आकाशगङ्गा
आकाशगङ्गा एक तारापुञ्ज हो जहाँ हाम्रो सौर्यमण्डल (पृथ्वी समेत) रहेको छ। यो एक सङ्खाकार (स्पाइरल)[१] तारापुञ्ज हो। यसको मुख्य चक्काको व्यास करिव ८०,००० देखि १ लाख प्रकाश वर्ष छ भने परिधि २,५०,००० देखि ३,००,००० प्रकाशवर्ष छ।
ब्रम्हाण्ड मा अबलोकन गर्न सकिने अरबौं तारापुञ्जहरू मध्येको एक हो आकाशगङ्गा।

इतिहाससम्पादन
आकाशगङ्गाको आयु ठम्याउन निक्कै कठिन छ, तापनि यस पुञ्जको सबै भन्दा पुरानो ताराको आयु अन्दाजि करिव १३.६ अर्ब वर्ष छ जुन लगभग यस तारापुञ्जकै आयु समान छ।[२]
संयोजन र बनावटसम्पादन
तारापुञ्ज गर्भसम्पादन
तारापुञ्जिय चक्का, जुन गर्भबाट बाहिरतिर उठेको छ, को व्यास करिब ७० हजार देखि एक लाख प्रकाशवर्ष लामो छ। [३] सूर्य देखि पुञ्जगर्भ सम्मेको दुरी करिव २६,००० ± १४०० प्रकाशवर्ष लामो रहेको अनुमान छ।
तारापुञ्जको गर्भमा धनुराशि ए नामको एक निक्कै घना पिण्ड रहेको छ जुन अति धेरै तौल भएको छ। यो एक निक्कै विशाल ब्ल्याक होल हो भन्ने अनुमान गरिएको छ। सबैजसो तारापुञ्जको गर्भमा एक विशाल ब्ल्याक होल रहेको हुन्छ भन्ने अनुमान गरिएको छ।[४]
सन्दर्भसम्पादन
- ↑ C. Alard (२००१), "Another bar in the Bulge", Astronomy and Astrophysics 379 (2): L44–L47।
- ↑ Pasquini, L.; Galli, D. (अगस्ट १७, २००४), "How Old is the Milky Way?", European Southern Observatory, अन्तिम पहुँच २००७-०५-०९।
- ↑ Grant. J.; Lin, B. (२०००), "The Stars of the Milky Way", Fairfax Public Access Corporation, अन्तिम पहुँच २००७-०५-०९।
- ↑ Blandford, R.D. (1999). "Origin and evolution of massive black holes in galactic nuclei". Galaxy Dynamics, proceedings of a conference held at Rutgers University, 8–12 Aug 1998,ASP Conference Series vol. 182. http://adsabs.harvard.edu/cgi-bin/nph-bib_query?bibcode=1999ASPC..182...87B&db_key=AST&data_type=HTML&format=&high=455327e36328623.
विकिमिडिया कमन्समा आकाशगङ्गा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |