विश्व भाषा

अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषा

विश्व भाषाले अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषालाई बुझाउँछ । कुनै पनि भाषाको वक्ताको सङ्ख्यासँगै सो भाषाको भौगोलिक वितरण र अन्तर्राष्ट्रिय सङ्गठन तथा कूटनीतिमा पाएको मान्यताले पनि विश्व भाषाको मान्यता प्रदान गरिन्छ ।[१][२]

विश्वव्यापी रूपमा १ अर्ब भन्दा बढी वक्ता भएको अङ्ग्रेजी अहिलेको विश्व भाषा हुन पुगेको छ ।[३] फ्रान्सेलीलाई पनि यस कारण विश्व भाषाको दर्जा दिइएको छ । स्पेनी, अरबी, हिन्दुस्तानी (हिन्दी-उर्दु), मन्दारिन चिनियाँ, रुसीपुर्तुगालीलाई पनि विश्व भाषाको दर्जा दिन सकिन्छ ।

प्राचीन कालमा आरामाइक, प्राचीन युनानी, रोमन, शास्त्रीय चिनियाँ, फारसी, संस्कृत, र शास्त्रीय अरबीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गर्ने हुनाले तिनीहरूलाई प्राचीन विश्व भाषा मानिन्छ ।

विस्तृत अवलोकन सम्पादन गर्नुहोस्

एसियाली भाषाहरू सम्पादन गर्नुहोस्

अरबी सम्पादन गर्नुहोस्

मध्यकालीन समयमा इस्लामको प्रवर्धनको क्रममा मध्य पूर्वउत्तर अफ्रिकाको अरबीकरण भएको हुनाले अरबी भाषाले ख्याती प्राप्त गर्‍यो । अरब देशहरू बाहिर रहेका मुसलमान समुदायमा पनि अरबीलाई धार्मिक भाषाको रूपमा प्रयोग गरिन्छ ।

चिनियाँ सम्पादन गर्नुहोस्

प्राचीन कालमा पूर्वी एसियामा सम्पर्क भाषाको रूपमा प्रयोग गरिने शास्त्रीय चिनियाँलाई मानक चिनियाँले प्रतिस्थापन गरेको छ । चीनमा जन्मेका तथा चीन बाहिर जन्मेका चीन मूल निवासीको बीचमा कडीको काम गर्ने मानक चिनियाँ अन्तर्राष्ट्रिय स्तरमा द्वितीय भाषाको रूपमा सिकाइन्छ ।

भारतीय भाषाहरू सम्पादन गर्नुहोस्

हिन्दुस्तानी (हिन्दी-उर्दू), बङ्गालीतमिल बाहेक भारतमा बोलिने अन्य भाषाहरू बोल्ने व्यक्तिहरूको सङ्ख्या भारतको जनसङ्ख्याले गर्दा अन्य बहुकेन्द्रीय तथा विश्व भाषाका वक्ताको सङ्ख्याको दायरामा पर्छ । मुख्यतः दक्षिण भारतमा बोलिने तमिलले श्रीलङ्कासिङ्गापुरमा आधिकारिक भाषा, दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक भाषा र मलेसियामा शैक्षिक भाषाको मान्यता पाएको छ ।[४][५] मौरिससको मुद्रामा पनि तमिल भाषाको प्रयोग गरिएको छ ।[६] क्यानडेली सरकारले जनवरी महिनालाई तमिल परम्परा महिना घोषणा गरेको छ ।[७] विश्वव्यापी स्तरमा २३ करोड भन्दा बढी व्यक्तिले बोल्ने बङ्गाली विश्वमा सबैभन्दा बढी बोलिने भाषाहरू मध्ये पाँचौँ[८] वा छैटौँ[९] स्थानमा पर्छ । आफ्नो साहित्यको लागि चिनिने बङ्गालीलाई मातृभाषीहरूको सङ्ख्या फ्रान्सेली मातृभाषीहरूको सङ्ख्याभन्दा बढी छ ।

युरोपेली भाषाहरू सम्पादन गर्नुहोस्

अङ्ग्रेजी सम्पादन गर्नुहोस्

३७ करोड मातृभाषी भएको अङ्ग्रेजीको थप ६१ करोड द्वितीय भाषी भएको अनुमान गरिएको छ[३][१०] जसमध्ये २० करोडदेखि ३५ करोड वक्ताहरू चीनमा बस्छन् ।[११] अनुसन्धान तथा खोज पत्रमा पनि अङ्ग्रेजीको प्रयोग गर्ने चलन चल्तीमा आएको छ । हालसालको अनुसन्धानले फ्रान्समा आयोजना हुने अध्ययन अनुसन्धानमा फ्रान्सेलीको सट्टा अङ्ग्रेजीको प्रयोगको सुरुवात भएको छ ।[१२] अङ्ग्रेजी इन्टरनेटमा सबैभन्दा बढी प्रयोग गरिने भाषा हो । सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५४% अङ्ग्रेजीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २५.५% लाई अङ्ग्रेजी बोल्न आउँछ ।[१३][१४]

फ्रान्सेली सम्पादन गर्नुहोस्

उन्नाइसौँ र बीसौँ शताब्दीमा फ्रान्सेलीलाई सूचना प्रवाह र कूटनीतिक सेवामा प्रयोग गरिन्थ्यो । युरोपको रुस, रोमेनिया, बुल्गेरियाग्रिस तथा मध्य पूर्व र उत्तर अफ्रिकाको सिरिया, इजिप्ट, अटोमन साम्राज्यइरानका उच्च वर्गका व्यक्तिले आफ्नो स्तरको चिनारीको रूपमा फ्रान्सेली भाषाको प्रयोग गर्थे । भारत, चिन, अर्जेन्टिना, ब्राजिल, चिलीउरुग्वेमा पनि फ्रान्सेलीलाई प्रमुख भाषाको दर्जा दिइन्थ्यो । यद्यपि, दोस्रो विश्व युद्धपछि उच्च स्तरको चिनारीको रूपमा प्रयोग गरिने फ्रान्सेलीलाई अङ्ग्रेजीले प्रतिस्थापन गर्‍यो । अझै पनि फ्रान्सेलीलाई लेबनान, ट्युनिसिया, अल्जेरियामोरक्कोमा द्वितीय भाषा तथा क्यानडा, स्विट्जरल्यान्डबेल्जियममा सह-आधिकारिक भाषाको मान्यता दिइएको छ । यसका साथै फ्रान्सेलीलाई संयुक्त राष्ट्र सङ्घ, उत्तर एट्लान्टिक सन्धि सङ्गठन, युरोपेली सङ्घउक्त अमेरिकी स्वतन्त्र व्यापार सम्झौता लगायत अन्य अन्तर्राष्ट्रिय सङ्गठनमा आधिकारिक भाषाको रूपमा प्रयोग गरिन्छ । फ्रान्सेली युरोपेली न्याय अदालतको प्रमुख कामकाजी भाषा हो । उच्च भाषिक प्रतिष्ठा भएको मानिने फ्रान्सेलीलाई वर्तमानमा पनि कूटनीति र अन्तर्राष्ट्रिय वाणिज्यमा प्रयोग गरिन्छ । यसका साथै यसलाई टन्नै मान्छेहरूले द्वितीय भाषाको रूपमा प्रयोग गर्छन् ।[१५]

जर्मनेली सम्पादन गर्नुहोस्

विभिन्न भाषिका भए पनि जर्मनेलीलाई कयौँ शताब्दीसम्म पवित्र रोमन साम्राज्य, पूर्वी प्रसा राज्य, अस्ट्रेलियाली-हङ्गेरियाली साम्राज्य, बाल्टिक राज्यट्रान्जलभेनियामा सम्पर्क भाषाको रूपमा प्रयोग गरिन्थ्यो । मध्य र पूर्वी युरोप तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा पनि जर्मनेली भाषालाई महत्त्वपूर्ण मानिन्छ । युरोपेली सङ्घमा अङ्ग्रेजी र फ्रान्सेलीका साथमा जर्मनेलीलाई आधिकारिक भाषाको मान्यता दिइएको छ ।[१६] सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५.८% जर्मनेलीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २.१% लाई जर्मनेली बोल्न आउँछ ।[१३][१४]

रुसी सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्र सङ्घअन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आधिकारिक भाषाको रूपमा प्रयोग गरिने रुसी युरोपको सबैभन्दा बढी बोलिने मातृभाषायुरेसियामा सबैभन्दा बढी फैलिएको भाषा हो ।[१७] सन् २०१९ को सर्वेक्षण अनुसार विश्वका सर्वोत्कृष्ट १ करोड वेबसाइटहरू मध्ये ५.९% रुसीमा छन् भने इन्टरनेट प्रयोगकर्ताहरू मध्ये २.५% लाई रुसी बोल्न आउँछ ।[१३][१४]

रुसी साम्राज्यसोभियत सङ्घमा प्रमुख भाषा मानिने रुसीको शिक्षा पूर्वी गुट राष्ट्रमा अनिवार्य बनाइएको थियो । यद्यपि, सोभियत सङ्घको विघटन पछि यसको शिक्षा कम भई सन् २०१३ को तथ्याङ्क अनुसार रुसी भाषीको सङ्ख्या १० करोडले घटेको थियो ।[१८][१९][२०] ककेसस, मध्य एसिया, पूर्वी युरोपबाल्टिक राज्यमा भने अझै पनि रुसी प्रख्यात छ ।

स्पेनी सम्पादन गर्नुहोस्

स्पेनी चिनियाँ पछि सबैभन्दा बढी बोलिने मातृभाषा हो । मध्यकालमा स्पेनी साम्राज्यमा प्रयोग गरिने स्पेनी वर्तमानमा स्पेनब्राजिल, फ्रेन्च गायानाहाइटी बाहेकका ल्याटिन अमेरिकी देशहरूमा प्रयोग गरिन्छ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामेक्सिकोको सिमानामा पर्ने अमेरिकी राज्यहरूमा पनि स्पेनी बोलिन्छ । सन् २०११ को तथ्याङ्क अनुसार कुल अमेरिकी जनसङ्ख्याको १३% व्यक्तिहरू स्पेनी बोल्नमा प्रवीण थिए ।[२१] सन् २०१६ भित्र स्पेनी अमेरिकी माध्यमिक तथा उच्च तहका विद्यालयमा सिकाइने प्रमुख विदेशी भाषा बन्यो ।[२२] स्पेनीलाई संयुक्त राष्ट्र सङ्घमा आधिकारिक भाषाको मान्यता दिइएको छ । सन् २०१९ को तथ्याङ्क अनुसार भाषाको आधारमा इन्टरनेट प्रयोगकर्ताको विभाजन गर्दा स्पेनी (७.९%) अङ्ग्रेजी (२५.२%) र चिनियाँ (१९.३%) पछि परी तेस्रो स्थानमा परेको थियो ।[१४]

इतिहास सम्पादन गर्नुहोस्

प्राचीन कालमा सम्पर्क भाषाका रूपमा प्रयोग गरिने भाषाहरूको सूचीमा प्राचीन मिश्रमा बोलिने मिश्री; मेसोपोटामियाइराकको इतिहासमा बोलिने सुमेरियन, अक्कादीआरामाईक; युनानमा बोलिने प्राचीन युनानी जसबाट अलेक्जेन्डर द ग्रेटद्वारा जितिएको म्यासेडोनियाबाइजेन्टाइन साम्राज्यमा बोलिने कोइनी युनानीको विकास भयो; रोमन साम्राज्यमा बोलिने र अहिले रोमन क्याथोलिक चर्चको प्रमुख सांस्कृतिक भाषा मानिने ल्याटिन; चीनको इतिहासमा पूर्वी एसियामा बोलिने शास्त्रीय चिनियाँ; फारसी साम्राज्यमा बोलिने फारसी जुन अरबी पछि इस्लामी संसारको दोस्रो प्रमुख सम्पर्क भाषा थियो;[२३] दक्षिण एसिया, दक्षिण पूर्वी एसियामध्य एसियामा बोलिने संस्कृत पर्छन् । रोमान्स भाषाहरूले ल्याटिन रोमन साम्राज्यको सम्पर्क भाषा भएको पुष्टि गर्छ । उदाहरणका लागि इटालियन भाषा भूमध्य सागरीय क्षेत्रमा पहिले देखि नै महत्त्वपूर्ण थियो र वर्तमानमा क्याथोलिक चर्च, ओपेरा र फेसन उद्योगमा सबैभन्दा बढी प्रयोग गरिने भाषा भएको छ । अटोमन साम्राज्यमा, त्यसैगरी, तुर्की भाषाहरू बोलिन्थे । हेलेनिस्टिक कालमा कोइनी युनानीलाई विश्व भाषाको दर्जा दिइएको थियो । यद्यपि, आधुनिक युनानीमा स्लाभिक, अरबीतुर्कीको प्रभाव परेको हुनाले यसले प्राचीन युनानको प्रतिनिधित्व गर्दैन । अरबी र तुर्की भाषाहरूको प्रवर्धनको श्रेय चाहिँ खिलाफतप्रथम तुर्की खानतलाई दिइन्छ ।

भाषिक साम्राज्यवादले गर्दा विश्व भाषा बनेका भाषाहरूले कडा राजनीतिक प्रभाव पर्ने क्षमता राख्छन् । सोभियत साहित्यमा रुसीलाई "अन्तरराष्ट्रियताको विश्व भाषा" घोषणा गर्नका साथै फ्रान्सेलीको "फेन्सी कुरियरको भाषा" र अङ्ग्रेजीको "व्यापारीहरूको शब्दपत्र" भनिने चलन पनि हट्यो ।[२४] कयौँ अन्तर्राष्ट्रिय सहायक भाषाको बीचमा एस्पेरान्तो सबैभन्दा प्रचलित भए पनि कुनै पनि भाषालाई विश्व भाषाको सङ्ख्यामा बोल्ने र सिक्ने गरिँदैन । धेरै प्राकृतिक भाषालाई विश्वव्यापी स्तरमा सम्पर्क भाषा बनाउने प्रस्ताव राखिएका छन् ।[२४]

जीवित विश्व भाषाहरू सम्पादन गर्नुहोस्

केही स्रोत[२५][२६] कुनै पनि विश्व भाषालाई जीवित विश्व भाषाको स्तर दिन निम्न सर्तहरू पूरा हुनुपर्छ:

  • सो भाषाको अधिक सङ्ख्यामा वक्ताहरू हुनुपर्छ ।
  • सो भाषालाई सम्पर्क भाषाको दर्जा दिइएको हुनुपर्छ ।
  • सो भाषालाई धेरै मुलुकमा आधिकारिक भाषाको मान्यता दिइएको हुनुपर्छ ।
  • सो भाषा विश्वका विभिन्न स्थानमा बोलिने हुनुपर्छ ।
  • सो भाषाको प्रयोग एक भन्दा बढी जातीय समूहले गर्ने हुनुपर्छ ।
  • सो भाषालाई औपचारिक रूपमा विदेशी भाषाको रूपमा पढाइने हुनुपर्छ ।
  • सो भाषाको प्रयोग गर्दा भाषिक प्रतिष्ठा झल्किने हुनुपर्छ ।
  • सो भाषा वैदेशिक व्यापारमा प्रयोग गरिने हुनुपर्छ ।
  • सो भाषा अन्तर्राष्ट्रिय सङ्गठनमा प्रयोग गरिने हुनुपर्छ ।
  • सो भाषा शैक्षिक समुदायमा प्रयोग गरिने हुनुपर्छ ।
  • सो भाषामा निश्चित सङ्ख्यामा साहित्य रचना भएको हुनुपर्छ ।

विश्वमा महत्त्वपूर्ण भाषा मानिने जापानीको १० करोड भन्दा बढी वक्ता भए पनि उपर्योक्त मापदण्डको आधारमा त्यसलाई विश्व भाषा मान्न सकिँदैन ।[२७] जातीय, संस्कृतिक र भाषिक दृष्टिकोणले जापान सजातीय छ । त्यहाँको भाषालाई कहिले पनि सम्पर्क भाषाको दर्जा दिइएको छैन । सन् १९८० तिर अन्तर्राष्ट्रिय चासोका कारण विश्वव्यापी स्तरमा विभिन्न विश्वविद्यालय, माध्यमिक विद्यालय र प्राथमिक विद्यालयमा समेत जापानी सिकाइए पनि यसले सीमित क्षेत्रमा मात्रै प्रभाव परेको छ ।[२८]

विश्व भाषाको दर्जा दिइएका भाषाहरू निम्न तालिकामा प्रस्तुत छन्:[१][२९][३०]

स्रोत: एथ्नोलग[३१]
भाषा परिवार शाखा मातृभाषी द्वितीय भाषी कुल वक्ता आधिकारिक वितरण स्थिति वितरणको नक्सा
अङ्ग्रेजी भारोपेली जर्मेनिक ३६ करोड ९७ लाख ८९ करोड ८४ लाख १ अर्ब २६ करोड ८० लाख[३] अङ्ग्रेजी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  
फ्रान्सेली भारोपेली रोमान्स ७ करोड ७३ लाख १९ करोड ९३ लाख २७ करोड ६६ लाख[३२] फ्रान्सेली आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  

केही स्रोतबाट विश्व भाषाको भने अन्य स्रोतबाट बहुकेन्द्रीय भाषाको मान्यता पाएका भाषाहरू निम्न छन्:[२]

स्रोत: एथ्नोलग[३१]
भाषा परिवार शाखा मातृभाषी द्वितीय भाषी कुल वक्ता आधिकारिक वितरण स्थिति वितरणको नक्सा
स्पेनी भारोपेली रोमान्स ४६ करोड ३० लाख ७ करोड ४९ लाख ५३ करोड ७९ लाख[३३] स्पेनी आधिकारिक भाषा हुने देशहरू  
चिनियाँ चिनियाँ-तिब्बती चिनियाँ १ अर्ब ३२ करोड ४० लाख[३४] चिनियाँ आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  
अरबी सामी-हामी सामी ३३ करोड ५२ लाख[३५] अरबी आधिकारिक भाषा हुने देशहरू  
पोर्चुगिज भारोपेली रोमान्स २२ करोड ७९ लाख २ करोड ४२ लाख २५ करोड २२ लाख[३६] पोर्चुगिज आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  
हिन्दुस्तानी (हिन्दी, उर्दू) भारोपेली हिन्द ५९ करोड ६० लाख [(हिन्दी) ५२ करोड ८३ लाख + (उर्दू) ६ करोड ८२ लाख][३७] २४ करोड [(हिन्दी) १३ करोड ९२ लाख + (उर्दू) १० करोड १० लाख][३८][३७][३९] ८३ करोड ७० लाख (सन् २०२०)[४०] हिन्दुस्तानी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू
खाडी मुलुकमा पनि बोलिने र बुझिने
 
रुसी भारोपेली स्लाभिक १५ करोड ३६ लाख १० करोड ४३ लाख २५ करोड ८० लाख[४१] रुसी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  
जर्मनेली भारोपेली जर्मेनिक मानक: ७ करोड ५५ लाख[क] मानक: ५ करोड ६१ लाख[क] मानक: १३ करोड १६ लाख[क] जर्मनेली आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू  

अन्य बहुकेन्द्रीय भाषाहरू सम्पादन गर्नुहोस्

विश्व भाषाको दर्जा नपाए पनि धेरै ठाउँमा बोलिने भाषाहरू निम्न छन्:

भाषा मातृभाषी[३१] कुल वक्ता आधिकारिक वितरण स्थिति वितरणको नक्सा
डचअफ्रिकी २.९ करोड[४३][४४] ३ करोड[४३][४४] डच र अफ्रिकी आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू
 
बङ्गाली २४.३ करोड २६.२ करोड[४५] भारत (पश्चिम बङ्गाल, त्रिपुराआसाम) र बङ्गलादेशमा आधिकारिक भाषा
 
मलेइन्डोनेशियाई ३.९ करोड २१.८ करोड[४६][४७] मले आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू
 
स्वाहिली १.६ करोड ९.८ करोड[४८][४९][५०] तान्जनिया, केन्या, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, रुवान्डा, युगान्डा, अफ्रिकी सङ्घपूर्वीय अफ्रिकी समुदायमा आधिकारिक भाषा
 
फारसी ५.८[५१] देखि ६ करोड[५२] ६.१[५१][५३] to देखि ११ करोड[५२] अफगानिस्तानमा दारीको रूपमा, ताजकिस्तानमा ताजिकको रूपमा र इरानमा आधिकारिक भाषा
 
तुर्केली ७.४ करोड ७.९ करोड[५४] १० करोड[५५][५६] टर्की, साइप्रसउत्तरी साइप्रसमा आधिकारिक भाषा तथा बोस्निया र हर्जगोभिना, उत्तर म्यासेडोनिया, रोमानिया, इराक, युनानकोसोभोमा मान्यता दिइएको अल्पसङ्ख्यक भाषा
 
इटालियन ६.५ करोड ६.८[५७]देखि ८.५ करोड[५८] इटाली, स्विट्जरल्यान्ड, सान मारिनो, माल्टाभ्याटिकन सिटीमा आधिकारिक भाषा
 
तमिल ६.८ करोड ७.५ करोड[५९] तमिल आधिकारिक भाषा हुने क्षेत्रीय एकाइहरू
 

टिप्पणी सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ एथ्नोलगमा जर्मनेलीको मानक स्वरूपलाई मात्रै सूचिकृत गर्दछ जसले गर्दा स्विस जर्मनेली र अन्य प्रकार तथा भाषिकाहरू समावेश भएका छैनन् ।[४२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ Fischer Weltalmanach [फिशर वेल्टाल्मनाक], एस. फिसर भर्ल्याग, मूलबाट सेप्टेम्बर ४, २००९-मा सङ्ग्रहित। 
  2. २.० २.१ बेकार, कोलिन; जोन्स, सिल्भिया प्रिस (सन् १९९८), Encyclopedia of Bilingualism and Bilingual Education [द्विभाषिकता र द्विभाषी शिक्षाको विश्वकोश] (अङ्ग्रेजीमा), मल्टिलिङ्ग्वल म्याटर्स, आइएसबिएन 9781853593628 
  3. ३.० ३.१ ३.२ "English" [अङ्ग्रेजी], एथ्नोलग 
  4. "Constitution of the Republic of South Africa, 1996 - Chapter 1: Founding Provisions | South African Government" [दक्षिण अफ्रिका गणतन्त्रको संविधान, सन् १९९६ - भाग १: प्रारम्भिक प्रावधान, धारा १२४: दक्षिण अफ्रिकी सरकार], दक्षिण अफ्रिका गणतन्त्र 
  5. "National Identity and Minority Languages | UN Chronicle" [राष्ट्रिय पहिचान र अल्पसङ्ख्यक भाषाहरू #१२४; यूएन क्रोनिकल], यूएन क्रोनिकल  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-३० मिति
  6. "A Brief History of the Tamils of Mauritius (M. Sangeelee)" [मौरिशसका तमिलहरूको छोटो इतिहास], तमिलेली पुस्तकालय 
  7. हेरिटेज, कनेडियन (जनवरी ३, २०१९), "Statement by Minister Rodriguez on Tamil Heritage Month" [तमिल परम्परा महिनामा मन्न्री रड्रिगेजको भनाइ], जिसिएनडब्लूएस 
  8. "Summary by country" [देशको आधारमा सारांश], एथ्नोलग, अन्तिम पहुँच सेप्टेम्बर २२, २०१८ 
  9. "Languages Spoken by More Than 10 Million People" [१ करोड भन्दा बढी मानिसहरूद्वारा बोलिने भाषाहरू], माइक्रोसफ्ट इन्कार्टा २००६, मूलबाट जनवरी ९, २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०३-०४ मिति
  10. क्रिस्टल, डेभिड (सन् २००६), "९ - विश्वव्यापी स्तरमा अङ्ग्रेजी", in हग, रिचार्ड; डेनिसन, डेभिड, A History of the English Language [अङ्ग्रेजी भाषाको इतिहास], केम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ४२०–४३९। 
  11. Wei, रिनिङ; जिन्झी सू (सन् २०१२), "The statistics of English in China" [चीनमा अङ्ग्रेजीको तथ्याङ्क], इङ्ग्लिश टूडे २८ (३): १०–१४, डिओआई:10.1017/s0266078412000235 
  12. हेरन, फ्रान्स्वा (जुन २०१३), "No English please! Survey on the languages used for research and teaching in France" [अङ्ग्रेजीको प्रयोग नगरौँ ! फ्रान्समा अध्ययन अनुसन्धानमा प्रयोग हुने भाषाहरू], पोपुलेसों ए सोसिएती (501)। 
  13. १३.० १३.१ १३.२ "Usage Statistics of Content Languages for Websites" [वेबसाइटका सामग्री भाषाहरूको प्रयोग तथ्याङ्क], डब्लू ३ टेक्स, अन्तिम पहुँच जुलाई १४, २०१९ 
  14. १४.० १४.१ १४.२ १४.३ "Number of Internet Users by Language" [भाषा अनुसार इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या], इन्टरनेट वर्ल्ड स्ट्याट्स, अन्तिम पहुँच जुलाई १४, २०१९ 
  15. "Official Languages" [आधिकारिक भाषाहरू], संयुक्त राष्ट्र सङ्घ, अन्तिम पहुँच अक्टोबर २९, २०१६ 
  16. "European Commission - Press releases - Frequently asked questions on languages in Europe" [युरोपेली आयोग - प्रेस विज्ञप्ति - युरोपमा प्रयोग गरिने भाषाका बारेमा प्रायः सोधिने प्रश्नहरू], युरोपा, अन्तिम पहुँच मार्च ११, २०१७ 
  17. "Russian: Eurasia's Most Geographically Widespread Language" [रुसी: युरेसियाको सबैभन्दा बढी फैलिएको भाषा], डे ट्रान्सलेशन्स ब्लग, अगस्ट ४, २०१४। 
  18. ब्ल्याङ्क, स्टिभन (जनवरी ९, २०१५), "Russia's Waning Soft Power in Central Asia" [मध्य एसियामा रुसको घट्दो शक्ति], द डिप्लोम्याट 
  19. "Kyrgyzstan's Russian-Language Teaching Getting Squeezed Out" [किर्गिस्तानमा रुसी भाषाको शिक्षा अब वैकल्पिक], युरेसिया नेट, डिसेम्बर १५, २०१४। 
  20. ब्रुक, जेम्स (अक्टोबर १७, २०१२), "English Replaces Russian as Top Foreign Language of Study in Ex-Soviet Georgia" [भूतपूर्व सोभियत सदस्य जोर्जियामा सबैभन्दा बढी सिकिने द्वितीय भाषाको स्थानबाट रुसको अङ्ग्रेजीद्वारा प्रतिस्थापन], भिओए न्यूज 
  21. संयुक्त राज्यमा भाषाको प्रयोग: सन् २०११ (तालिका ३, पृ: ९). सेन्सस डट गभ.
  22. गोल्डबर्ग, डेभिड; लूनी, डेनिस; लुसिन, नटालिया (फेब्रुअरी २०१९), Enrollments in Languages Other Than English in United States Institutions of Higher Education, Summer 2016 and Fall 2016: Preliminary Report [अमेरिकी माध्यमिक विद्यालयमा गैर-अङ्ग्रेजी भाषाका लागि दर्ता, सन् २०१६ को वसन्त र शिशिर: प्रारम्भिक रिपोर्ट], मोडर्न ल्याङ्ग्वेज असोसिएसन अफ अमेरिका, अन्तिम पहुँच मार्च ४, २०१९ 
  23. नासर, सेय्येद हुसैन (सन् २००३), Islam: Religion, History, and Civilization [इस्लाम: धर्म, इतिहास र सभ्यता], हार्पर कलिन्स। 
  24. २४.० २४.१ पेई, पृ: १०५ ।
  25. "What Is a World Language? (with pictures)" [विश्व भाषा भनेको के हो ? (तस्वीरका साथ)], वाइज गीक 
  26. वाल्र्याफ, बार्बरा, "What Global Language?" [के विश्व भाषा ?] 
  27. "यी विश्वका सबैभन्दा महत्त्वपूर्ण भाषाहरू हुन्", विश्व आर्थिक मञ्च 
  28. सिएफ, पेई, पृ: १५
  29. एम्मन, अल्रिच (सन् १९८९), Status and Function of Languages and Language Varieties [भाषा र भाषिकाका स्थिति र प्रकार्य], डब्लू. डि ग्राइटर, आइएसबिएन 9780899253565 
  30. मज्रुई, अलि अल अमिन (सन् १९७६), A World Federation of Cultures: An African Perspective [संस्कृतिहरूको विश्व सङ्घ: एक अफ्रिकी परिप्रेक्ष्य], फ्री प्रेस। 
  31. ३१.० ३१.१ ३१.२ "Summary by language size" [भाषा वितरणको सारांश] 
  32. "French" [फ्रान्सेली], एथ्नोलग 
  33. "Spanish" [स्पेनी], एथ्नोलग 
  34. "Chinese" [चिनियाँ], एथ्नोलग 
  35. "Arabic" [अरबी], एथ्नोलग 
  36. "Portuguese" [पोर्चुगिज], एथ्नोलग 
  37. ३७.० ३७.१ भारत सरकार, गृह मन्त्रालय, "C-17 Population By Bilingualism And Trilingualism" [द्विभाषिकता र त्रिभाषिकताको आधारमा भारतको जनसङ्ख्या], मूलबाट नोभेम्बर १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१९ 
  38. "Indiaspeak: English is our 2nd language – Times of India" [इन्डियास्पीक: अङ्ग्रेजी हाम्रो द्वितीय भाषा हो - टाइम्स अफ इन्डिया] 
  39. "Urdu" [उर्दू], एथ्नोलग 
  40. https://blog.busuu.com/most-spoken-languages-in-the-world/
  41. "Russian" [रुसी], एथ्नोलग 
  42. "German, Standard" [जर्मनेली, मानक], एथ्नोलग 
  43. ४३.० ४३.१ "Dutch" [डच], एथ्नोलग 
  44. ४४.० ४४.१ "Afrikaans" [अफ्रिकी], एथ्नोलग 
  45. "Bengali" [बङ्गाली] 
  46. "Malay" [मले] 
  47. "Indonesian" [इन्डोनेशियाई] 
  48. "Swahili" [स्वाहिली], एथ्नोलग 
  49. आइरील, एफ. एबिओला; जेयिफो, बायोडन, सम्पादकहरू (सन् २०१०), "The Oxford Encyclopedia of African Thought" [अफ्रिकी सोचको अक्सफोर्ड विश्वकोश], , अक्सफोर्ड विश्वविद्यालय छापाखाना, पृ: ३६२, आइएसबिएन 978-0-19-533473-9 
  50. "Swahili" [स्वाहिली], स्ट्यानफोर्ड भाषा केन्द्र "Swahili" [स्वाहिली], स्ट्यानफोर्ड भाषा केन्द्र 
  51. ५१.० ५१.१ "Persian, Iranian" [फारसी, ईरानी], एथ्नोलग 
  52. ५२.० ५२.१ विन्डफर, जर्नोट, सम्पादक (सन् २००९), The Iranian Languages [इरानी भाषाहरू], लन्डन: रूटलेज, पृ: 418 
  53. "Dari" [दारी], एथ्नोलग 
  54. "Turkish" [तुर्केली], एथ्नोलग 
  55. Katzner [केट्जनर] ।
  56. Europeans and their Languages [युरोपेली भाषाहरू], विशेष युरोब्यारोमिटर २४३, युरोपेली आयोग, फेब्रुअरी २००६। 
  57. "Italian" [इटालियन], एथ्नोलग 
  58. "Italian" [इटालियन], लेस्टर विश्वविद्यालय (अङ्ग्रेजीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०९ मिति
  59. "Tamil" [तमिल], एथ्नोलग 

बाह्य कडी सम्पादन गर्नुहोस्