दक्षिणी गोलार्ध
भूमध्य रेखाको दक्षिणमा रहेको पृथ्वीको आधा भाग
निर्देशाङ्कहरू: ४५°०′०″द॰ ०°०′०″पू॰ / ४५.०००००°S ०.०००००°E
दक्षिणी गोलार्द्ध[१] कुनै पनि ग्रहको आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल (दक्षिण तिर) हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी भाग तथा दक्षिणी गोलार्द्धको दक्षिणी भाग धेरै चिसो स्थान भएकोले त्यहाँ सधैंभरी हिउँले भरिएको हुन्छ। दक्षिणी गोलार्द्धको दक्षिणी ध्रुवमा त हिउँले बनेको विशाल महाद्वीप नै छ। यसको तुलनामा उत्तरी गोलार्द्धको उत्तरी भाग पुरै हिसाबले ठोस छैन, तर यहाँ समुद्रका बीच ठाउँ-ठाउँमा विशाल हिमखन्डहरू भेटिन्छन्। दक्षिणी गोलार्द्धमा अस्ट्रेलिया, दक्षिण अमेरिका, न्यूजीलेन्ड तथा अफ्रिका महाद्वीपहरूको दक्षिणी भाग पर्दछन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा दक्षिणी गोलार्ध सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।