सौर्यमण्डल
सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरू तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन। सबै भन्दा प्रशिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन, पृथ्वी रहेको छ। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्ष, जुन लगभग चक्राकार छ,मा परिक्रमा गर्दछ। अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन। सौर्यमण्डलको बिचमा सूर्य रहेको छ।
ग्रहसम्पादन
सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरी ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरूलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या आठ पुगेको छ। सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह,सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।
यम (प्लुटो) अब ग्रह रहेनसम्पादन
यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन २००६मा खगोलशास्त्रीहरूले यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरी फुच्चेग्रह वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको कक्ष हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ।
हाल यम, सेरेस र एरिस समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।
सौर्यमण्डलिय पिण्डहरूको क्रमसम्पादन
हाम्रो सौर्यमण्डलमा जम्मा ८ ग्रह, ३ साना ग्रह र अन्य ठूला पिण्डहरू सूर्यको परिक्रमा गर्दछन। सूर्यबाट दुरिको आधारमा क्रममा पिण्डहरू यस प्रकार रहेका छन्:
- बुध
- शुक्र
- पृथ्वी
- मङ्गल
- क्षुद्रग्रह पेटी
- सेरेस
- बृहस्पति
- शनि
- अरूणग्रह
- बरूण
- यमग्रह
- एरिस
- कुइपर पेटी
- पुच्छ्रे तारा
अन्य धेरै बस्तुहरूले सूर्यको परिक्रमा गर्दछन र तिनिहरू सबै सौर्यमण्डलकै भाग हुन। उदाहरणको लागि, क्षुद्रग्रह पेटी, एक यस्तो क्षेत्रहो जहाँ धेरै ढुङ्गाहरू छन्। यिनिहरू ग्रहहरू भन्दा निक्कै साना छन्। कतिपय त एक किलोमिटर भन्दा छोटो व्यास भएकापनि छन्।
बाह्य सम्बन्धसम्पादन
विकिमिडिया कमन्समा सौर्यमण्डल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |