन्तिम पहुँच २०२३-०७-१६।