युरी गागरिन

युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin{{efn|रुसी: Юрий Алексеевич Гагарин, रुसी उच्चारण: [ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn] (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र अन्तरिक्ष दौडमा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल भोस्तोक १ ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान हिरो अफ सोभियत युनियन सहित कयौ पदक तथा उपाधीहरू पाए।

युरी गगारिन
Юрий Алексеевич Гагарин
Yuri Gagarin (1961) - Restoration.jpg
Gagarin in Helsinki, 1961
जन्मयुरी अलेक्सियेविच गगारिन
(१९३४-०३-०९)९ मार्च १९३४
कुल्सिनो, Smolensk Oblast, रुसी गणराज्य, सोभियत सङ्घ
मृत्यु२७ मार्च १९६८(१९६८-०३-२७) (३४ वर्ष)
Novosyolovo, रुसी सोभियत गणराज्य, सोभियत सङ्घ
निवासKremlin Wall Necropolis
राष्ट्रियतारसिया
नागरिकतासोभियत
पेशाPilot, अन्तरिक्ष यात्री
उचाइ१५७ सेन्टिमिटर (५ फिट २ इन्च)
पुरस्कार
सोभियत अन्तरिक्ष यात्री
क्रमCCCP air-force Rank polkovnik infobox.svg कर्णेल (Polkovnik), सोभियत एयर फोर्स
अन्तरिक्षमा बिताएको समय
१ घन्टा, ४८ मिनेट
छनौटSoviet Air Force Group 1
मिसनभोस्तोक १
हस्ताक्षर
Gagarin Signature.svg

अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत सङ्घ रूसको कुल्सिनो[१] भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी[२] गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ मा भोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए।

बाल्यकालसम्पादन

चौथो सन्तानमा तेश्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखौले दोस्रो विश्व युद्धमा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए। उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३मा काम गर्न वाध्य भए भने सन् १९४६मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्‍यो।

 
युरी गागरिन

सानैदेखि तिक्ष्ण स्वाभावका गागरिनको रूचि अन्तरिक्ष र ग्रहमा थियो। हवाईजहाज उडानमा खुब रूचि देखाउने उनले १९५५मा सैन्य हवाई जहाज प्रशिक्षणमा भाग लिए र १९५७मा उनी लेफि्टनेन्ट र १९५९मा वरिष्ठ लेफि्टनेन्ट भए।

अन्तरिक्ष कार्यक्रमसम्पादन

सन् १९६०मा सोभियत अन्तरिक्ष कार्यक्रममा उनीसहित २० जना हवाई चालकहरू छानिए जसमध्येमा विभिन्न छनौट प्रक्रियाबाट उनी अन्तरिक्षयानको लागि सक्षम साबित भए। सन् १९६१को अपि्रल १२ माभस्टोक १ का सफल उडानसँगै उनीले विश्वका नायक बन्दै सन् १९६३मा कर्णेल बने।विभिन्न स्रोतका अनुसार अन्तरिक्षमा यात्रा गरेको समयमा मैले यहाँमाथि कुनै पनि देवताहरू देखिन भनेका थिए। भन्नाले, स्वर्ग छैन र देवताहरू पनि नभएकाले धर्मविरूद्ध विज्ञानले जितेको भन्ने खोजेको हुनुपर्छ।

An April 1961 newsreel of Gagarin arriving in Moscow to be greeted by First Secretary निकिता ख्रुश्चेभ

भोस्तोक १ उडान पछिसम्पादन

 
गगारिन वार्सा,१९६१ मा

गगारिनको उडान सोभियत अन्तरिक्ष कार्यक्रमको अभूतपूर्व सफलता थियो र उनी सोभियत सङ्घ र पुर्वी ब्लकको नायक तथा संसार भर सेलिब्रेटी बने । संसार भरका पत्र पत्रिकाले उनको जीवनी र उनको उडान सम्बन्धी विवरण प्रकाशित गरे। उनलाई स्कर्टिङ गर्दै उच्च अधिकारीको मोटोकेडमा मस्को हुँदै क्रेमलिन पुर्याइयो जहाँ एक समारोह बिच निकिता ख्रुस्चेभले उनलाई "हिरो अफ सोभियत युनियन"बाट बिभुषित गरे। अन्य सहरहरूमा पनि दोश्रो विश्व युद्धको विजयी परेड पछीको भव्य प्रदर्शन गरियो।[३]

 
गगारिन र भ्यालेन्तिना तेरेस्कोभा (दायाँ) signing autographs at a youth forum in 1964

गागरिन सोभियत रूसको लागि महत्त्वपूर्ण र अमूल्य गहना भएको कारणले त्यहाँको सरकारले हवाईजहाजमा दुर्घटना परेर मृत्यु हुन सक्ने सम्भावना हेरेर बन्देज लगाउन प्रयास गरेको थियो। गागरिनका साथी भ्लाडिमिर कोमारोभ मुख्य चालक र उनी सह-चालक रहेको स्वयुज १मा उनका साथीको दुर्घटनामा मारिएपछि उनलाई सरकारले हजाईजहाज प्रशिक्षण गर्न र अन्तरिक्ष कार्यक्रममा बन्देज लगायो। तर केही समयपछि नै उनले स्टार शहर अन्तरिक्ष प्रशिक्षण आधार शिविरमा उप प्रमुखको रूपमा आफ्नो भूमिका निर्वाह गरे र त्यही समयमा सैनिक हवाई जहाज चालको रूपमा पूनः भूमिका निर्वाह गरे।

मृत्युसम्पादन

यसरी आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा सन् १९६८को मार्च २८मा हवाई प्रशिक्षक भ्लाडिमिर सेर्योजिनसँग युरी गागरिन आफ्नो नियमित प्रशिक्षणको क्रममा एमआईजी-१५ युटीआई नामक विमान र्किजाच शहरनजिकदुर्घटना परेर मरे। दुवैको लाशका अस्तुलाई रेड स्क्वाएरको क्रेमलिन पर्खालमा गाडिएको छ। श्रीमति भ्लालेन्टिनाका साथ दुई छोरीहरू इलेना र गालिनालाई छोडेर सदाका लागि विदा भए। दुबै छोरीहरू रसियाको सरकारी उच्च ओहदामा रहेका छन्।

गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन्। पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश अर्मेनियाले उनको सम्मानमा सुखोइ सुपर जेट १००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कूलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ। यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ। रसियाली, अमेरिकाली र इटालेली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन्।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि शितयुद्धका प्रतिद्वन्द्वी अमेरिकालाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो। यो उसको लागि सबैभन्दा ठूलो जित थियो।

सन्दर्भसम्पादन

  1. Script error: The function "harvard_citation_no_bracket" does not exist.
  2. Tito, Dennis (१३ नोभेम्बर २००६), "Yuri Gagarin", Time Europe, मूलबाट २६ मार्च २००८-मा सङ्ग्रहित। 
  3. Script error: The function "harvard_citation_no_bracket" does not exist.