तुर्केली भाषा

तुर्केली भाषा परिवार अन्तर्गतको एक भाषा।

तुर्केली भाषा (यसका बारेमा Türkçe ) वा तुर्क्च वा इस्तानबुल चुर्कच्से, İstanbul Türkçesi, तुर्केली भाषा परिवारको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने वा बोलिने भाषा हो। यस भाषाको मातृभाषीहरूको सङ्ख्या मुख्य रूपमा तुर्कीमा केन्द्रित छ जसको प्रयोगकर्ताको सङ्ख्या ७ देखि ८ करोड रहेको छ। यसको आफ्नै देश भन्दा बाहिर जर्मनी, अस्ट्रिया, बुल्गारिया, उत्तर म्यासेडोनिया, उत्तरी साइप्रस, युनान, ककेशस, र युरोप र मध्य एसियाका अन्य भागहरूमा वक्ताहरूको महत्त्वपूर्ण स-साना समूहहरू रहेको छ।साइप्रसले युरोपेली सङ्घलाई यो भाषा आधिकारिक भाषाको रूपमा जोड्नको लागि अनुरोघ गरेको छ। यद्यपि तुर्की युरोपेली सङ्घको सदस्य राष्ट्र होइन।

तुर्केली
Türkçe
उच्चारण[ˈtyɾctʃe] ( )
मूलभाषीतुर्की (आधिकारिक), उत्तरी साइप्रस (आधिकारिक), साइप्रस (आधिकारिक), अजरबैजान, इराक, सिरिया, लेबनान, इजरायल, युनान, बुल्गारिया, रोमानिया, कोसोभो, उत्तरी म्यासेडोनिया, बोस्निया र हर्जगोभिना
क्षेत्रआनातोलिया, बल्कान, साइप्रस, मेसोपोतामिया, लेभान्त,पारककेशस
रैथाने(हरू)तुर्केली मानिसहरू
मातृभाषा वक्ताहरू

८.८ करोड (प्रथम + दोस्रो भाषा)
तुर्केली भाषा परिवार
  • सामान्य तुर्केली भाषा परिवार
    • ओगुज भाषा परिवार
      • पश्चिमी ओगुज
        • तुर्केली
प्रारम्भिक रूप
उस्मानि तुर्केली
स्तरीय स्वरूप
इस्तानबुल तुर्केली
आञ्चलिक भाषाहरू
  • कर्मानी तुर्केली भाषा परिवार
  • बलकान तुर्केली भाषा परिवार
  • साइप्रस तुर्केली भाषा परिवार
  • सिरियाली तुर्केली भाषा परिवार
  • इराकी तुर्केली भाषा परिवार
  • मेस्खेबी तुर्केली भाषा परिवार
रोमन (तुर्केली वर्णमाला)
तुर्केली ब्रेल
सरकारी दर्जा
आधिकारिक भाषा
टर्की तुर्की
उत्तरी साइप्रस उत्तरी साइप्रस
साइप्रस साइप्रस
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्थातुर्केली भाषा सङ्घ
भाषा सङ्केतहरू
आइएसओ ६३९-१tr
आइएसओ ६३९-२tur
आइएसओ ६३९-३tur
ग्लोटोलगnucl1301[७]
भाषाविद् प्रयोगशालाओजुर भाषाको अंश
Map of Turkish Language.png
  तुर्केली भाषा आधिकारिक भएका देशहरू
   अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता प्राप्त भएको
  देशहरू जहाँ यो अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता प्राप्त छ र कम्तिमा एक नगरपालिकामा उप-आधिकारिक भाषाको रूपमा रहेको।
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

पश्चिमी भागमा, उस्मानी तुर्की भाषाको प्रभावको रूपमा तुर्केली भाषा उस्मानी साम्राज्यको प्रशासनिक र साहित्यिक भाषाको रूपमा प्रयोग भइरहेको थियो जुन उस्मानी साम्राज्यको विस्तारसँगै फैलिइको थियो। सन् १९२८ म, तुर्की गणतन्त्रको प्रारम्भिक वर्षहरूमा आतातुर्कको एक सुधारका रूपमा उस्मानी तुर्केली वर्णमालालाई रोमन वर्णमालाले बदलेको थियो।

तुर्केली भाषाको विशिष्ट विशेषताहरू स्वर सद्भाव र बृहत समुच्चय हो। तुर्केलीको मूल शब्द क्रम विषय – वस्तु – क्रिया हो। तुर्केली भाषामा कुनै संज्ञा वर्ग वा व्याकरणीय लिङ्ग छैन। भाषाले सम्मानजनकको प्रयोग गर्दछ र एक मजबूत औपचारिकता वा परिचितता भेद राख्दछ जसले शिष्टता, सामाजिक दूरी, उमेर, शिष्टाचार वा ठेगानामा पहिचानको विभिन्न स्तरहरू छुट्याउँछ। बहुवचन, द्वितीय पुरुष सर्वनाम र क्रियापदहरू आदर बाहिर एकल व्यक्तिको सन्दर्भमा प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Katzner, Kennet (२००२), Dünya Dilleri (Third संस्करण), loca: Routledge, An imprint of Taylor & Francis Books Ltd., पृ: १५३, आइएसबिएन 978-0-415-25004-7, "Türkçe, yaklaşık 60 milyon kişi veya ülke nüfusunun yüzde 90'ı tarafından konuşulan Türkiye'nin ulusal dilidir. Bulgaristan 'da 750.000, Kıbrıs' da 150.000, Yunanistan 'da 100.000 konuşmacı bulunmaktadır. Son yıllarda Almanya 'da 2 milyondan fazla insanın konuştuğu büyük bir Türkçe konuşan topluluk kuruldu ve Fransa, Avusturya, Hollanda, Belçika ve diğer Avrupa ülkeler. (2018 nüfusunun% 90'ı 73 milyon olurdu)" 
  2. [१] पाठ: घोषणाको धारा १ ले कुनै कानून, नियमन वा आधिकारिक कारबाहीले अल्पसङ्ख्यकलाई दिइएको अधिकारमा हस्तक्षेप गर्न निसक्ने तोकेको छ। यद्यपि अरबी इराकको आधिकारिक भाषा भए पनि कुर्दि सुलेमानियामा एक औपचारिक सरकारी भाषा हो र कुर्दि र तुर्केली दुवै किर्कुक र किफरीमा आधिकारिक भाषाहरू हुन्।
  3. "Türkmenler, Türkçe tabelalardan memnun - Son Dakika" 
  4. [२] कुर्दिस्तान: इराकी कुर्दिस्तान क्षेत्रको संविधान
  5. [३] पाठ: तुर्केली हाल प्रिस्रेन र मामुसा नगरपालिकामा आधिकारिक भाषा हो। सन् २००७ र सन् २००८ मा, गजिलान, दक्षिणी मित्रोभिसा, प्रिस्तिनाका नगरपालिकाहरूले पनि तुर्कीलाई आधिकारिक प्रयोगको भाषाको रूपमा मान्यता दिएको छ।
  6. [४] पाठ: तुर्केली उक्त क्षेत्रमा सह आधिकारिक भाषाको रूपमा रहेको छ।
  7. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Turkish", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

बाह्य सूत्रहरूसम्पादन


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found