किलोमिटर (छोट्करीमा सङ्केत: किमी) मेट्रिक प्रणालीमा लम्बाइको एकाइ हो। यो एक हजार मिटर (लम्बाइको एसआइ एकाइ) बराबर हुन्छ। अहिले यो संसारको अधिकांश भू-भागका भौगोलिक स्थानहरूबीच दूरी व्यक्त गर्न प्रयोग गरिने मापन एकाइ हो। उल्लेखनीय अपवादहरूमा संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य हुन् जहाँ कानुनी रूपमा माइलको प्रयोग हुन्छ।