ब्राजिल

दक्षिण अमेरिकाको देश

ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या भएको राष्ट्र हो। [२] क्षेत्रफल अनुसार यो देश विश्वको पाँचौं ठूलो देश हो भने जनसङ्ख्या अनुसार यो देश विश्वको पाँचौं ठूलो तथा चौथौं ठूलो लोकतान्त्रिक मुलुक हो। [२][३] संसारको सर्वाधिक पोर्तुगेली भाषा बोल्ने जनसङ्ख्या यो देशमा छ। यो देशको पूर्वमा आन्ध्र महासागर (ब्राजिलको तटीय क्षेत्र ७९४१ किमि लामो छ)[२] उत्तरमा भेनेजुएला, सुरिनाम, गायनाफ्रेञ्च गायना पर्दछन्; उत्तरपश्चिममा कोलम्बिया; पश्चिममा बोलिभियापेरु; दक्षिणपश्चिममा अर्जेन्टिनापाराग्वे र दक्षिणमा उरुग्वे पर्दछन्। आन्ध्र महासागरमअ धेरै आर्किपेगालोहरू ब्राजिलका भूभागमा पर्दछन् जस्तै फर्‍न्याण्डो दे नोरोन्हा, रोकास अटोल, सेण्ट पिटर एण्ड पल रक्स, र ट्रिन्डेड र मार्टिम भाज[२]

संघीय गणतन्त्र ब्राजिल

República Federativa do Brasil
ब्राजिलको झण्डा
झण्डा
ब्राजिलको Coat of arms
Coat of arms
आदर्श वाक्य: "ओर्डेम इ प्रोग्रेस्सो"
"व्यवस्था र विकास"
राष्ट्रिय गान: इनो नासियोनाल ब्रासिलेइरो

"ब्राजिलको राष्ट्रिय धुन"
Location of ब्राजिल
राजधानीब्रसिलिया
Largest cityसाओ पाउलो
आधिकारिक भाषाहरूपोर्चुगेली भाषा
रैथाने(हरू)ब्राजिली
सरकारराष्ट्रपति सङ्घीय गणतन्त्र
• राष्ट्रपति
डिलमा रौसेफ
• उप-राष्ट्रपति
मिचेल टिमेर
• च्याम्बर अध्यक्ष
हेनरिक एड्वार्डो एल्भेस
• सिनेटको सभामुख
रेनन क्याल्हिरोस
• प्रधानन्यायधिश
जोयाकिम बार्बोसा
स्वतन्त्र 
• स्थापना
सेप्टेम्बर ७,१८२२
• मान्यता
अगस्त २९,१८२५
• गणतन्त्र
नोभेम्बर १५,१८८९
क्षेत्रफल
• जम्मा
८५,१४,८७७ किमी (३२,८७,६१२ वर्ग माइल) (पाँचौ)
• पानी (%)
0.65
जनसङ्ख्या
• 2008 लगत
187,393,918 (5th)
• 2007 census
183,987,291
• घनत्व
२२ /किमी2 (५७.० /वर्ग माइल) (182nd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2007 लगत
• जम्मा
$1,804 trillion (9९औ)
• प्रति व्यक्ति
$11,873 (65th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2007 लगत
• जम्मा
$1,313 trillion (१०औ)
• प्रति व्यक्ति
$6,842 (६१औ)
गिनी (2008) 50.5
त्रुटि: अमान्य गिनी मान
मानव विकास सूचकाङ्क (2009)Increase 0.813
त्रुटि: अमान्य एचडिआई मान · 70th
मुद्रारेल (R$) (BRL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-२ to -४[१] (BRT)
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय-२ देखि -५ (BRST)
टेलिफोन कोड५५
इन्टरनेट डोमेन.br

सन् १५००तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल पोर्चुगलको उपनिवेश थियो। [४] स्वतन्त्रता पश्चात शुरुमा ब्राजिली साम्राज्यको रूपमा विकशित यो राष्ट्र १८८९ देखि गणतन्त्र बन्यो। बाइक्यामेरल लेजिस्लेचर (अहिले ब्राजिलको राष्ट्रिय काँग्रेस) १८२४मा स्थापना भएको थियो जब प्रथम संविधान स्वीकारिएको थियो। [४] ब्राजिलको संविधानले ब्राजिललाई संघीय गणतन्त्रको[५] परिभाषा दिएको छ। संविधानले ब्राजिललाई २६ ब्राजिली राज्यहरू, ब्राजिली संघीय जिल्ला र हरू (अहिले ५,५६४ भन्दा बढी)को संघको रूपमा स्थापना गरेको छ। [५][६]

ब्राजिल संसारको १०औं ठूलो अर्थतन्त्र हो।[७] यो राष्ट्रलाई आर्थिक पुनर्संरचनाहरूले नयाँ अन्तराष्ट्रिय स्थान दिलाएका छन्। [८] यो राष्ट्र संयुक्त राष्ट्र संघको संस्थापक सदस्य हो। साथै, यो राष्ट्र दक्षिण अमेरिकी राष्ट्रहरूको संघ, पोर्तुगेली भाषिक राष्ट्रहरूको समुदायको पनि संस्थापक सदस्य हो। ब्राजिल एक बहुजातीय राष्ट्र भएतापनि यहाँको जनसङ्ख्या प्रायः रोमन क्याथोलिक गिर्जाघरमा विश्वास राख्दछन् र प्रायः सबैले पोर्तुगेली भाषा बोल्दछन्।[३] ब्राजिल वन्यजन्तु, प्राकृतिक वातावरण, प्रचुर प्राकृतिक श्रोतले धनी राष्ट्र पनि हो।[२]

जनसङ्ख्यासम्पादन

इतिहाससम्पादन

भूगोल

राजनीतिसम्पादन

अर्थतन्त्रसम्पादन

धर्मसम्पादन

जीवनशैलीसम्पादन

अरु सम्बन्धित विषयहरूसम्पादन

पुरानो राजधानी रियो दी जेनेरियो हो। हाल यसको राजधानी ब्रासिलिया हो।

बाह्य लिङ्कहरूसम्पादन

  1. "Fusos Brasil sem HV" (Portugueseमा), Observatório Nacional, अन्तिम पहुँच २००८-०८-१० 
  2. २.० २.१ २.२ २.३ २.४ "Geography of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३ 
  3. ३.० ३.१ "People of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३ 
  4. ४.० ४.१ "Introduction of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३ 
  5. ५.० ५.१ "Brazilian Federal Constitution" (Portugueseमा), Presidency of the Republic, १९८८, अन्तिम पहुँच २००८-०६-०३  "Brazilian Federal Constitution", v-brazil.com, २००७, अन्तिम पहुँच २००८-०६-०३, "Unofficial translate" 
  6. "Territorial units of the municipality level" (Portugueseमा), Brazilian Institute of Geography and Statistics, २००८, अन्तिम पहुँच २००८-०६-०३ 
  7. "Economy of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३ 
  8. Penner, Andre (२००८-०४-१७), "Booming Brazil could be world power soon", The Associated Press, पृ: 2, अन्तिम पहुँच २००८-०६-०३