परमाणु
एक परमाणु साधारण पदार्थको सबैभन्दा सानो घटक एकाई हो जसमा रासायनिक तत्वको गुणहरू हुन्छ। प्रत्येक ठोस, तरल, ग्यास, र प्लाज्मा तटस्थ वा आयनित परमाणु मिलेर बनेको छ। परमाणु एकदम सानो हुन्छ; नमुना आकारहरू १०० पिकोमिटरको आसपास हुन्छन् (१ × १०-१० मिटर, एक मिलिमिटरको दस लाखौं भाग, वा १/२५,४०,००,००० इन्च)। तिनीहरू यति सानो छन् कि शास्त्रीय भौतिकविज्ञानको प्रयोग गरेर उनीहरूको व्यवहारको सही भविष्यवाणी गर्न सम्भव छैन (जस्तै यदि परमाणु गुच्चाहरु का आकारका भएका भए कस्तो चाल देखाउथे)। यो क्वान्टमको प्रभावहरुको कारणले हो। हालको आणविक मोडलहरूले यस ब्यवहारलाई राम्रोसँग व्याख्या गर्न र अनुमान गर्न क्वान्टम सिद्धान्तहरूको प्रयोग गर्दछन् ।