सगरमाथा

विश्वको सबैभन्दा उच्च हिमाल, यसको उचाई ८,८४८ मिटर रहेको छ ।

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ ।[३] सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।[४] पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।[५] यसलाई कतै कतै देवढुङ्गा [६] पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

सगरमाथा
नेपाली: सगरमाथा
Chomolungma Qomolangma
ཇོ་མོ་གླང་མ 珠穆朗玛峰
Everest kalapatthar crop.jpg
कालापत्थरबाट हेर्दा
सर्वोच्च बिन्दु
उचाई८,८४८ मी (२९,०२९ फिट) [१]
सबैभन्दा अग्लो
प्रमुखता८,८४८ मी (२९,०२९ फिट) 
सगरमाथाको लागि विशेष
भिन्नता[convert: सङ्ख्या आवश्यक छ]
सूचीकृतसेभेन समिट
आठ-हजारी
देशको उच्च बिन्दु
भूगोल
सगरमाथा is located in प्रदेश नं. १
सगरमाथा
सगरमाथा
प्रदेश नं. १ – तिब्बत स्वायत्त क्षेत्र, चीन सीमामा अवस्थिति
सगरमाथा is located in नेपाल
सगरमाथा
सगरमाथा
सगरमाथा (नेपाल)
सगरमाथा is located in तिब्बत
सगरमाथा
सगरमाथा
सगरमाथा (तिब्बत)
सगरमाथा is located in चीन
सगरमाथा
सगरमाथा
सगरमाथा (चीन)
सगरमाथा is located in एसिया
सगरमाथा
सगरमाथा
सगरमाथा (एसिया)
स्थाननेपाल सोलुखुम्बु जिल्ला, प्रदेश नं. १, नेपाल[२]
आमा हिमश्रृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
सफल आरोहण२९ मे १९५३
न्युजिल्यान्ड एडमण्ड हिलारी
नेपाल तेन्जिङ नोर्गे शेर्पा
सजिलो मार्गसाउथकोल (नेपाल)

नामकरण र आरोहणको पृष्ठभूमि

सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी हिमाल (८,१७२ मिटर) हो । यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड सङ्कलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो । त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो । सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम प्रदान गरियो । सन् १८५२ तिर पहाडहरूको उचाइ 'कियोडा लाईट' यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बङ्गाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे । राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए । उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो । राधानाथ प्रतिभाशाली गणितज्ञ थिए । सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको थियो । बङ्गालमा आज पनि उनलाई सम्झनु पर्ने एउटा कारण छ किन भनें उनले 'मासिक पत्र' नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो । यस हुलाक-पत्रिकामा बङ्गाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए । विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा 'माउण्ट एभरेष्ट' नाम राखिदिए । एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे । भारतको तत्कालीन कम्पनी सरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए । विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा' नाम राखिदिएका हुन । उनले यस पर्वतको नेपाली नाम 'शारदा' नामक पत्रिकामार्फत गरेका थिए । आचार्यका अनुसार उनले त्यो नयाँ नाम दिएका होइनन्, पुरानै नाम पत्ता लगाएका थिए।

खोज

 
 
पृथ्वीमा सगरमाथाको अवस्थिति

प्रथम आरोहण

सन् १९५२ को ग्रीष्म ऋतुमा स्वीस नागरिकहरूलाई सगरमाथा आरोहण गर्ने स्वीकृति दिएपछि सन् १९५३ सम्ममा बेलायती नागरिकहरूलाई सफल आरोहणको लागि अन्तिम मौका दिइएको थियो । सन् १९५४ मा फ्रेन्च नागरिकहरूलाई र सन् १९५५ मा स्वीस नागरिकहरूलाई आरोहण अनुमति दिइएको थियो । बेलायती हिमालयन समितिले उच्च पहाड एवम् हिमाल चढाइमा कीर्तिमान प्राप्त गरेका एक सेना अधिकृत जोहन हन्टलाई समूह नेताको (टिम लिडर) रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्व गरेको समूहले सन् १९३६ मा सगरमाथाको साहसिक यात्रामा सफलता हासिल गर्न सकेन । हन्टको समूह ठूलो थियो । सिपटनका साथमा सन् १९५२ मा चढेका मानिसहरू पनि त्यहा समावेश भएका थिए । उक्त समूहमा जर्ज व्याण्ड, टम वोर्र्डिन, चार्लस्, अल्फ ग्रेगरी, एडमण्ड हिलारी, जर्ज लोवे, माइकल वार्ड, टिम डाक्टर, मिखाइल वेष्टमाकोट र चार्लस वाइली समावेश भएका थिए । त्यसैबेला जेम्स मोरिसले पत्रिकाको लागि समाचार लेख्ने र टम स्टोवर्टले त्यस कार्यको फोटो खिच्ने कार्य गरेका थिए । तेन्जिङ्लाई शेर्पाहरूको सरदार भै आरोहण समूहमा समावेश हुन निमन्त्रणा गरिएको थियो । त्यस साहसिक यात्राका क्रममा आधार शिविरदेखि ल्होत्सेको मोहडासम्म पंक्तिबद्ध रूपमा शिविर स्थापना गरिएका थिए । उक्त यात्रामा दुई प्रकारका अक्सिजन उपकरणहरू प्रयोगमा ल्याइएका थिए । मे २६ मा विहान ७ बजे वोर्डेलो र इभान्स दुवैजना हन्ट एवम् नामग्याल शेर्पाको साथमा खोंचबाट शिविरतर्फ प्रस्थान गरे । वोर्डेलो र इभान्सले सुरूमा राम्रो प्रगति गरे पनि हिउँ र अक्सिजन सेटको कारणले आरोहणमा ढिलाई भयो । अन्त्यमा उनीहरूको प्रयास सफल भएन र तल झरे । २८ मे को दिन हिलारी र तेन्जिङ् लोवे एवम् आङनिमाको सहयोगमा नवौँ शिविरमा पुगे । मे १९ को विहान ६.३० मा हिलारी र तेन्जिङ् माथि चढन सुरू गरे । दक्षिणी चुचुरोमा पुग्नुभन्दा अगाडि हिमपातका कारणले यात्रामा अवरोध आयो । यो अवस्थामा हिलारी त्रसित भए । एकातिर माथिबाट हिउाको पहिरो आइ ज्यान लिने स्थिति थियो, अर्कोतिर सगरमाथा शिखरमा पुग्ने एकमात्र मौका गुमाउन नहुने अवस्था थियो । उनीहरू विहान ९ बजे भिराले चढेर दक्षिणी टाकुरामा पुगिसकेका थिए । अन्तिम पर्वतधार चढन कठिन देखिन्थ्यो तर पनि उनीहरू धैर्यका साथ अगाडि बढे । यो नै अहिलेका प्रसिद्ध हिलारीको जटिल खुडकिलो थियो । त्यसपछि तेन्जिङ् र हिलारी सजिलैसाग शिखरमा पुगे । केहीबेरको आराम पछि बधाइको आदान प्रदान भयो । तेन्जिङ्बाट हिलारीले शिखरको फोटो लिए र मालोरी एवम् इरभाइनको सङ्केतका लागि उत्तरतिर चिहाए ।

पर्वतारोहणको ऐतिहासिक तालिका

  • सन् १८५२ - भारतीय अनुसन्धान : भारतीय नापी अनुसन्धानबाट सगरमाथालाई विश्वको सर्वोच्च शिखरको रूपमा पहिचान गरी महासर्भेएर सर आन्ड्रयू वाहले पन्ध्रौ चुली नामाकरण गरे ।
  • सन् १९२१ - संयुक्त अधिराज्य : हवार्ड वरी र जि.एल्.मालोरी २२,९०० फिट उचाइको उत्तरी पहाडी खोंचमा आरोहण गरे ।
  • सन् १९२२ - संयुक्त अधिराज्य: पहिलो सगरमाथा आरोहणको जनरल् चार्लसको नेतृत्वमा जि.एल्.मालोरी, ई.एफ्.नर्टन र हवार्ड समरभेल एवम् एकजना शेर्पा अक्सीजन विना २६००० फिटको - ७९३९ मिटर) आरोहण गरे । गर्ज फिन्च र जे.जि.व्रस अक्सीजन लिएर २७,३०० फिट -८३०० मिटरको उचाइमा पुगे ।
  • सन् १९२४ - संयुक्त अधिराज्य दोस्रो साहसिक यात्रामा जनरल चार्लसको नेतृत्वमा जनरल् चार्लस र ई.एफ्.नर्टन २८,१२६ फिट -७,५८० मिटर उचाइमा पुगे । मालोरी र आन्ड्रयू अरभिन २७,६०० फिटको उचाइमा वेपत्ता भए ।
  • सन् १९३३ - हृयू रटल्जको नेतृत्वमा गएको तेस्रो आरोहणमा २८१२६ फिट -७,५८० मिटर उचाई चढने काम भयो ।
  • सन् १९३५ - संयुक्त अधिराज्य: एरिक शिपटनले अनुसन्धान दलको नेतृत्व गरे ।
  • सन् १९३६ - संयुक्त अधिराज्य: हग रटल्जको नेतृत्वमा गएको चौथो आरोहण दल खराब मौसमका कारण फर्कियो ।
  • सन् १९३८ - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमनको नेतृत्वमा भएको पाचौँ आरोहण कार्य खराब मौसमको कारणले स्थगित गरियो ।
  • सन् १९५० - संयुक्त अधिराज्य: एच. डब्लु. टिलमन र चार्लस हुस्टनले खुम्बु हिमनदीको निरीक्षण गरे ।
  • सन् १९५१ - संयुक्त अधिराज्य: ई. शिपटनले शिखरमा जाने दक्षिण बाटोको निरीक्षण गरे ।
  • सन् १९५२ - स्वीजरल्याण्ड: ई. वाईस डुनन्टको नेतृत्वको प्रथम आरोहण कार्य वषरा अघिको मौषममा सम्पन्न भयो । रेमण्ड लम्बर्ट र तेन्जीङ्ग नोर्गे २८,२०० फिट -८,६०० मिटर उचाईमा पुगे ।
  • सन् १९५३ - संयुक्त अधिराज्य: कर्नेल जोहन हन्टको नेतृत्वमा आरोहण दलका एडमण्ड हिलारी र तेन्जीङ्ग नोर्गे मे २९ को दिन सगरमाथाको शिरमा पुगे ।

चित्रदीर्घा

सन्दर्भ सामग्रीहरू

  1. Based on elevation of snow cap, not rock head. For more details, see Measurement.
  2. The position of the summit of Everest on the international border is clearly shown on detailed topographic mapping, including official Nepalese mapping.
  3. "Official height for Everest set", BBC, ८ अप्रिल २०१०, अन्तिम पहुँच १६ अगस्ट २०१६ 
  4. "Papers relating to the Himalaya and Mount Everest", Proceedings of the London Royal Geographical Society of London IX: 345–351, अप्रिल–मे १८५७। 
  5. सगरमाथा र झ्यामोलोङ्मो : नेपाली गद्य सङ्ग्रह, भाग १।
  6. http://www.harappa.com/engr/darjeeling.html#everest

बाह्य लिङ्कहरू

यी पनि हेर्नुहोस