फ्रान्सेली भाषा

रोमान्स भाषा

फ्रान्सेली भाषा (फ्रान्सेली: français [fʁɑ̃sɛ] वा langue française [lɑ̃ɡ fʁɑ̃sɛːz]) भारोपेली भाषा परिवार अन्तर्गत रोमान्स शाखाको भाषा हो। फ्रेन्च विभिन्न महाद्वीपहरूका  २९ देशहरूमा औपचारिक भाषा हो।  फ्रान्सेली संयुक्त राष्ट्रसङ्घ मा प्रयोग हुने ६ आधिकारिक भाषाहरू मध्ये एक पनि हो। यो मातृभाषाको रूपमा फ्रान्स, क्यानाडा, बेल्जियम, पश्चिमी स्विट्जरल्यान्ड, लक्जमबर्गका केही भागहरू, अमेरिकाका केही भागहरू, मोनाको, इटालीको अओस्त घाटी क्षेत्र र युरोप र अफ्रिकाका अन्य विभिन्न समुदायमा बोलिन्छ।

फ्रान्सेली
français
उच्चारण[fʁɑ̃sɛ]
मूलभाषीफ्रान्स, now worldwide
(See geographical distribution below)
मातृभाषी वक्ता७७ मिलियन युरोपमा
प्रारम्भिक रूप
Latin (French alphabet)
French Braille
हस्ताक्षरित रूप
Signed French
(français signé)
सरकारी दर्जा
आधिकारिक भाषा



Numerous international organisations
नियामक संस्थाAcadémie française (French Academy)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fr
आइएसओ ६३९-२fre (B)
fra (T)
आइएसओ ६३९-३fra
ग्लोटोलगstan1290[]
भाषाविद् प्रयोगशाला51-AAA-i
  क्षेत्र जहाँ फ्रान्सेली मुख्य भाषा हो
  क्षेत्र जहाँ यो सरकारी भाषा हो
  क्षेत्र जहाँ यो दोश्रो भाषा हो
  क्षेत्र जहाँ यो अल्पसङ्ख्यक भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सन् २०१५ मा फ्रान्सेली बोल्ने कुल लगभग जनसङ्ख्या (L2 र आंशिक बोल्ने जनसङ्ख्या सहित) युरोपमा ४०%, उप-सहारी अफ्रिका र हिन्द महासागरमा ३६%, उत्तर अफ्रिका र मध्य पूर्वमा १५%, अमेरिकामा, र एसियामा ८% र ओसिनियामा 1% रहेको थियो। फ्रान्सेली युरोपेली सङ्घमा दोस्रो सबैभन्दा व्यापक रूपमा बोलिने मातृभाषा हो र अन्य युरोपी मातृभाषीहरू मध्ये, लगभग एक-पाँचौँले दोस्रो भाषाको रूपमा फ्रान्सेली बोल्न सक्षम छन्। फ्रान्सेली युरोपेली सङ्घमा दोस्रो सबैभन्दा सिकाइने विदेशी भाषा पनि हो।

अरु रोमान्स भाषाहरू जस्तै यसको उत्पत्ति ल्याटिनबाट भएको हो। फ्रान्सेली आफै भने गल क्षेत्रमा बोलिने ल्याटिन बाट विकसित भएको हो। यसले गर्दा यो गलको मूल केल्टी भाषाहरू जस्तै गली र रोमन साम्राज्य पछिको जर्मेनी फ़्रेङ्क राज्यको फ़्रेङ्कि भाषा बाट प्रभावित भएको छ।

विश्वको फ्रान्सेली भाषा बोल्ने देश



सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Standard French", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. २.० २.१ "The status of French in the world", अन्तिम पहुँच २३ अप्रिल २०१५ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्