वसन्त ऋतु शिशिर ऋतुगृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्रबैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

वसन्त
तापक्रमको मौसम
वसन्त ऋतुमा पुलेका चेरीका फूलहरू
उत्तरी तापक्रम क्षेत्र
खगोलीय मौसम२० मार्च – २१ जुन
मौसमविज्ञान अनुसारको मौसम१ मार्च – ३१ मे
सौर्य (सेल्टिक) मौसम१ फेब्रुअरी – ३० अप्रिल
दक्षिणी तापक्रम क्षेत्र
खगोलीय मौसम२२ सेप्टेमबर – २१ डिसेम्बर
मौसमविज्ञान अनुसारको मौसम१ सेप्टेमबर – ३० नोभेम्बर
सौर्य (सेल्टिक) मौसम१ अगस्ट – ३१ अक्टुबर
ग्रीष्म
वसन्त शरद
शिशिर
बसन्त ऋतुमा फुलेका फूलहरू

सन्दर्भ सूचीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्