प्राकृतिक ग्याँस
प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन (जस्तै इथेन, प्रोपेन) ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड , वा हिलियमको केहि अंश[१] रहेको हुन्छ[२]। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। यो अन्य जीवावशेष इन्धन /जीवाश्म ईन्धनको साथ पाइन्छ। यो करोडौं वर्ष पहिले पृथ्वीमा बस्ने मृत प्राणीहरूको क्षय र बिघटन भएको पदार्थबाट बन्छ।[३] यो ग्यासियस अवस्थामा फेला पर्दछ। सामान्यतया, यो मिथेन, इथेन, प्रोपेन, ब्युटेन, पेन्टाइनको मिश्रण हो, जसमा मीथेन ८० देखि ९०% सम्म हुन्छ पाइन्छ। यसको अतिरिक्त, सल्फर, पानी वाष्प, जस्ता केही अशुद्धिहरू पनि भेट्टाइन्छ।
उपयोगसम्पादन
मल-खाद निर्माणसम्पादन
प्राकृतिक ग्यास रासायनिक मल उत्पादनको लागि तिक्ताति/ अमोनियाको मुख्य आवश्यक तत्व हो।[४]
विद्युत उत्पादनसम्पादन
प्राकृतिक ग्यास कोजेनेरेसन, ग्यास टर्बाइन र स्टिम टर्बाइनको माध्यमबाट बिद्युत उत्पादबको प्रमुख स्रोत हो। प्राकृतिक ग्यासलाई वायु तथा सौर्य उर्जा जस्ता नविकरणीय उर्जा सँग जोड्न समेत उपयुक्त मानिन्छ।[५] र जलविद्युत प्लान्टको पिक लोड मा परिपूर्ति गर्न प्रयोग गर्न सकिन्छ। अधिकांश ग्रिड पिकिङ पावर प्लान्ट र केही अफ-ग्रिड इन्जिन जेनेरेटरले प्राकृतिक ग्यासको उपयोग गर्छ। विशेष गरि स्टिम टर्बाइन रहेको ग्यास टर्बाइनलाई कम्बाइन साइकल मोडमा चलाउँदा उच्च दक्षता हासिल गर्न सकिन्छ। प्राकृतिक ग्यासलाई अरु इन्धन, जस्तै तेल र कोइला भन्दा सफा मानिन्छ। प्राकृतिक ग्यास बल्दा कोइलाको भन्दा कम प्रति उर्जा कम कार्बनडाइअक्साइड उत्सर्जन गर्छ। प्राकृतिक ग्यासले कोइलाको तुलनामा प्रति किलोवाट घन्टा आधा कार्बन डाइअक्साइड उत्पादन गर्छ।[६] यातायातको लागि, प्राकृतिक ग्यासले पेट्रोलियमको तुलनामा ३०% कार्बन डाइअक्साइड उत्पादन गर्छ। अमेरिकी उर्जा सुचना प्रशासन (The US Energy Information Administration) ले विश्वमा २०१२ मा, कार्बन डाइअक्साइडको मिलियन मेट्रिक टन उत्सर्जनको रिपोर्ट पेश गरेको थियो:[७][clarification needed]
- प्राकृतिक ग्यास: 6,799
- पेट्रोलियम : 11,695
- कोइला: 13,787
प्राकृतिक ग्यासबाट बिजुलि उत्पादन १९७३मा ७४० टेरावाट घन्टा बाट २०१४ मा ५१४० टेरावाट घन्टा पुगेको छ। यो वैश्विक बिद्युत उत्पादनको २२% बिजुलि र कोइलाबाट उत्पादन हुने बिजुलीको लगभग आधा हिस्सा बिजुली हो। [८] संसार भर कोइलाको प्रयोग घटाउने प्रयासको कारण धेरै देशहरू कोइलाबाट प्राकृतिक ग्यास तिर मोडिएका छन्।
नगर ग्यास वितरणसम्पादन
घरेलु ग्यास उपयोगसम्पादन
यातायातसम्पादन
सफा प्राकृतिक ग्यास (सि.एन.जी) अन्य गाडीको इन्धन पेट्रोल , डिजेल भन्दा सफा र सस्तो मानिन्छ। [९]
उद्योग कलकारखानामा इन्धनको रुपमासम्पादन
हाइड्रोजन ग्यास उत्पादनसम्पादन
पशु तथा माछा आहारसम्पादन
प्राकृतिक ग्यासलाई मिथाइलोकोकस क्याप्सुलेटस ब्याक्टेरिया बाट भरपुर मात्रामा प्रोटिन भएको पशु तथा माछा आहार व्यवसायिक स्तरमा उत्पादन हुन्छ। [१०][११][१२]
वातावरणीय प्रभावसम्पादन
हरित गृह ग्यास प्रभावसम्पादन
कावन डाइअक्साइड उत्सर्जनसम्पादन
अन्य प्रदुषकसम्पादन
प्राकृतिक ग्यासले अन्य जिवाष्म इन्धन भन्दा निकै कम सल्फर डाइअक्साइड उत्सर्जन गर्छ।[१३] प्राकृतिक ग्यासको जलनबाट हुने प्रदुषकको सुची निम्नानुसार छ :[६][१४]
Pollutant (lb/million Btu)[६] | प्राकृतिक ग्यास | तेल | कोइला |
---|---|---|---|
कार्बनडाइअक्साइड | ११७ | १६४ | २०८ |
कार्बन मोनोअक्साइड | ०.०४० | ०.०३३ | ०.२०८ |
सल्फर डाइअक्साइड | ०.००१ | १.१२२ | २.५९१ |
नाइट्रोजन अक्साइड | ०.०९२ | ०.४४८ | ०.४५७ |
धुलो | ०.००७ | ०.०८४ | २.७४४ |
पारो | ० | ०.०००००७ | ०.००००१६ |
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Background", Naturalgas.org, मूलबाट २०१४-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०७-१४।
- ↑ "Electricity from Natural Gas", मूलबाट २०१४-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१०।
- ↑ Mulvaney, Dustin (२०११), Green Energy: An A-to-Z Guide, SAGE, पृ: ३०१, आइएसबिएन 978-1-4129-9677-8।
- ↑ Matthew L. Wald (१० अप्रिल २०१३), "New Solar Process Gets More Out of Natural Gas", The New York Times।
- ↑ ६.० ६.१ ६.२ "Natural Gas and the Environment", NaturalGas.org, मूलबाट ३ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३।
- ↑ "World Carbon Dioxide Emissions from the Use of Fossil Fuels", U.S. Energy Information Administration (eia), मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०५।
- ↑ "2014 data?", International Energy Agency, पृ: २४, मूलबाट ५ अप्रिल २०१५-मा सङ्ग्रहित।
- ↑ "Alternative Fuels Data Center: Natural Gas Vehicle Emissions", afdc.energy.gov, अन्तिम पहुँच २०१९-०९-०१।
- ↑ "BioProtein Production", मूलबाट १० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ "Food made from natural gas will soon feed farm animals – and us", अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ "New venture selects Cargill's Tennessee site to produce Calysta FeedKind® Protein", अन्तिम पहुँच ३१ जनवरी २०१८।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedNGinASIA
- ↑ "Gas vs Coal", global greenhouse warming, अन्तिम पहुँच २०११-०२-०६।