स्पेन

दक्षिणपश्चिमी युरोपको देश

स्पेन (स्पेनी: España), [esˈpaɲa] ( )), वा स्पेन अधिराज्य (Reino de España), (रेइनो दे एस्पान्या), एक अन्तरमहादेशीय देश हो जुन मुख्यतया दक्षिण-पश्चिमी युरोपमा आन्ध्र महासागरभूमध्य सागरमा अवस्थित छ। स्पेनको सबैभन्दा ठूलो भाग इबेरिया प्रायद्वीपमा अवस्थित छ। यसको क्षेत्रमा आन्ध्र महासागरको क्यानरी द्वीपसमूह, भूमध्य सागरको बालेआरी द्वीपसमूह र अफ्रिकाको सेउता र मेलियाको स्वायत्त सहरहरू पनि समावेश छन्।[११] देशको मुख्यभूमि जिब्राल्टारद्वारा दक्षिणमा सीमाबद्ध छ। यसको सीमाना दक्षिण र पूर्वमा भूमध्य सागर उत्तरमा फ्रान्स, एन्डोरा र बिस्केको खाडी; र पश्चिममा पोर्चुगलआन्ध्र महासागरसँग जोडिएको छ। ५,०५,९९० वर्ग किलोमिटर (१,९५,३६० वर्ग माइल) क्षेत्रफल भएको स्पेन युरोपेली सङ्घको दोस्रो सबैभन्दा ठूलो देश हो र ४.७४ करोड भन्दा बढी जनसङ्ख्या भएको युरोपेली सङ्घको सदस्य राष्ट्र हो।[१२] स्पेनको राजधानी र सबैभन्दा ठूलो सहर म्याड्रिड हो। अन्य प्रमुख सहरी क्षेत्रहरूमा बार्सिलोना, भालेन्सिया, सेभिया, सारागोसा, मलागा, मुर्सिया, पाल्मा दे मालोर्का, लास पालमास दे ग्रान कानारिया र बिलबाओ समावेश छन्।

स्पेन अधिराज्य
Reino de España
स्पेनको झण्डा
झण्डा
स्पेनको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: प्लुस उल्त्रा  (ल्याटिन)
(नेपाल: "थप अगाडि ")
राष्ट्रिय गान: मार्चा रेआल  (स्पेनी)[१]
(नेपाली: "शाही जुलुस")
EU-Spain (orthographic projection).svg
EU-Spain.svg
 स्पेन-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ (हरियो)

राजधानी
र सबैभन्दा ठूलो सहर
म्याड्रिड
४०°२६′उ॰ ३°४२′प॰ / ४०.४३३°N ३.७००°W / 40.433; -3.700
आधिकारिक भाषाहरूस्पेनी[क][२]
राष्ट्रियता (सन् २०२०)
धर्म
(सन् २०२१)[४]
रैथाने(हरू)
  • स्पेनी
सरकारएकात्मक संसदीय संवैधानिक राजतन्त्र
फिलिपे छैटौँ
पेद्रो सान्चेस
व्यवस्थापिकाकोर्तेस गेनेरालेस
सिनेट
प्रतिनिधि सभा
स्थापना
• दे फाक्तो
२० जनवरी १४७९
• दे हुरे
९ जुन १७१५
• प्रथम संविधान
१९ मार्च १८१२
• वर्तमान संविधान
२९ डिसेम्बर १९७८
क्षेत्रफल
• जम्मा
५,०५,९९० किमी (१,९५,३६० वर्ग माइल) (५१औँ)
• पानी (%)
०.८९ (सन् २०१५)[५]
जनसङ्ख्या
• सन् २०२० जनगणना
Neutral increase ४७,४५०,७९५[६][७][ख] (३०औँ)
• घनत्व
९४ /किमी2 (२४३.५ /वर्ग माइल) (१२०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
वृद्धि $२.२० खर्ब[८] (१६औँ)
• प्रति व्यक्ति
वृद्धि $४६,४१३[८] (३८औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $१.४३५ खर्ब[८] (१५औँ)
• प्रति व्यक्ति
वृद्धि $२०,१५७[८] (३८औँ)
गिनी (2021)३३.०[९]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०२१)०.९०५[१०]
धेरै उच्च · २७औँ
मुद्रायुरो (€)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय⁠±० देखि +१ (पश्चिमी युरोपेली समयमध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ देखि +२ (पश्चिमी युरोपेली ग्रीष्मकालीन समयमध्य युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचाdd/mm/yyyy
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३४
आइएसओ ३१६६ सङ्केतES
इन्टरनेट डोमेन.इएस

शारीरिक रूपले आधुनिक मानवहरू लगभग ४२,००० वर्ष पहिले इबेरिया प्रायद्वीपमा पहिलो पटक आएका थिए।[१३] फोनिसिया र प्राचीन युनानीहरूद्वारा तटीय व्यापारिक उपनिवेशहरूको विकास र भूमध्यसागरीय तटरेखामा छोटो पुनिक शासनको अतिरिक्त पूर्व-रोमन मानिसहरू यस क्षेत्रमा बसोबास गर्दथे। रोमनको विजय र प्रायद्वीप (इस्पानिया)को उपनिवेशीकरणसँगै, जनसङ्ख्यामा रोमानी संस्कृति हावी भएको थियो। चौथो शताब्दीमा पश्चिमी रोमन साम्राज्यको पतन नहुञ्जेल इस्पानिया रोमन शासनको अधीनमा रहेको थियो, जसले जर्मनेली र एलन जति प्रायद्वीपमा बसाइँसराइ गरेका थिए।

अन्ततः पाँचौँ शताब्दीसम्ममा भिसिगोथ जातिहरू प्रायद्वीपमा प्रभुत्वशाली शक्तिको रूपमा उदाएका थिए। आठौँ शताब्दीको सुरुमा, प्रायद्वीपको अधिकांश भागलाई उमय्यद खलीफाद्वारा कब्जा गरिएको थियो र प्रारम्भिक इस्लामी शासनको समयमा, अल-अन्दलुस कोर्दोबामा (हाल कोर्दोबा सहर) केन्द्रित प्रमुख प्रायद्वीपीय शक्ति बनेको थियो। उत्तरी इबेरियामा थुप्रै मसीही राज्यहरूको उदय भएको थियो, तीमध्येका प्रमुख लियोन, कास्तिले, अरागोन, पोर्चुगल र नाभारे थिए। त्यसपछिका सात शताब्दीहरूमा, यी राज्यहरू अस्थायी रूपमा दक्षिणतिर विस्तार भएका थिए जसलाई रिकन्क्विस्ता भनिन्छ। सन् १४९२ मा ग्रेनाडा इमिरेट्स मसीही कब्जाको साथ समाप्त भएको थियो। यहूदी र मुसलमानहरूलाई क्याथोलिक धर्ममा रूपान्तरण वा निष्कासनमध्ये एक रोज्न बाध्य पारिएको थियो र मोरिस्कोस धर्मान्तरण गर्नेहरूलाई अन्ततः निष्कासित गरिएको थियो। कास्तिले र आरागन अधिराज्यलाई राजवंशीय शासन अन्तर्गत नभेरेद्वारा विलय गरिएको थियो र सन् १५८० पोर्चुगलको उपनिवेश (जुन सन् १६४० मा समाप्त भयो) अन्तर्गत शासन सत्ता कब्जा गरिएको थियो। सन् १४९२ पछि अमेरिकाको स्पेनी उपनिवेशको परिप्रेक्ष्यमा, अधिराज्यले ठूलो विदेशी साम्राज्यलाई अधिनमा लिएको थियो, जसले मुख्य रूपमा नयाँ संसारमा निकास गरिएका बहुमूल्य धातुहरूद्वारा ईन्धन रूपमा गरिएको विश्वव्यापी व्यापार प्रणालीको उदयलाई बलियो बनाएको थियो।

प्रशासनको केन्द्रीकरण र मुख्यभूमि स्पेनमा थप राज्य निर्माण १८ औँ र १९औँ शताब्दीमा सुरु भएको थियो। यस अवधिमा अधिराज्यले प्रायद्वीपीय युद्धको केही वर्ष पछि अमेरिकी उपनिवेशका कारण ठूलो भूभाग गुमाएको थियो। राजतन्त्र र गणतन्त्र गरि देश विभिन्न राजनीतिक शासनहरूको बीचमा परेको थियो।[१४] सन् १९३६-३९ मा, विनाशकारी गृहयुद्ध पछि, एक फासीवादी तानाशाहीको उदय भएको थियो जुन सन् १९७५ सम्म चलेको थियो। सन् १९७८ को स्पेनी संविधान अन्तर्गत प्रजातन्त्रको पुनर्स्थापना र सन् १९८६ मा युरोपेली सघ्घमा प्रवेशसँगै, देशले गहिरो सामाजिक र राजनीतिक परिवर्तनको साथसाथै एक महत्वपूर्ण आर्थिक विकास हासिल गरेको थियो।

स्पेनी कला, सङ्गीत, साहित्य र परिकारहरू विश्वव्यापी रूपमा प्रभावशाली छन्, विशेष गरी पश्चिमी युरोपअमेरिकामा यसको प्रभुत्व कायम छ। यसको ठूलो सांस्कृतिक धनको प्रतिबिम्बको रूपमा, स्पेनसँग विश्वको चौथो सबैभन्दा ठूलो सङ्ख्यामा विश्व सम्पदा क्षेत्रहरू (४९) छन् र यो विश्वको दोस्रो सबैभन्दा बढी भ्रमण गरिएको देश हो। यसको सांस्कृतिक प्रभाव मध्ये ५७ करोड जनसङ्ख्याले स्पेनी भाषा बोल्दछन् जसले स्पेनीलाई विश्वको दोस्रो सबैभन्दा बढी बोलिने मातृभाषा बनाउँदछ।[१५]

स्पेन एक विकसित देश हो। यो धर्मनिरपेक्ष संसदीय प्रजातन्त्र र एक संवैधानिक राजतन्त्रात्मक राष्ट्र हो। राजा फिलिप छैठौँ राज्यको प्रमुखको रूपमा रहेका छन्।[१६] यो एक उच्च आय भएको देश हो भने स्पेन उन्नत अर्थव्यवस्था भएको राष्ट्र समेत हो।[१७] विश्वको चौधौँ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको स्पेन एक शक्तिशाली राष्ट्रको रूपमा रहेको छ। सन् २०१९ मा ८३.५ वर्ष सहित स्पेन विश्वकै सबैभन्दा लामो जीवन प्रत्याशा भएको देश हो।[१८] यो स्वास्थ्य सेवाको गुणस्तरमा विशेष गरी उच्च स्थानमा रहेको छ।[१९] यसको स्वास्थ्य सेवा प्रणालीलाई विश्वव्यापी रूपमा सबैभन्दा प्रभावकारी मानिन्छ।[२०] यो अङ्ग प्रत्यारोपण र अङ्ग दानमा अग्रणी भूमिकामा रहेको छ।[२१][२२] स्पेन संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, युरोजोन, युरोप परिषद्, इबेरो-अमेरिकी राज्य सङ्गठन, भूमध्यसागरीय सङ्घ, उत्तर एट्लान्टिक सन्धि सङ्गठन, आर्थिक सहयोग र विकास सङ्गठन, युरोप सुरक्षा र सहयोग सङ्गठन, विश्व व्यापार सङ्गठन र धेरै अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूको सदस्य राष्ट्र हो।

टिप्पणीसम्पादन

  1. राज्यको आधिकारिक भाषा सन् १९७८ को स्पेनी संविधानको धारा ३ मा स्थापित गरिएको छ।
  2. १ जनवरी २०२० मा, स्पेनी जनसङ्ख्या ४.७३३ करोड थियो जुन ३९२,९२१ ले वृद्धि भएको थियो। सोही अवधिमा स्पेनी नागरिकता भएका नागरिकको सङ्ख्या ४२,०९४,६०६ पुगेको थियो। सन् २०२० मा स्पेनमा स्थायी रूपमा बसोबास गर्ने विदेशीहरू (अर्थात् आप्रवासीहरू र शरणार्थीहरू, स्पेनी नागरिकता भएका विदेशी नागरिकहरू समावेश नगरी) ५,२३५,३७५ (११.०६%) हुने अनुमान गरिएको थियो।[७]
  3. युरोपेली सङ्घ सन् १९९३ देखि

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Presidency of the Government (११ अक्टोबर १९९७), "Real Decreto 1560/1997, de 10 de octubre, por el que se regula el Himno Nacional", Boletín Oficial del Estado núm. 244 (स्पेनीमा), मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित। 
  2. "The Spanish Constitution", Lamoncloa.gob.es, मूलबाट २५ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१३ 
  3. "Instituto Nacional de Estadística. Población (españoles/extranjeros) por País de Nacimiento, sexo y año", ine.es, Instituto Nacional de Estadística। 
  4. Centro de Investigaciones Sociológicas."Barómetro de Enero de 2022", 3,777 respondents. The question was "¿Cómo se define Ud. en materia religiosa: católico/a practicante, católico/a no practicante, creyente de otra religión, agnóstico/a, indiferente o no creyente, o ateo/a?".
  5. "Surface water and surface water change", आर्थिक सहयोग र विकास सङ्गठन, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  6. "INEbase / Demografía y población /Padrón. Población por municipios /Estadística del Padrón continuo. Últimos datos datos", ine.es, अन्तिम पहुँच ११ फेब्रुअरी २०२१ 
  7. ७.० ७.१ "Population Figures at 01 January 2019. Migrations Statistics. Year 2019." (स्पेनीमा), Instituto Nacional de Estadística, जुन २०२०, मूलबाट २८ जुन २०१७-मा सङ्ग्रहित। 
  8. ८.० ८.१ ८.२ ८.३ "World Economic Outlook Database, April 2022", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष 
  9. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, युरोस्ट्याट्स, अन्तिम पहुँच ७ अगस्ट २०२२ 
  10. "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२२ 
  11. "Spain | Facts, Culture, History, & Points of Interest", इन्साइक्लोपिडिया ब्रिटानिका Britannica 
  12. "Anuario estadístico de España 2008. 1ª parte: entorno físico y medio ambiente", Instituto Nacional de Estadística (Spain), मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५ 
  13. Katina T. Lillios (५ डिसेम्बर २०१९), The Archaeology of the Iberian Peninsula: From the Paleolithic to the Bronze Age, Cambridge University Press, पृ: ६५, आइएसबिएन 978-1-107-11334-3 
  14. Flynn, Dennis O.; Giráldez Source, Arturo (१९९५), "Born with a 'Silver Spoon': The Origin of World Trade in 1571", Journal of World History 6 (2): २०२, जेएसटिओआर 20078638 
  15. "572 millones de personas hablan español, cinco millones más que hace un año, y aumentarán a 754 millones a mediados de siglo", www.cervantes.es 
  16. Spanish Constitution 1978, Article 1.
  17. Whitehouse, Mark (६ नोभेम्बर २०१०), "Number of the Week: $10.2 Trillion in Global Borrowing", The Wall Street Journal, मूलबाट २० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित। 
  18. "Life expectancy at birth, total (years) - Spain", विश्व बैंक, अन्तिम पहुँच ५ नोभेम्बर २०२१ 
  19. Thais Guerrero Padrón; María Isabel Ribes Moreno (२० नोभेम्बर २०२०), Social Security Law in Spain, Wolters Kluwer, पृ: १६५, आइएसबिएन 978-94-035-2611-9 
  20. "Bloomberg - Healthcare efficiency scores in 56 countries", Bloomberg.com, १९ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १९ अप्रिल २०२० 
  21. "How Spain became the world leader in organ transplants", www.thelocal.es (अङ्ग्रेजीमा), १५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २३ जुन २०१९ 
  22. "Global leader Spain carries out its 100,000th transplant", www.thelocal.es (अङ्ग्रेजीमा), २५ फेब्रुअरी २०१६, अन्तिम पहुँच २३ जुन २०१९ 

बाह्य कडीहरूसम्पादन