अन्तर्राष्ट्रीय मात्रक प्रणाली
अन्तर्राष्ट्रीय मात्रक प्रणाली (संक्षेपमा SI ; फ्रेंच Le Système International d'unités का संक्षिप्त रूप), मिटरी पद्धतिको आधुनिक रूप हो । यसलाई सामान्य रूपले दशमलव एवं दशको गुणाकमा बनाइएको छ । यो विज्ञान तथा वाणिज्य क्षेत्रमा सर्वाधिक प्रयोग गरिने प्रणाली हो ।
सङ्केत | नाम | परिमाण |
---|---|---|
A | एम्पियर | धाराविद्युत |
K | केल्भिन | तापक्रम |
s | सेकेण्ड | समय |
m | मिटर | लम्बाइ |
kg | किलोग्राम | पिण्ड |
cd | क्यान्डेला | प्रकाशको तिव्रता |
mol | मोल | पदार्थको मात्रा |
एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली पनि सधै स्थिर भएर रहेन , यसमा पनि समय क्रम संगै निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै बनाइन्छन् र परिवर्तन गरिन्छन ।
यो प्रणाली लगभग विश्वव्यापक स्तरमा लागु भएको छ । तर यसको अपवादमा संयुक्त राज्य अमेरीका र ब्रिटेन मा, जहाँ अझै पनि गैर-SI इकाइहरु, उनिहरूको पुरानै प्रणाली प्रचलित छन् ।
इकाइहरु
सम्पादन गर्नुहोस्- SI मूल इकाइ: जुन सात छन्,
- व्युत्पन्न इकाइ: जो मूल इकाइहरूबाट व्युत्पन्न भएका छन्।
नाम | चिन्ह | मात्रा |
---|---|---|
मिटर | m | लम्बाई |
किलोग्राम | kg | भार |
सेकेण्ड | s | समय |
एम्पियर | A | विद्युत धारा |
केल्भिन | K | तापक्रम |
मोल (इकाई) | mol | पदार्थको मात्रा |
क्यान्डेला | cd | प्रकाशीय तीव्रता |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Barry N. Taylor, Ed., The International System of Units (SI), Gaithersburg, MD: National Institute of Standards and Technology, पृ: 9, अन्तिम पहुँच २००७-१०-३०।