मौसम
मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।[१] सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ ।[२] सङ्क्षेपमा वातावरणमा हुने क्षण-क्षण को परिवर्तन नै मौसम हो ।
सम्बन्धित लेखहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Merriam-Webster Dictionary. Weather. Retrieved on 27 June 2008.
- ↑ "Climate", Glossary of Meteorology, American Meteorological Society, अन्तिम पहुँच १४ मे २००८।
बाह्य लिङ्क
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मौसम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।