पृथ्वी
पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्यो। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।
![]() पृथ्वीको तस्वीर | |||||||||||||
कक्षपथको विशेषताहरू | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
युग J2000.0 [n १] | |||||||||||||
अपसूर | |||||||||||||
अनुसूर | |||||||||||||
अर्ध-मुख्य अक्ष | |||||||||||||
विलक्षणता | ०.०१६७११२३[१] | ||||||||||||
कक्षीय अवधि | |||||||||||||
औसत कक्षीय गति | |||||||||||||
औसत गति | ३५७.५१७१६deg[२] | ||||||||||||
झुकाव |
| ||||||||||||
उदविन्दुरको देशान्तर | ३४८.७३९३६ deg[२][n ३] | ||||||||||||
अनुसूरको सिद्धान्त | ११४.२०७८३ deg[२][n ४] | ||||||||||||
उपग्रहहरू |
| ||||||||||||
भौतिक विशेषताहरू | |||||||||||||
औसत व्यास | ६३७१.०किमी[५] | ||||||||||||
भूमध्यरेखीय अर्धव्यास | ६३७८.१किमी[६][७] | ||||||||||||
ध्रुव अर्धव्यास | ६३५६.८किमी[८] | ||||||||||||
समरुपताको | ०.००३३५२८[९] 1/298.257222101 (ETRS89) | ||||||||||||
परिधि |
| ||||||||||||
सतहको क्षेत्रफल | |||||||||||||
आयतन | १.०८३२१×१०१२किमी३[२] | ||||||||||||
द्रव्यमान | |||||||||||||
औसत घनत्व | ५.५१४g/cm3[२] | ||||||||||||
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण | |||||||||||||
रिहाइ वेग | ११.१८६km/s[२] | ||||||||||||
नाक्षचित्र घृर्णनकाल | ०.९९७२६९६८d (23h 56m 4.100s) | ||||||||||||
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग | १,६७४.४ किमी/घंटा (४६५.१ मी/सेक) | ||||||||||||
अक्षीय ढाल | 23 deg 26 min 21.4119 s | ||||||||||||
प्रतिफलन अनुपात | |||||||||||||
| |||||||||||||
वायुमण्डल | |||||||||||||
सतहको चाप | १०१.३२५ढाँचा:Convert/ScientificValue/LonAonSoff (at MSL) | ||||||||||||
गठन |
|
भौतिक विशेषताहरू
आकार
पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। यसको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो ) र सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च) रहेको छ।
बनावट
पृथ्वीमा भएका तत्वहरू: [१] is:
-
अक्सिजन: २८ .२ % फलाम: ३४ .१ % सिलिकन: १७ .२ % म्यागनेसियम: १५ .९ % निकेल: १ .६ % क्यालसियम: १ .६ % सिलाबर: १ .५ % सल्फर: ० .७० % सोडियम: ० .२५ % टाइटेनियम: ० .०७१ % पोटासियम: ० .०१९ % अरु पदार्य: ० .५३ % कोर
- पृथ्वीको औशत् घनत्व ५,५१५kg/m3 छ त्यसैले यो सौर्य परिवारको सबैभन्दा बढी घनत्व भएको ग्रह हो। पृथ्वीको सतहमा रहेका पदार्थहरूको घनत्व करीब् ३,०००kg/m३, मात्र हुन्छ यसले पृथ्वीको केन्द्रमा अत्याधिक् घनत्व भएका पदार्थहरू पाइन्छन् भन्ने कुरालाई पुष्टी गर्छ।
-
यसकारण छ पृथ्वीमा जीवन
-
पृथ्वीमा जीवन प्रारम्भ हुनुमा एउटा महत्त्वपूर्ण संयोग हो, सूर्य र पृथ्वी बीचको दूरी ।हाम्रो पृथ्वी र सूर्यदेखि ह्याभीटेभल जोन’‘ अथवा ‘गोल्डीलाक जोन’ मा रहेको छ । मातृ तारा संग उचित दुरीमा रहेका ग्रहलाइ ह्याभीटेभल जोन’ मा रहेको भनिन्छ । मातृतारासंग दूरी कम अथवा बढ़ी हुँदा ग्रहमा जीवन हुर्किने सम्भावना रहँदैन । सूर्यबाट पृथ्वीको तुलनामा नजिक रहेका दुइटा ग्रह बुध र शुक्रमा अत्यधिक तापका कारण जीवन हुर्किने उपयुक्त वातावरणको संयोग भएन । त्यसैगरी पृथ्वीको तुलनामा टाढा रहेका अन्य ग्रह मंगल, वृहस्पति, शनिलगायतका ग्रहहरुमा तापको कमीका कारणले उपयुक्त वातावरण जुराउने संयोग घटित हुन सकेन । सूर्यबाट प्रकाशका माध्यमले पृथ्वीसम्म आउने ताप र पृथ्वीको भित्री ‘कोर’ बाट बाहिरी सतहसम्म आउने तापका कारण नै पृथ्वीमा तीनवटै अवस्थामा पानी उपलब्ध हुन्छन् । ती तीनवटा अवस्था भनेको ठोस– हिउँजस्तो (Solid), द्रव– तरल पानी (Liquid ) र ग्याँस– जलवाष्प (Water Vapour) हुन्।हामी जसलाई जीवन भनी बुझ्छौं त्यसका लागि पानीको द्रव अवस्था (तरल पानी) परम आवश्यक छ । पृथ्वीमा जीवनको प्रारम्भ नै पानीमा भएको थियो । कुनै पनि प्राणी पानी बिना बाँच्न सक्दैनन ।पृथ्वीमा चारैतिर जीवन छ । पृथ्वीमा जीवन एवं तरल पानी उपलब्ध भएकोले यो ब्रह्माण्ड कै अद्वितीय ग्रह हो ।‘रेडियोधर्मी डेटिङ’ र अन्य साक्ष्य स्रोतका अनुसार पृथ्वीको निर्माण झण्डै ४.५४ अर्ब वर्ष पहिला भएको थियो । पृथ्वीमा जीवनको प्रारम्भ भने १ अर्ब वर्ष पहिला मात्रै भएको हो ।वैज्ञानिकहरूका अनुसार पृथ्वीमा ‘प्रथम जीवन’ को उत्पत्ति ‘अजैविक तत्त्व’ (Abiotic Components And Abiotic Factors ) ले भएको थियो ।'बायोलोजी’ र ‘इकोलोजी’ काअनुसार जीवनरहित रसायन (Non Living Chemicals) र वातावरणमा रहेका तत्वहरू नै ‘अजैविक तत्त्व’ हुन् । पानी, प्रकाश, रेडियोधर्मिता ( Radiation ), ताप , आद्रता (Humidity ) र वातावरण सबै ‘अजैविक तत्व’ हुन् । यिनैको आपसी संयोगले पृथ्वीमा जीवनको शुभारम्भ भएको मानिन्छ ।
पृथ्वीको आकार किन गोलाकार छ ?
- सबै ग्रह, उपग्रह र ताराको आकार गोलो हुन्छ । प्रश्न स्वाभाविक रुपमा उठन सक्छ, यी सबै गोलो किन हुन्छन् ?
-
स्वाभाविक प्रश्नको जवाफ पनि सहज र स्वाभाविक छ । आफ्नो अक्ष (Axis ) मा धुम्ने कुनै पनि पिण्ड गोलो नै हुन्छ । प्रयोग गरी हेर । कुनै पनि आकारको वस्तुलाई फन्फनी घुमाउने प्रयास गर ,घुम्न थालेपछि त्यस वस्तुको आकार जस्तोसुकै होस्, त्यो तिमीलाई गोलो देखिन थाल्छ । र, त्यस वस्तुको घूमने क्रम नरोकिएसम्म त्यो वस्तु गोलो नै देखिन्छ । सबै ग्रह, उपग्रह, तारा आफ्नो अक्षमा घुमिरहेका छन् । त्यसैले गर्दा सबै गोलो देखिन्छन् । वास्तवमा नै यी सबै खगोलीय पिण्ड गोलो हुन् अथवा होइनन् यो जानने कुनै उपाय छैन । तिमी नै सोची हेर, तिमी कोठामा नहुँदा तिम्रो साथीले कुनै वस्तु फनफनी घुमायो । तिमी वस्तु घुम्न थालेपछि कोठामा आयौ । घुमिरहेको वस्तु तिमीले गोलो देख्छौ । र, वस्तु नरोकिएसम्म तिमीसंग त्यो वस्तुको वास्तविक स्वरुप जान्ने कुनै उपाय हुन्न । तिम्रो साथीले घुमाएको वस्तु त एक निश्चित अवस्थामा अवश्य रोकिन्छ । त्यतिबेला तिमीले थाहा पाउन सक्छौ कि घुमेको अवस्थामा गोलो देखिएको त्यो वस्तु वस्तु वास्तवमै गोलो हो कि अन्य कुनै आकारको ? तर हामी यो कुरा खगोलीय पिण्डहरुमा थाहा पाउन सक्दैनौं किनभने कुनै पनि खगोलीय पिण्ड कहिल्यै पनि रोकिदैनन । तसर्थ तिनको बारेमा हामीलाई यही मात्र जानकारी छ, ती गोलाकार छन् ।तर कुनै पनि खगोलीय पिण्ड गोलो घुमिरहँदा एक प्रकारका छद्म बल अभिकेंद्रिय बल ‘सेन्ट्रीफ्युगल फोर्स’ (Centrifugal Forse ) उत्पन्न हन्छ, यस छद्म बलका कारणले त्यो संरचना पूर्णरुपमा गोलो रहन सक्दैन । यस (‘सेन्ट्रीफ्युगल फोर्स’) को कारणले पृथ्वी पनि पूर्णरूपमा गोलो छैन । पृथ्वीको मध्यको व्यास (Diameter ) १२ हजार ७४२ किमी एवं ध्रुवीय व्यास (Polar Diameter ) १२ हजार ७१४ किमी र अक्षीय व्यास (Equatorial Diameter ) १२ हजार ७५६ किमी रहेको छ ।ॐ
सूर्यको परिक्रमा र आफ्नै अक्षको पनि परिक्रमा
- थ्वीले सूर्यको परिक्रमा गर्नुका साथै आफ्नो अक्षमा पनि परिक्रमा गर्छ । पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्न ८६१६४.०९८९०९१ सेकेन्डको समय लाग्छ । यो परिक्रमा अवधिमा गोलो पृथ्वीको जुन भागमा सूर्यको प्रकाश पर्छ त्यहाँ दिन र प्रकाश नपर्ने भागमा रात्रि हुन्छ । माथि भनिएको ८६१६४ सेकेण्डको समय नै तिम्रो एक रात र दिनको अवधि हो । यसैलाइ हामी मोटामोटी रूपमा गणना गर्दा २४ घण्टाको समय भन्छौं । पृथ्वीलाई आफ्नो अक्षको परिक्रमा गर्न २४ नभएर २३ घण्टा ५६ मिनट र ४. १ सेकेण्डको समय लाग्छ ।
तिमीहरुलाई थाहै छ पृथ्वीले आफ्नो अक्षको परिक्रमा गर्नुका साथै सूर्यको पनि परिक्रमा गर्छ । सूर्यको एक परिक्रमा गर्न पृथ्वीलाई ३ करोड़ १४ लाख ७१ हज़ार ४३७ दशमलब १२७ सेकेण्डको समय लाग्छ । यो नै हामीले मानेको एक वर्षको समय हो । हामीले सजिलोका लागि एक वर्षमा ३६५ दिनको गणना गर्छौं ।तर पृथ्वीलाई सूर्यको एक परिक्रमा गर्न ३६५ दशमलब २५ दिनको समय लाग्छ । प्रत्येक ४ वर्षमा यो बढ़ी भएको समयलाई समायोजन गरिन्छ । फेब्रुअरीमा २९ दिन पनि हुन्छन् भन्ने तिमीहरुलाई थाहै छ ।
पृथ्वीले सूर्यको परिक्रमा दीर्घवृत्तीय (Elliptical ) कक्ष (Orbit) मा गर्छ । यसले गर्दा सूर्य र पृथ्वी बीचको दूरी परिवर्तित भइराख्छ ।आफ्नो परिक्रमा पथमा पृथ्वी सूर्यको नजिक पुग्दाको स्थितिलाई अपसौरिक (Perihelion) भनिन्छ र टाढा हुँदाको स्थितिलाई उपसौरिक (Aphelion) भनिनछ ।
पृथ्वी र सूर्य बीच को औसत दूरी १४ करोड़ ९६ लाख किमी रहेको छ । पृथ्वी र सूर्य बीचको यसै दूरीलाइ १ ऐ यू भनिन्छ । पृथ्वी र सूर्य नजिक हुँदाको स्थितिमा यो दूरी घटेर १४ करोड़ ७० लाख ९५ हज़ार किमीमा आईपुग्छ । यसैगरी दुबै टाढा हुँदाको स्थितिमा यो दूरी बढेर १५ करोड़ १९ लाख ३० हज़ार किमीसम्म पुग्छ ।
यसकारण सूर्य पूर्वबाट उदाउँछ
पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्छ भन्ने कुरा तिमीहरुलाई थाहा नै छ । पृथ्वी पूर्वमुखी ( Eastward) भएर आफ्नो अक्षमा घुम्छ । पृथ्वीको अक्षमा घुम्ने गति ४६५ मीटर प्रति सेकेण्ड रहेको छ । यस गतिलाइ घण्टामा परिवर्तित गर्दा यसको मान १६७४ किमी प्रति घण्टा हुन आउछ । पूर्वमुखी भएर घुमेका कारणले नै संसारको सबै ठाउँमा सूर्योदय पूर्वबाट भएको देखिन्छ ।
पृथ्वीको परिक्रमा गति
पृथ्वीको अक्षमा घुम्ने गतिबारे कुरा हुँदा तिमीहरुलाई पृथ्वीले सूर्यको चारैतिर कुन गतिले घुम्छ भन्ने जिज्ञासा भयो होला ? पृथ्वीले सूर्यको परिक्रमा गर्दा यसको गति २९.७८ किमी प्रति सेकेण्ड हुन्छ । अहिलेसम्म पृथ्वीमा जन्मिएका कुनै पनि मानिसले पृथ्वीको यस गति सरहको गतिले यात्रा गर्ने सौभाग्य पाएका छैनन् ।वैज्ञानिकहरुले अन्तरिक्ष यात्राका लागि पठाइने रकेटको सर्वाधिक गति १७ किमी प्रति सेकेण्ड मात्रै रहेको हुन्छ ।
पृथ्वीको तापक्रम
पृथ्वी हाम्रो बसोवासको ग्रह भएको हुनाले यसका बारेका धेरै तथ्य हामीलाई थाहा भइसकेका छन् । र पनि धेरै तथ्य अझै हाम्रो पहँचभन्दा टाढा रहेका छन् ।
हामी बसेको पृथ्वीको सतहको सरदर तापमान १५ देखि ३० डिग्री सेन्टिग्रेड रहेको छ ।सम्पूर्ण पृथ्वीको सरदर तापमान भने १४ डिग्री सेन्टिग्रेड छ । पृथ्वीको यही सरदर तापमान वृद्धिलाई 'ग्लोबल वार्मिंग' भनिन्छ । पृथ्वीमा अहिलेसम्म प्राकृतिकरुपमा रेकर्ड गरिएको न्यून तापमान –८९ डिग्री र अधिकतम तापमान ५६.७ डिग्री रहेको छ ।
क्षेत्रफल
गोलो पृथ्वीको सतहको कुल क्षेत्रफल ५१ करोड ७२ हजार वर्ग किमी छ । यस क्षेत्रफलको ७०.८ प्रतिशत भाग ठुलfठूला महासागरले ओगटेका छन् । महासागरले ओगटेको भागको क्षेत्रफल झण्डै ३६ करोड़ ११ लाख ३२ हजार वर्ग किमी छ । बाँकी १४ करोड़ ८९ लाख ४० हजार वर्ग किमी मात्रै जमीन छ ।
तिमीहरूले गणितको कक्षामा गोलो वस्तुको आयतन (Volume) ,क्षेत्रफल (Area),त्रिज्या (Radius ) र परिधि (Circumference ) कसरी ज्ञात गर्न सकिन्छ भन्नेबारे पढ़ेको हुनुपर्छ । वस्तुको व्यास ( Diameter ), त्रिज्या अथवा क्षेत्रफल मध्ये कुनै एउटा कुरा ज्ञात छ भने हामी सजिलै अन्य कुरा थाहा पाउन सक्छौं । यस लेखको माथि कतै पृथ्वीको डायमीटर कति छ भन्ने उल्लेख गरिएको छ । यसको सहायताले हामी पृथ्वीको आयतन, परिधि, रेडियस क्षेत्रफल सबै थाहा पाउन सक्छौं ।
पृथ्वीरूपी गोलाको आयतन १.०८३२ x १०१२ घन किमी छ । क्षेत्रफल माथि वर्णन गरिएको छ । यसको रेडियस ६,३७१ किमी छ । र यसै गरी पृथ्वीको परिधि ४००७५ किमी रहेको छ । आफ्नो गणित अध्यापकको सहयताले मैले लेखेको सबै तथ्य जाFच गरी हेर ।
पृथ्वी लाखौं लाख विशेष गुणले सम्पन्न भएकोले यहाँ जीवन हुर्किन, फर्किन सम्भव भएको हो-
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedstandish_williams_iau
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ २.८ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedearth_fact_sheet
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedAllen294
- ↑ "How Many Satellites are in Space?", Universe Today, २०१३-१०-२४, अन्तिम पहुँच २०१४-०२-०१।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhbcp2000
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedusno
- ↑ ७.० ७.१ World Geodetic System (WGS-84). Available online from National Geospatial-Intelligence Agency.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namediers
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedWGS-84-2
- ↑ The Earth's circumference is almost exactly 40,000 km because the metre was calibrated on this measurement – more specifically, 1/10-millionth of the distance between the poles and the equator.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedPidwirny 2006_8
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedcia
- ↑ "Solar System Exploration: Earth: Facts & Figures", NASA, १३ Dec २०१२, अन्तिम पहुँच २०१२-०१-२२।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedyoder12
- ↑ National Oceanic & Atmospheric Administration (NOAA) – Earth System Research Laboratory (ESRL), Trends in Carbon Dioxide.
बाहिरी कडीहरू
- USGS Geomagnetism Program
- [२] (pdf) - density, pressure, gravity, P-wave र S-wave seismic wave velocities, र Poisson's ratio as a function of depth
- How to destroy the Earth
विकिमिडिया कमन्समा पृथ्वी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
उद्दरण त्रुटी:<ref>
tags exist for a group named "n", but no corresponding<references group="n"/>
tag was found - ↑ १.० १.१ उद्दरण त्रुटी: Invalid