रोमन साम्राज्य

रोमन साम्राज्य (ल्याटिन: Imperium Romanum, Classical Latin: [ɪmˈpɛri.ũː roːˈmaːnũː]; ढाँचा:Lang-grc-x-koine) (२७ ई.पू. – ४७६ (पश्चिम); १४५३ (पूर्व)) यूरोपको रोम नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी यूरोप को साथ साथै उत्तरी अफ्रिकाअनातोलिया क्षेत्र थियो। फारसी साम्राज्य यसको प्रतिद्वन्दी थियो जो युफ्रेटस नदीको पूर्वमा स्थित थियो। रोमन साम्राज्यमा अलग-अलग स्थानमा ल्याटिनयूनानी भाषा बोलिन्थ्यो र सन् १३० मा यश साम्राज्यले ईसाई धर्मलाई राजधर्म घोषित गरेको थियो।

आफ्नो उच्चतम विस्तार अवस्थामा ११७ इस्वीमा रोमन साम्राज्य
रोमन साम्राज्यको उत्थान एवं पतन

यो साम्राज्य विश्वको सबैभन्दा विशाल साम्राज्यहरु मध्ये एक थियो। पाँचौ शताब्दीको अन्तसम्ममा यस साम्राज्यको पतन भयो र इस्तान्बुल (कन्स्टेन्टिनोपल) यसको पूर्वी शाखाको राजधानीमा सन् १४५३ मा उस्मान (ऑटोमन तुर्क) ले यसमाथि अधिकार गरे। यो यूरोपको इतिहास र संस्कृतिको एक महत्त्वपूर्ण अङ्ग हो।

साम्राज्य निर्माणसम्पादन

रोमन साम्राज्य रोमन गणतन्त्रको परवर्ती थियो। अक्टेवियन ले जूलियस सिजर र सबै सन्तानलाई मारे र उसले मार्क एन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे। यसपछि अक्टेवियनलाई रोमन सिनेटले अगस्टस नाम प्रदान गर्यो। उनी अगस्टस सिजरको नाममा सत्तासीन भए। त्यसपछि सिजर नाम एक पारिवारिक उपनाम भन्दा माथी एक पदवी स्वरूपको नाम बन्न पुग्यो। यसैबाट निस्केको शब्द जार (रुस मा) र कैजर (जर्मनी र टर्की) मा अझै पनि विद्यमान छ।

गृहयुद्धको कारण रोमन प्रान्त (लिजन )हरूको सङ्ख्या ५० बाट घटाएर २८ सम्म मा सिमित गरिएको थियो । जुन जुन प्रान्तको वफादारीमा सन्देह/ शंका थियो उसलाई साम्राज्य बाट सिधै निकालियो। डेन्युब र एल्बे नदिमा आफ्नो सिमा तय गर्ने को लागि अक्टेवियन (अगस्टस) ले इल्लीरिया, मोएसिया, पैन्नोनिया र जर्मेनिया माथि आक्ररमण गर्ने आदेश दिए । उनको प्रयासले राइन र डेन्युब नदि उत्तरमा साम्राज्यको सिमा बन्यो।

अगस्टस पछी टाइबेरियस सत्तारूढ भए। उनी जूलियस को तेश्रो पत्नीको पहिलो बिबाहबाट जन्मेका पुत्र थिए । उनको शासन शान्तिपूर्ण रह्यो । उनीपछी कैलिगुला आए जसको सन् ४१ मा हत्या गरियो। परिवारको एक मात्र उत्तराधिकारी क्लाउडियस शासक बने । सन् ४३ मा उनले ब्रिटेन (दक्षिणार्ध)लाई रोमन उपनिवेश बनाए । त्यसपछि निरो सत्तासिन भए जसले सन् ५८-६३ को बीच पर्सियन (फारसी साम्राज्य) को साथ सफलता पूर्वक शान्ति सम्झौता गरे। निरो रोममा लागेको एक आगो को कारण प्रसिद्ध थिए । भनिन्छ कि सन् ६४ मा जब रोम आगो मा जलिरहेको थियो तब उनी बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा उनले आत्महत्या को लागि बाध्केय हुन पर्यो। सन् ६८-६९ सम्म रोम मा अराजकता छायो र गृहयुद्ध भयो । सन् ६९-९६ सम्म फ्लाव वंशको शासन आयो । पहिलो शासक वेस्पेसियन ले स्पेन मा कयौं सुधार कार्यक्रम चलाए। उनले कोलोसियम (एम्फीथियेटरम् फ्लावियन) को निर्माण को आधारशिला पनि राखे ।

सन् ९६-१८० को काल लाई पाँच योग्य सम्राटहरू को काल भनिन्छ। यस समयको राजाहरूले साम्राज्य मा शान्तिपूर्ण ढंगले शासन गरे । पूर्व मा पर्सियन साम्राज्य सँग पनि शान्तिपूर्ण सम्बन्ध रह्यो। यद्यपि फारस संग अर्मेनिया तथा मेसोपोटामिया मा रोमन को युद्ध भए तर उनको विजय र शान्ति समझौता बाट साम्राज्यको विस्तार कायम रही रह्यो। सन् १८० मा कमोडोस, जो मार्कस अरेलियस सा पुत्र थिए, शासक बने । उनको शासन पहिले त शान्तिपूर्ण रह्यो तर पछी उनको बिरुद्ध विद्रोह र हत्याको प्रयत्न भए । यसबाट भयभीत र यसैको कारण अत्याचारी बन्दै गए।

सेरेवन वंशको समय रोमको सबै प्रान्तवासीलाई रोमन नागरिकता प्रदान गरियो। सन् २३५ सम यो वंश समाप्त भयो। यसपछि रोम को इतिहासमा सङ्कट को समय आयो। पूर्वमा फारसी साम्राज्य शक्तिशाली हुदै गयो। साम्राज्य भित्र पनि गृहयुद्ध को स्थिति आयो। सन् ३०५ मा कन्स्टेंटाइन को शासन आयो। यसै वंश को शासनकालमा रोमन साम्राज्य विभाजित भयो। सन् ३६० मा यस साम्राज्य को पतन पश्चात साम्राज्य सुस्त सुस्त कमजोर हुँदै गयो। पाँचौ शताब्दी सम्म साम्राज्यको पतन हुन लाग्यो र पूर्वी रोमन साम्राज्य पूर्व मा सन् १४५३ सम्म कायम रह्यो।

शासक सूचीसम्पादन

Portrait नाम शासन उत्तराधिकारी जीवन वर्णन
  अगस्टसImperator Caesar Augustus १६ जनवरी २७इसा पूर्व –१९ अगस्ट १४ इसा (40 years, 7 months and 3 days) जुलियस सिजरको धर्मपुत्र तथा भतिजा नाति , became emperor as a result of settlement with the Roman Senate २३ September ६३ BC – १९ August सन् १४ (aged ७५)[१]

प्राकृतिक मृत्यु

  TiberiusTiberius Caesar Augustus १८ सितंबर ई। १४ - १६ मार्च ३७

१८ September सन् १४ – १६ March ३७ (त्रुटी:अमान्य समय। २२ वर्ष, ५ महिना, र २६ दिन)

अगस्टसको झट्केलो छोरा, ज्वाइँ तथा धर्मपुत्र १६ November ४२ BC – १६ March सन् ३७ (aged ७७)[२]

Died probably of natural causes, possibly murdered at the instigation of Caligula

  Caligula(formally Gaius)

Gaius Caesar Augustus Germanicus

१८ मार्च सन् ३७ - २४ जनवरी ४१

(त्रुटी:अमान्य समय। ३ वर्ष, १० महिना, र ६ दिन)

Grandnephew and adoptive grandson of Tiberius, great-grandson of Augustus ३१ August सन् १२ – २४ January ४१ (aged २८)[३]

Murdered in a conspiracy involving the Praetorian Guard, senators and freedmen

  ClaudiusTiberius Claudius Caesar Augustus Germanicus २४ जनवरी सन् ४१ - १३ अक्टूबर ५४

(त्रुटी:अमान्य समय। १३ वर्ष, ८ महिना, र १९ दिन)

Uncle of Caligula, grandnephew of Augustus, proclaimed emperor by the Praetorian Guard and accepted as such by the Senate १ August १0 BC – १३ October सन् ५४ (aged ६३)[४]

Probably poisoned by his wife Agrippina, in favour of her son Nero

  निरो

Nero Claudius Caesar Augustus Germanicus

१३ अक्टूबर सन् ५४ - ९ जुन सन् ६८

(त्रुटी:अमान्य समय। १३ वर्ष, ७ महिना, र २७ दिन)

Grandnephew, stepson, son-in-law and adopted son of Claudius, great-great-grandson of Augustus १५ December सन् ३७ – ९ June ६८ (aged ३0)[५]

सिनेटद्वारा सार्वजनिक दुश्मन घोषित भएपछी आत्महत्या

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. DIR, "Augustus"; Kienast, pp. 61, 63.
  2. Kienast, p. 76; DIR, "Tiberius".
  3. Kienast, p. 85; DIR, "Gaius (Caligula)".
  4. Kienast, p. 90; DIR, "Claudius".
  5. Kienast, pp. 96–97.