टर्की

दक्षिण युरोप र पश्चिमी एसिया बिच फैलिएको देश

टर्की[९] (तुर्केली: Türkiye), आधिकारीक नाम:गणतन्त्र टर्की (यसका बारेमा Türkiye Cumhuriyeti ) (तुर्केली: Türkiye Comhuriyeti), (यसका बारेमा सुन्नुहोस् ), (उच्चारण: तुर्कीय जुमुरियेते) युरोप र एसियामा अवस्थित एक संवैधानिक गणतन्त्र राष्ट्र हो। यो मुख्य रूपमा पश्चिमी एसियाको अनातोलिया प्रायद्वीपमा अवस्थित छ र यसका केही सानो अंशहरू दक्षिणपूर्वी यूरोपको बल्कान प्रायद्वीप अवस्थित छ। पूर्वी त्राकया, युरोपमा अवस्थित तुर्कीको अंश हो जसलाई अनातोलियाबाट मारमारा सागर, बोसफोरूस र दार्दनेल्ज जलसंयोगी ले विभाजन गरेको छ जसलाई सामूहिक रूपमा तुर्केली जलसंयोगी भनिन्छ। इस्तानबुल, यूरोप र एसियालाई विभाजन गर्ने इस्तानबुल, देशको सबैभन्दा ठूलो सहर हो, जबकि अन्कारा देशको राजधानी सहर हो। तुर्कीले यसको उत्तरपश्चिममा युनान र बुल्गारियासँग सीमा साझेदारी गर्दछ भने यसको उत्तरी भूभागमा कृष्ण सागरमा अवस्थित। यसको उत्तरपूर्वमा जर्जिया, पूर्वमा आर्मेनिया, अजरबैजान र इरान, दक्षिणपूर्वमा इराक, दक्षिणमा सिरिया, भूमध्य सागर र पश्चिम एजियन सागरले घेरेको छ। देशको करीव ७० देखि ८०% नागरिकलाई तुर्केली भनेर चिनिन्छ भने जबकि कुर्दहरू सबैभन्दा बढी अल्पसङ्ख्यक समुदाय हुन् जसको जनसङ्ख्या १५ देखि २०% को हाराहारीमा रहेको छ।

गणतन्त्र तुर्की/तुर्कीय जुमुरियेते

Türkiye Cumhuriyeti
तुर्कीको झण्डा
झण्डा
राष्ट्रिय गान: 
İstiklal Marşı
(नेपाली: "स्वतन्त्रताको जुलुस")
तुर्की
राजधानीअन्कारा
३९°उ॰ ३५°पू॰ / ३९°N ३५°E / 39; 35निर्देशाङ्कहरू: ३९°उ॰ ३५°पू॰ / ३९°N ३५°E / 39; 35
सबैभन्दा ठूलो सहरइस्तानबुल
४१°१′उ॰ २८°५७′पू॰ / ४१.०१७°N २८.९५०°E / 41.017; 28.950
आधिकारिक भाषाहरूतुर्केली
बोलिने भाषा[१]
  • तुर्केली
  • कुर्मान्जी
  • जाजा
  • लाजी
  • कर्बादियाली
  • बोस्नियाली
  • सिरियाली अरबी
  • र अन्य धेरै
जातिगत समूहहरू
  • तुर्केल
  • कुर्द
  • अरबी
  • लाजी
  • सेर्केस्लर
  • बोस्नियाली
  • अन्य
धर्म
धर्म निरपेक्ष राष्ट्र[२][क]
(तुर्कीमा धर्म हेर्नुहोस्)
रैथाने(हरू)
  • तुर्केल
    तुर्क
सरकारएकात्मक राष्ट्रपतिय[ख] संवैधानिक गणतन्त्र
रेसेप तैयप एर्दोगान
• उप राष्ट्रपति
फुआत ओक्ते
• सभा प्रमुख
Mustafa Şentop
व्यवस्थापिकातुर्कीको राष्ट्रिय सभा
स्थापना
• स्वतन्त्रता युद्ध
१९ मे १९१९
• तुर्कीको राष्ट्रिय सभा
२३ अप्रिल १९२०
• लुसाने सन्धि
२४ जुलाई १९२३
• गणतन्त्र घोषणा
२९ अक्टोबर १९२३
• हालको संविधान
७ नोभेम्बर १९८२
क्षेत्रफल
• जम्मा
७,८३,३५६ किमी (३,०२,४५५ वर्ग माइल) (३६औँ)
• पानी (%)
१.३
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
Green Arrow Up Darker.svg ८३,१५४,९९७[४] (१८औँ)
• घनत्व
[convert: अमान्य संख्या] (१०७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2020 लगत
• जम्मा
Green Arrow Up Darker.svg $२.४६४ खर्ब[६] (13th)
• प्रति व्यक्ति
Green Arrow Up Darker.svg $२९,३२६[६] (५२औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२ लगत
• जम्मा
Green Arrow Up Darker.svg $८१३.८१० अर्ब[६] (१९औँ)
• प्रति व्यक्ति
Increase $९,६८३[६] (७०औँ)
गिनी (सन् २०१७)४३.०[७]
मध्यम · ५६औँ
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८०६[८]
धेरै उच्च · ५९औँ
मुद्रातुर्केली लिरा (₺) (TRY)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (सुदूर-पूर्व युरोपेली समय)
मिति ढाँचादिन।महिना।वर्ष (इस्वी)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९०
इन्टरनेट डोमेन.tr

यसको इतिहासको बिभिन्न मोडहरूमा यस क्षेत्रमा विभिन्न सभ्यताहरू बसोबास गर्दै आएका छन् जसमा एनातोलियाली, सुराये, युनानी, थ्रेराइकस, फुरूगेस, युरारतु र आर्मेनियालीहरू समावेश छन्। युनानी सभ्यताको अनुसरणको क्रममा अलक्षेन्द्रको युगबाट सुरु भएको थियो र रोमनी युग सम्म जारी रहेको थियो। साल्जुक साम्राज्यले ११औँ शताब्दीमा यस क्षेत्रमा बसाइँसराई गरेका थिए र उनीहरूले सन् १०७१ मा मालज्गिर्दको युद्धमा पूर्वी रोमन साम्राज्य माथि विजयी प्राप्त गरेका थिए। जीतले धेरै तुर्केल राष्ट्रवादीहरूको लागि देशको जगको प्रतीक बनेको थियो। रूमको साल्जुक सल्तनतले सन् १२४३ मा मङ्गोल आक्रमण नभएसम्म यहाँ अनातोलियाले शासन गरेको थियो र पछि यो सानो तुर्केल राज्यहरूमा बिच्छेद भएको थियो। १३औँ शताब्दीको अन्ततिर उस्मानी साम्राज्यले बेइलीकहरूलाई एकतामा बाँध्दै बल्कानलाई कब्जा गरेको थियो। उस्मानी कालको दौरान अनातोलियाको तुर्केलकरण बढेको थियो। सन् १४५३ मा मेहमेद द्वितीयले कुर्तुन्तुनिया कब्जा गरेपछि सेलिम प्रथमको अन्तर्गत उस्मानी विस्तार जारी रहेको थियो। प्रथम सुलेमान शासनकालमा उस्मानी साम्राज्यले दक्षिणपूर्व यूरोप, पश्चिम एसिया र उत्तर अफ्रिकाको धेरै अंश समेट्दै विश्वशक्ति बन्न पुगेको थियो। १८औँ शताब्दीको अन्तदेखि साम्राज्यको शक्ति युद्धहरू र क्रमिक क्षतिको साथमा खस्किएको थियो। साम्राज्यको कमजोर सामाजिक र राजनीतिक आधारभूत संरचनालाई सुदृढ पार्नको लागि महमूद द्वितीयले १९औँ शताब्दीको सुरुमा आधुनिकीकरणको अवधि सुरू गरेका थिए जसमा सैनिक र नोकरशाहीलगायत राज्यका सबै क्षेत्रमा सुधार ल्याएको थियो र सबै नागरिकहरूलाई मुक्त गरिएको थियो।

सन्‌ १९१३ को विद्रोहले देशलाई तीन पाशाहरूको (उस्मानी साम्राज्यमा शासन गर्ने उच्च अधिकारी), नियन्त्रणमा राखेको थियो जुन सन् १९१४ मा साम्राज्यको पहिलो विश्वयुद्धमा प्रवेशका लागि जिम्मेवार थियो।तुर्क र अन्य केन्द्रीय शक्तिहरूले युद्ध गुमाएपछि उस्मानी साम्राज्यका क्षेत्र र जनताहरूको समूहलाई नयाँ नयाँ राज्यहरूमा विभाजित गरिएको थियो। मुस्तफा कमाल अतातुर्क र उनका साथीहरूले ओगटिएका मित्र शक्ति विरूद्ध सुरु गरेका तुर्केल स्वतन्त्रता युद्धको परिणामस्वरूप १ नोभेम्बर १९२२ मा सल्तनतको उन्मूलन भएको थियो। सेभ्रेस सन्धि (सन् १९२०) लाई लुसाने सन्धि (सन् १९२३) को साथ पुनर्स्थापित गरिएको थियो जसको परिणाम स्वरूप २९ अक्टोबर १९२३ मा, गणतन्त्र तुर्कीको स्थापना भएको थियो र मुस्तफा कमाल अतातुर्कलाई यसको पहिलो राष्ट्रपतिको रूपमा चयन गरिएको थियो। मुस्तफा कमाल अतातुर्क देशमा असङ्ख्य सुधारहरू गरेका थिए जसमध्ये धेरैले पश्चिमी विचार, दर्शन र रीतिथितिका विभिन्न पक्षहरूलाई तुर्केली सरकारको नयाँ रूपमा समाहित गरेका छन्।

तुर्की संयुक्त राष्ट्र सङ्घको एक सदस्य राष्ट्र हो भने यो उत्तरी आन्ध्र सहयोग सङ्गठन, अन्तर्राष्ट्रिय मुद्रण कोष, र विश्व बैङ्क, आर्थिक सहयोग र विकास सङ्गठन, यूरोपको सुरक्षा र सहयोग सङ्गठन, कृष्ण सागर आर्थिक सहयोग सङ्गठन, इस्लामी सहयोग सङ्गठन, र जी २० को संस्थापक सदस्य हो। सन् १९५० मा युरोप परिषद्को प्रारम्भिक सदस्यहरु मध्ये एक बने पछि, तुर्की सन् १९६३ मा युरोपेली आर्थिक समेदायको सहयोगी सदस्य बनेको थियो। देशले सन् २००५ मा युरोपेली सङ्घमा प्रवेश सम्बन्धी वार्ता सुरु गरेको थियो। १३ मार्च २०१९ को मतदानमा युरोपेली संसदले युरोपेली सङ्घ सरकारलाई तुर्कीको अधिग्रहण वार्ता स्थगित गर्न आग्रह गरेको थियो जुन सन् २०१८ देखि अवरुद्ध भए पनि, २०२० सम्म सक्रिय रहन्छ।

तुर्कीको अर्थव्यवस्था र कूटनीतिक पहलले क्षेत्रीय शक्ति र नयाँ विश्लेषकको रूपमा धेरै विश्लेषकहरूद्वारा यसको मान्यता प्राप्त गरेको छ, जबकि यसको स्थानले इतिहासमा भौगोलिक र सामरिक महत्त्व दिएको छ। तुर्की धर्मनिरपेक्ष, एकात्मक, पूर्व संसदीय गणतन्त्र राष्ट्र हो जसले सन् २०१७ मा जनमतसँगै राष्ट्रपति प्रणाली अपनाएको थियो। नयाँ प्रणाली अनुसार सन् २०१८ मा राष्ट्रपति निर्वाचनसँगै लागू भएको थियो। अदालेत भे कलकिनमा पार्तसे (अनुवादित- न्याय तथा विकास दल) का राष्ट्रपति रेसेप तैयप एर्दोगानको नेतृत्वमा रहेको तुर्कीको वर्तमान प्रशासनले इस्लामको प्रभाव बढाउन र कामलवादी नीति र प्रेसको स्वतन्त्रतालाई हानी पुर्‍याउनका लागि कदम चालिरहेको छ।

शब्दको उत्पत्तिसम्पादन

आधिकारिक नामसम्पादन

तुर्कीले यसको आधिकारिक नाम २९ अक्टोबर १९२३ मा, स्वतन्त्रताको घोषणासँगै, (तुर्केली: Türkiye Comhuriyeti) तुर्कीये जुमुरियते, अवलम्बन गरेको थियो जसलाई नेपाली भाषामा गणतन्त्र तुर्की भनिन्छ।

संस्कृत भाषामासम्पादन

संस्कृत भाषाको (तुरस्क) शब्दबाट हालको तुर्कीको नामको उत्पत्ति भएको थियो भने नेपाली बृहत् शब्दकोशमा, देशको आधिकारिक नेपाली नाम तुर्केलहरूको राज्य वा तुर्की उल्लेख छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Ethnologue: इथानोलोग विश्वका भाषाहरू – तुर्की, पहुँचमिति १५ अक्टोबर २०१७।
  2. "Madde 2", Türkiye Cumhuriyeti Anayasası (तुर्केलीमा), Türkiye Cumhuriyeti, २०१८। 
  3. W. A. R. Shadid, P. Sj. van Koningsveld, (सन् १९९६), गैर-मुस्लिम राज्यहरूमा मुस्लिम सहभागिता र मुस्लिमहरूको पहिचान, पृष्ठ ३९
  4. "Adrese Dayalı Nüfus Kayıt Sistemi Sonuçları, 2019", Türkiye İstatistik Kurumu, ४ फेब्रुअरी २०२०, अन्तिम पहुँच २३ मार्च २०२० 
  5. "Yıllara göre illerin yıllık büyüme oranı ve nüfus yoğunluğu, 2007-2015", Türkiye İstatistik Kurumu, अन्तिम पहुँच १० नोभेम्बर २०१६ 
  6. ६.० ६.१ ६.२ ६.३ "World Economic Outlook Database, October 2019", IMF.org, Uluslararası Para Fonu, अन्तिम पहुँच २६ जनवरी २०२० 
  7. "Eşdeğer tek kullanımlık gelirin Gini katsayısı - EU-SILC anketi", ec.europa.eu/eurostat, Eurostat, अन्तिम पहुँच १३ फेब्रुअरी २०२० 
  8. "2019 İnsani Gelişme Raporu", Birleşmiş milletler geliştirme programı, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  9. नेपाली बृहत शब्दकोश (सातौँ संस्करण संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: ५०४। 

बाह्य सूत्रहरूसम्पादन


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found