अक्कादी भाषा

अक्कादी ( akkadû, 𒀝𒅗𒁺𒌑 ak-ka-du-u 2 ; लोगोग्राम: 𒌵𒆠 URI KI ) एक विलुप्त पूर्वी सेमिटिक भाषा हो जुन प्राचीन मेसोपोटामियामा (अक्कद , असिरिया, इसिन, लार्सा र बेबिलोनिया) तेस्रो सहस्राब्दी इसापूर्व देखि आठौँ शताब्दी इसापूर्व सम्म बोलियो जब त्यसलाई क्रमश आरामी भाषाले प्रतिस्थापन गर्न थाल्यो।

यो सबैभन्दा पहिलो प्रलेखित सेमिटिक भाषा हो र यसले क्युनिफोर्म लिपिको प्रयोग गर्दथ्यो जुन मूल रुपमा असम्बन्धित र विलुप्त सुमेरी भाषा लेख्न प्रयोग गरिन्थ्यो। अक्कादी भाषा अक्कद सहरको नामबाट राखिएको हो जुन अक्कादी साम्राज्य (लगभग  २३३४ - २१५४  ईसापूर्व) को समयमा मेसोपोटामियाली सभ्यताको प्रमुख केन्द्र रहेको थियो। सुमेरी र अक्कादी भाषाहरुको बीचको पारस्परिक प्रभावले यी भाषाहरुलाई विद्वानहरूलाई Sprachbundको रूपमा वर्णन गर्न प्रेरित गरेको छ।