जर्मनेली भाषा
जर्मनेली भाषा (ⓘ) पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य युरोपमा मुख्यतया बोलिन्छ। यो जर्मनी, अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, बेल्जियम र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधिकारिक भाषा पनि हो। यो लक्जेमबर्गको तीन आधिकारिक भाषाहरू मध्ये एक हो र यो पोल्यान्डको ओपोल्स्को प्रदेशमा सह आधिकारिक भाषाको रूपमा प्रयोग हुने गरेको छ। यो पश्चिमी जर्मनेली भाषा परिवारका अन्य सदस्यहरू जस्तै अफ्रिकी, डच, अङ्ग्रेजी, फ्रिसियाली भाषाहरू, न्युन जर्मनेली, लक्जेमबर्गी र यिद्दी लगायतका भाषाहरूसँग मिल्दोजुल्दो छ। यस भाषाको उत्तर जर्मनेली भाषा परिवारका सदस्यहरू जस्तै डेनमार्की, नर्वेली र स्विडेनी लगायतका भाषाहरूसँग शब्दावलीमा कडा समानताहरू पाइन्छ। जर्मनेली भाषा, जर्मनेली भाषा परिवारमा अवस्थित अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो।
जर्मनेली | |
---|---|
डोयच | |
उच्चारण | डोयच |
मूलभाषी | जर्मनेली भाषी युरोप |
क्षेत्र | जर्मनी, अस्ट्रिया र स्विट्जरल्यान्ड |
रैथाने(हरू) | जर्मनेली भाषी मानिसहरू |
मातृभाषी वक्ता | ९ करोड (२०१०) देखि ९ करोड ५० लाख सम्म (सन् २०१४) |
प्रारम्भिक रूप | |
स्तरीय स्वरूप | |
ल्याटिन (जर्मनेली वर्ण) ब्राजिली जर्मनेली | |
हस्ताक्षरित रूप | साङ्केतिक जर्मनेली, (Lautsprachbegleitende / Lautbegleitende Gebärden) |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ३ वटा क्षेत्रहरू विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरू |
अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता | |
नियामक संस्था | कुनै आधिकारिक नियमन छैन (जर्मनेली हिज्जे परिषदद्वारा हिज्जे नियमन)[१२] |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | de |
आइएसओ ६३९-२ | ger (B) deu (T) |
आइएसओ ६३९-३ | विविध:deu – मानक जर्मनेलीgmh – मध्य उच्च जर्मनेलीgoh – परम्परागत उच्च जर्मनेलीgct – Colonia Tovar dialectbar – बाएरिस्च भाषाcim – जिमब्रिस्च भाषाgeh – हटरिस्च जर्मनेलीksh – कोल्स्च भाषिकाnds – न्युन जर्मनेलीsli – सलस्च जर्मनेलीltz – लक्जेमबर्गी भाषाvmf – Main-Franconian dialectsmhn – Mòcheno languagepfl – Palatine German languagepdc – पेल्सनभेनियाली जर्मनेली भाषाpdt – Plautdietsch languageswg – स्वाबियाली जर्मनेलीgsw – स्वीस जर्मनेलीuln – उन्सेरडोयच भाषाsxu – माथिल्लो निम्न जर्मनेलीwae – वास्लर जर्मनेलीwep – वेस्टफेलियाली भाषाhrx – Riograndenser Hunsrückisch Germanyec – यिद्दी भाषा |
ग्लोटोलग | high1287 उच्च फ्रान्कोनियाली[१३]uppe1397 माथिल्लो जर्मनेली[१४] |
![]() | |

जर्मनेली भाषा विश्वको प्रमुख भाषाहरूमध्ये एक हो। जर्मनेली अङ्ग्रेजी पछि पहिलो र दोस्रो भाषाको रूपमा दोस्रो सबैभन्दा बढी बोलिने जर्मनेली भाषा हो। यस भाषालाई व्यापक रूपमा विदेशी भाषाको रूपमा सिकाइन्छ भने विशेषगरी महाद्वीपीय युरोपमा यो भाषा अङ्ग्रेजी र फ्रान्सेली पछि तेस्रो सबैभन्दा बढी सिकाइने विदेशी भाषा पनि हो। संयुक्त राज्य अमेरिकामा समग्रमा जर्मनेली चौथो सबैभन्दा बढी सिकाइने दोस्रो भाषा हो भने यो संयुक्त राज्य अमेरिकामा के-१२ शिक्षामा तेस्रो सबैभन्दा बढी सिकाइने दोस्रो भाषा पनि हो। यो भाषा दर्शन, धर्मशास्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा प्रभावशाली रहेको छ। यो विज्ञानमा दोस्रो सबैभन्दा बढी प्रयोग गरिने र वेबसाइटहरूमा तेस्रो सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने भाषा हो। जर्मनेली भाषी देशहरू नयाँ पुस्तकहरूको वार्षिक प्रकाशनको सन्दर्भमा पाँचौँ स्थानमा छन् भने विश्वका सबै पुस्तकहरूको (ई-पुस्तकहरू सहित) दसौँ भाग जर्मनमा प्रकाशित हुन्छन्।
अन्य पश्चिम जर्मनेली भाषाहरू जस्तै; अफ्रिकन, डच, अङ्ग्रेजी, फ्रिसियन भाषाहरू र स्कट्ससँग जर्मनेली भाषाको सबैभन्दा नजिकको सम्बन्धित रहेको छ। यसमा डेनिस, नर्वेली र स्विडेनी जस्ता उत्तर जर्मनेली भाषा समूहका केही भाषाहरूको शब्दावलीमा घनिष्ठ समानताहरू पनि रहेका छन्। आधुनिक जर्मनेली भाषा विस्तारै प्राचीन उच्च जर्मनेलीबाट विकसित भएको थियो।[१५]
जर्मनेली एक बहुकेन्द्रीय भाषा हो। यसका तीन मानकीकृत संस्करणहरू अन्तर्गत जर्मनीमा बोलिने जर्मनेली, अस्ट्रियामा बोलिने जर्मनेली र स्विट्जरल्यान्डमा बोलिने जर्मनेली रहेका छन्। मानक जर्मनेली भाषालाई कहिलेकाहीँ उच्च जर्मनेली भाषा पनि भन्ने गरिएको पाइन्छ जसले यसको क्षेत्रीय उत्पत्तिलाई बुझाउँछ। युरोप र विश्वका अन्य भूभागहरूमा अवस्थित थुप्रै प्रकारका उपभाषाहरूका साथमा जर्मनेली भाषाका उपभाषाहरू पनि उल्लेखनीय रहेका छन्। यी मध्ये केही गैर-मानक उपभाषाहरू क्षेत्रीय वा राष्ट्रिय सरकारहरूद्वारा मान्यता प्राप्त र संरक्षित अवस्थामा छन्।
सन् २००४ देखि जर्मनेली भाषी देशका राष्ट्रप्रमुखहरूको प्रत्येक वर्ष बैठक हुँदै आएको छ भने जर्मनेली लेखनविधि परिषद् जर्मनेली लेखनविधिको नियमन गर्ने मुख्य अन्तर्राष्ट्रिय निकाय छ।[१६]
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ वेब्याक मेसिन O povo pomerano no ES. (२१ डिसेम्बर २०१२[समयचिह्न लम्बाइ] मिति अभिलेखिकरण)
- ↑ वेब्याक मेसिन Plenário aprova em segundo turno a PEC do patrimônio. (३० नोभेम्बर २०१४[समयचिह्न लम्बाइ] मिति अभिलेखिकरण)
- ↑ वेब्याक मेसिन ALEES – PEC que trata do patrimônio cultural retorna ao Plenário (१४ डिसेम्बर २०१३ मिति अभिलेखिकरण)
- ↑ LEI 14.061 – Declara Integrante Do Patrimônio Histórico E Cultural Do Estado Do Rio Grande Do Sul A “Língua Hunsrik”, De Origem Germânica वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३० मिति
- ↑ LEI Nº 14.061, de 23 de julho de 2012 – Declara integrante do patrimônio histórico e cultural do estado do Rio Grande do Sul a língua hunsrik, de origem germânica वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३० मिति
- ↑ Instituto de Investigação e Desenvolvimento em Política Linguística: Lista de línguas cooficiais em municípios brasileiros – Liste von brasilianischen Gemeinden, welche eine ko-offizielle Sprache, z. B. Deutsch und den ostpommerschen oder hunsrückischen Dialekt, eingeführt haben वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-१२ मिति, abgerufen am 16. Juli 2019 (portugiesisch)
- ↑ वेब्याक मेसिन Deutsch in Namibia (२८ मे २०१६ मिति अभिलेखिकरण)
- ↑ Rüdiger Danowski: Zur Lage der deutschen Minderheit in Polen seit 1989. ostpreussen-info.de, abgerufen am 13. November 2009.
- ↑ वेब्याक मेसिन Regional- und Minderheitensprachen der Europäischen Union – Euromosaik-Studie: Deutsch in Ungarn (२४ अगस्ट २००९ मिति अभिलेखिकरण)
- ↑ वेब्याक मेसिन Regional- und Minderheitensprachen der Europäischen Union – Euromosaik-Studie: Deutsch in der Slowakei (२४ अगस्ट २००९ मिति अभिलेखिकरण)
- ↑ Ratifizierung der Europaischen Charta für Regional- oder Minderheitensprachen. Abgerufen am 5. Mai 2003.
- ↑ "Über den Rat", जर्मनेली भाषा संस्था, अन्तिम पहुँच ११ अक्टोबर २०१०।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "उच्च फ्रान्कोनियाली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "माथिल्लो जर्मनेली भाषा परिवार", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Chase, Jefferson (२०१६-०९-२५), "Preserving endangered German dialects", Deutsche Welle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०९-०२।
- ↑ Land, Lëtzebuerger (२ सेप्टेम्बर २०१६), "Beim Deutschen Bund in Eupen", Lëtzebuerger Land, मूलबाट २१ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०२३।