अन्टार्क्टिका
अन्टार्क्टिका पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित एक महादेश हो। भौगोलिक दक्षिण ध्रुव यस महादेशको अन्तर्गत पर्दछ। कुमरु वृत्तको दक्षिणमा पर्ने दक्षिणी गोलार्द्धको अन्टार्क्टिक क्षेत्रमा लगभग पूर्णरूपमा अवस्थित यस महादेशलाई दक्षिणी महासागरले घेरेको छ। १,४२,००,००० वर्ग किलोमिटर (५,५००,००० वर्ग माइल) क्षेत्रफल भएको अन्टार्क्टिका पृथ्वीको पाँचौँ सबैभन्दा ठूलो महादेेश हो र यो अस्ट्रेलिया महादेश भन्दा दुई गुणा ठूलो छ। अन्टार्क्टिका संसारमा सबैभन्दा कम जनसङ्ख्या भएको महादेेश हो। यस महादेशको जनसङ्ख्या घनत्व ०.००००८ प्रति वर्ग किलोमिटर रहेको छ। अन्टार्क्टिकाको ९८% भूभाग औसत १.९ किलोमिटर (१.२ मि. ६,२०० फिट) हिउँले ढाकिएको छ।
![]() | |
क्षेत्रफल | १,४२,००,००० किमी२ (५५,००,००० वर्ग माइल)[१] |
---|---|
जनसङ्ख्या | १,००० देखि ५,००० |
जनघनत्व | ०.०१ प्रतिवर्ग किलोमिटर ०.०१ प्रतिवर्ग माइल |
वासिन्दा नाम | अन्टार्क्टिक |
देशहरू | ০ |
इन्टरनेट डोमेन | .एक्यु |
ठूलो सहरहरू |
|
UN M49 code | ०१० |
स्थितिसम्पादन
अन्टार्क्टिका महाद्विप दक्षिण ध्रुवको केन्द्रमा स्थित छ।
परिचयसम्पादन
अन्टार्क्टिका एउटा ठूलो महादेश (एउटा भूमिको ठूलो भाग) हो I यो महादेश विश्वको दक्षिणमा स्थित छ। यो युरोपभन्दा पनि ठूलो छ। यहाँको मौसम अत्तिनै चिसो छ। लगभग अन्टार्क्टिकाको ९८% भाग बरफले ढाकिएको छ। पानी पनि निकै चिसो र कडा (Solid) छ[२], मतलब यहाँ चारै तिर अधिकतर सेतै-सेतो देखिन्छ। यहाँ मैक मुरडो र पाल्मेर (समुद्र किनारा नजीक) शहरमा मात्र केही मान्छे बसो बास गर्छन अन्यथा एकदमै कम मान्छे बसो बास गर्छन। यहाँ एक विज्ञान स्टेशन छ (एक शहर विज्ञानको) दक्षिण ध्रुव नजीकै[३] जहाँ विज्ञान परीक्षण (experiments) भइ रहन्छ। यहाँ अत्यन्तै बढी चिसो हुनाले कर्मचारी र बैज्ञानिकहरु गर्मि महिनामा मात्र काम गर्छन्[३] I यहाँ विभिन्न प्रकारको परीक्षण गर्ने कोशिश हुन्छ। यो परीक्षणहरू पृथ्विको मौसम र हाम्रो उपग्रह सँग सम्बन्धित हुन्छन्।
कसरी जाने?सम्पादन
जो व्यक्ति त्याहाँ जान चाहन्छ ऊ हवाईजहाज र पानीजहाज दुबैबाट जान सक्छ[स्रोत नखुलेको]। यदि पानीको जहाजबाट जान खोज्नुहुदैँछ भने तपाई अस्ट्रेलियाबाट आफ्नो यात्रा शुरु गर्न सक्नुहुने छ। तपाईँ कंगारुज, न्युजील्यान्ड , अर्जेन्टिनाबाट पनि आफ्नो यात्रा शुरु गर्न सक्नु हुनेछ।
अधिकारसम्पादन
अन्टार्कटिका मात्र एक यस्तो महादेश हो जहाँ एउटा पनि देश छैन। यो महादेश विश्व को सबै मानिषको लागि खुल्ला छोडिएको छ[स्रोत नखुलेको]। अर्काको स्वतन्त्रताको लागि तपाईँ यहाँबाट केही पनि गर्न अन्तराष्ट्रियरूपमा आजाद हुनुहुन्छ। यहाँ कुनै पनि देशको नियम, सन्धि अथवा Agreement लाग्दैन। तपाईँ यहाँ जेपनि गर्न आजाद हुनुन्छ।यहाँको भू-भाग र पानीमाथी कुनै देशको अधिकार लाग्दैन।
जन्तु र वनस्पतिसम्पादन
अंटार्कटिमा एकदमै कम वनस्पति छ; ठूलो मात्रामा सास लिने जन्तुहरूमा मात्र पेँग्युईनहरू (एक प्रकारको पंक्षि जुन उडनसक्दैनन) र सिल, व्हेल (मम्लस)हरू छन। यहाँ एउटा पनि ध्रुविय भालू (Polar bear) छैनन | (सेतो भालू (white bears) जुनकि उत्तरी ध्रुवमा पाइन्छन् पाइन्छन) यहाँ निवास गर्छन।
मौसम र वातावरणसम्पादन
अन्टार्क्टिकापेसिफिक महासागर , एटलान्टिक महासागर, र हिन्दमहासागरले घेरियेको छ तर समुद्रहरू यसको दाहिनामा चारै तर्फ छ जसलाई दक्षिणी सागर भनिन्छ। त्यहाँबाट नजीकको महादेश दक्षिणी अमेरिका हो।
अन्टार्क्टिकामा, अँधेरो हुन्छ (प्रकाश हुन्न) जाडोको मौसममा, तर गर्मीको मौसममा सूर्यले यहाँ २४औँ घण्टा प्रकाश दिन्छ। (two times the number ten, plus four more) hours a day.
एउटा भोल्केनो (आगोको चुचुरो) अन्टार्क्टिकामा छ। यसलाई माउण्ट ईरेबस नाम दिइयेको छ। माउण्ट ईरेबस धेरै उच्च छ र एक समयमा धेरै तातो थियो।
सन्दर्भसम्पादन
- ↑ ইউনাইটেড স্টেটস সেন্ট্রাল ইনটেলিজেন্স এজেন্সি (২০১১), "অ্যান্টার্কটিকা", দ্য ওয়ার্ল্ড ফ্যাক্টবুক, যুক্তরাষ্ট্র সরকার, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७।
- ↑ "What Is Antarctica Like?", १२ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७।
- ↑ ३.० ३.१ "The World Factbook", ९/१५/२०१७, अन्तिम पहुँच ९/१५/२०१७।
अन्य साईटहरूसम्पादन
- Antarctic Place-names Commission of Bulgaria
- L.L. Ivanov et al, Topographic map of Livingston Island and Greenwich Island
- L.L. Ivanov. Antarctica: Livingston Island and Greenwich, Robert, Snow and Smith Islands. Scale १:१२०००० topographic map. Troyan: Manfred Wörner Foundation, २००९. ISBN 978-954-92032-6-4