गङ्गा नदी
गङ्गा नदी वा गङ्गे एसियाका ठूला नदीहरू मध्येको एक तथा भारत र बङ्गलादेश भएर बग्ने नदी हो। करीब २५२५ कि.मी. (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको उत्तराखण्ड राज्यबाट निस्किएर दक्षिण पूर्व तिर बग्दै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तिममा गएर बंगालको खाडीमा गएर समुद्रमा मिसिने गर्दछ। यो नदी भारतको एउटा महत्त्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाको एउटा केन्द्र हो। नदीमा बग्ने पानी लगायत अन्य वस्तुहरूको मात्राको आधारमा यो नदी विश्वकै तेस्रो स्थानमा पर्छ।[१]
गङ्गा नदी | |
---|---|
स्थान | |
देश | भारत, बङ्गलादेश |
राज्य | उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, झारखण्ड, पश्चिम बङ्गाल |
सहर | हरिद्वार, कानपुर, जाजमऊ, इलाहाबाद, वाराणसी, मिर्जापुर, [[गाजीपुर शहर |गाजीपुर्]], पटना, ऋषिकेश, मुंगेर, भागलपुर, बहरामपुर, कोलकाता, बिजनोर |
भौतिक विषेशताहरू | |
स्रोत | गङ्गोत्री हिमनदी, सतोपन्थ हिमनदी, खटलिङ्ग हिमनदी, तथा [[नन्दा देवी पर्वत |नन्दा देवी]], त्रिसुल, केदारनाथ, नन्दा कोट र कामेत हिमालहरूबाट बगेर आएको पानी |
• स्थान | उत्तराखण्ड |
मुख | गङ्गा मुखद्वीप |
• स्थान | बङ्गालको खाडी |
गङ्गा नदीले भारतको उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवन सम्मको विशाल भूभागलाई सिचाई गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, आम जनताको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि. मी. सम्म भारत तथा बङ्गलादेशमा आफ्नो लामो यात्रा तय गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग कि. मी.क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गर्दछ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्त्वका कारण पटक-पटक आदरका साथ गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
यस नदीमा माछा तथा सर्पहरूको अनेक प्रजाति तँ पाईछन् नै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। यो कृषि, पर्यटन, साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो किनारामा बसेका सहरहरूलाई जल आपूर्ति पनि गर्छ। यसको किनारामा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध, नदी परियोजनाहरू भारतको जल विद्युत, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको पानीमा ब्याक्टिरियोफेज नामक विषाणु हुन्छन् जसले जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन। यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा नोभेम्बर, सन् २००८ मा भारत सरकारद्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको छ।
उद्गम
गङ्गा नदीको मुख्य शाखा भागीरथी हो जो कुमायूँमा हिमालयको गोमुख नामको स्थानमा गङ्गोत्री हिमतालबाट प्रवाहित हुन्छ।[२] गङ्गाको यस उद्गम स्थलको उचाई ३१४० मिटर छ। यहाँ गङ्गालाई समर्पित एउटा मन्दिर पनि छ। गङ्गोत्री तीर्थ, सहरबाट १९ किलोमिटर उत्तर तर्फको ३८९२ मिटर (१२,७७० फिट)को उचाईमा यो हिमतालको उद्गम छ। यो हिमताल २५ किलोमिटर लामो र ४ किलोमिटर चौडाई र लगभग ४० मिटर अग्लो छ। यसै हिमतालबाट भागीरथी एउटा सानो गुफा जस्तो मुखमा अवतरित हुन्छ। यसको जलस्रोत ५००० मिटर उचाईमा स्थित एक बेसिन छ। यस बेसिनको मूल पश्चिमी ढलानको सन्तोपन्थको शिखरमा छ। गौमुखको बाटोमा ३६०० मिटर अग्लो चिरबासा गाउँमा विशाल गोमुख हिमतालको दर्शन हुन्छ।[३] यस हिमतालमा नन्दा देवी , कामत पर्वत तथा त्रिशुल पर्वतको हिउ पग्लिएर आउँदछ। यद्यपि गङ्गाको आकार लिनको लागि अनेक साना धाराहरूको योगदान छ तर ६ ठूला र त्यसको सहायक ५ साना धाराहरूको भौगोलिक र सांस्कृतिक महत्त्व धेरै छ। अलकनन्दाको सहायक नदी धौली, विष्णु गङ्गा तथा मन्दाकिनी हो। धौली|धौली गङ्गाको अलकनन्दासँग विष्णु प्रयागमा मिलन हुन्छ। यो १३७२ मिटरको उचाईमा अवस्थित छ। त्यसै गरी २८०५ मिटर अग्लो नन्द प्रयागमा अलकनन्दाको नन्दाकिनी नदीसँग सङ्गम हुन्छ। यसपछि कर्ण प्रयागमा अलकनन्दाको कर्ण गङ्गा वा पिन्डर नदीसँग सङ्गम हुन्छ। फेरी ऋषिकेशबाट १३९ किलोमिटर टाढा स्थित रुद्र प्रयागमा अलकनन्दा मन्दाकिनी नदीसँग मिसिन्छ। यस पछि भागीरथी र अलकनन्दा १५०० फिटमा अवस्थित देव प्रयागमा मिसिन्छ यहाँबाट यो सम्मिलित जल-धारा गङ्गा नदीको नामबाट अगाडि प्रवाहित हुन्छ। यिनै पाँच प्रयागहरूको सम्मिलित रूपलाई पञ्च प्रयागभनिन्छ।[२] यस प्रकार २०० किलोमिटरको सागुरो पहाडी बाटो तय गरेर गङ्गा नदी ऋषिकेश हुँदै पहिलो पटक मैदानलाई हरिद्वारमा स्पर्श गर्दछ।
गङ्गाको मैदान
हरिद्वारबाट लगभग ८०० कि. मी. मैदानी यात्रा गर्दै गढमुक्तेश्वर, सोरोन्, फर्रुखाबाद, कन्नौज, बिठूर, कानपुर हुँदै गङ्गा इलाहाबाद (प्रयाग) पुग्छ। यहाँ यसको सङ्गम यमुना नदीसँग हुन्छ। यो सङ्गम स्थल हिन्दुहरूको एक महत्त्वपूर्ण तीर्थ हो। यसलाई तीर्थराज प्रयाग पनि भनिन्छ। यसपछी हिन्दू धर्मको प्रमुख मोक्षदायिनी नगरी काशी (वाराणसी)मा गङ्गा एक वक्र लिन्छ, जसबाट यो यहाँ उत्तरवाहिनी नामले चिनिन्छ। यहाँबाट मीरजापुर, पटना, भागलपुर हुँदै पाकुर पुग्छ। यहाँ पुग्दा पुग्दा गङ्गासँग यसमा धेरै जस्ता सहायक नदीहरू, जस्तै- सोन, गण्डक, सरयू नदी, कोशी आदि मिसिन्छन्। भागलपुरमा राजमहलको पहाडहरूबाट यो दक्षिणवर्ती हुन्छ। पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लाको गिरिया भन्ने स्थान नजिकै गङ्गा नदी २ शाखाहरूमा विभाजित हुन्छ- भागीरथी र पद्मा। भागीरथी नदी गिरियाबाट दक्षिण तर्फ बग्दछ भने पद्मा नदी दक्षिण-पूर्व तर्फ बग्दै फरक्का बाँध (१९७४ निर्मित)बाट छल्दै बङ्गलादेशमा प्रवेश गर्छ। यहाँबाट गङ्गाको डेल्टा भाग शुरू हुन्छ। मुर्शिदाबाद सहर देखि हुगली सहरसम्म गङ्गाको नाम भागीरथी नदी तथा हुगली सहर देखि मुहानेसम्म गङ्गाको नाम हुगली नदी हो। गङ्गाको यो मैदान मूलत: एक भू-अभिनति खाल्डो हो जसको निर्माण मुख्य रूपले हिमालय पर्वतमाला निर्माण प्रक्रियाको तेस्रो चरणमा लगभग ६-४ करोड वर्ष पहिले भएको थियो। यिनै मैदानहरूमा जलस्रोको औसत गहिराई १००० देखि २००० मीटर छ। गङ्गाको यस घाटीमा एउटा यस्तो सभ्यताको उद्भव र विकास भयो जसको प्राचीन इतिहास अत्यन्त गौरवमयी र वैभवशाली छ।
सुन्दरवन डेल्टा
हुगली नदी कोलकाता, हावडा हुँदै सुन्दरवनको भारतीय भागमा सागरमा सङ्गमित हुन्छ। पद्मामा ब्रह्मपुत्रबाट निस्किने शाखा नदी यमुना नदी तथा मेघना नदी मिसिन्छ। अन्ततः यो ३५० कि. मी. चौडाई भएको सुन्दरवन डेल्टामा गएर बङ्गालको खाडीमा सागर-सङ्गम गर्छ। यो डेल्टा गङ्गा तथा गङ्गाका सहायक नदीहरूले ल्याएको नवीन जलस्रोत देखि १,००० वर्षहरूमा निर्मित समतल र न्यून स्तरीय मैदान हो। यहाँ गङ्गा र बङ्गालको खाडीको सङ्गममा एक प्रसिद्ध हिन्दू तीर्थ छ जसलाई गङ्गा-सागर-सङ्गम भन्ने गरिन्छ।[४] विश्वको सबैभन्दा ठूलो डेल्टा (सुन्दरवन) धेरै जसो प्रसिद्ध वनस्पतिहरू र प्रसिद्ध बङ्गाल टाइगरको निवास स्थान हो।[४] यो डेल्टा थोरै थोरै समुद्रतिर नजिकिदै गइरहेको छ। केही समय पहिले यो कोलकाता सागर तटमा स्थित थियो र सागरको विस्तार राजमहल तथा सिलहेटसम्म मात्र थियो, तर अहिले आएर यो तटबाट १५-२० माइल (२४-३२ कि. मी.) टाढा स्थित लगभग १,८०,००० वर्ग कि. मी. को क्षेत्रमा फैलिएको छ। जब कुनै पनि डेल्टाको सागरको तर्फ निरन्तर विस्तार हुन्छ त्यसलाई प्रगतिशील डेल्टा भन्ने गरिन्छ।[५] सुन्दरवन डेल्टामा भूमिको ढाल अत्यन्त कम भएको कारण यहाँ गङ्गा अत्यन्त कम गतिले बग्छ र आफू साथ ल्याएको माटोलाई मुहानमा थुपार्ने कार्य गर्दछ जसबाट डेल्टाको आकार बढ्दै जान्छ र नदीक कयौँ धारा तथा उपधाराहरू बन्छन्। यस प्रकार बनेको गङ्गाका प्रमुख शाखा नदीहरू जालङ्गी नदी, इक्षामती नदी, भैरव नदी, विद्याधरी नदी र कालिन्दी नदी छन्। नदीहरूको वक्र गतिले बग्नुको कारण दक्षिणी भागमा कयौँ धनुषाकार तालहरू बनेका छन्।
सहायक नदीहरू
गङ्गामा उत्तर तिरबाट आएर मिसिने प्रमुख सहायक नदीहरू यमुना, रामगङ्गा, कर्णाली (घाघरा), राप्ती, गण्डक, कोशी र काक्षी हो तथा दक्षिणको पठारबाट आएर यसमा मिसिने प्रमुख नदीहरू चमबल, सोन, बेतवा, केन, दक्षिणी टोस आदि हुन। यमुना गङ्गाको सबैभन्दा प्रमुख सहायक नदी हो जुन हिमालयको बन्दरपूँछ पर्वतको आधारमा यमुनोत्री हिमखण्डबाट निस्किन्छ।[६][७] हिमालयको माथिल्लो भागमा यसमा टोस[८] तथा त्यस पछि सानो हिमालयमा आएपछि यसमा गिरि र आसन नदीहरू मिसिन्छन्। चम्बल, बेतवा, शारदा र केन यमुनाको सहायक नदीहरू हुन। चम्बल इटावा नामक स्थानमा तथा बेतवा हमीरपुर नामक स्थानमा यमुनामा मिसिन्छ। यमुना इलाहाबादमा आएपछि बायाँ दिशाबाट गङ्गा नदीमा गएर मिसिन्छ। रामगङ्गा मुख्य हिमालयको दक्षिणी भाग नैनीताल नजिकै निस्केर बिजनौर जिल्लाबाट बग्दै कन्नौज नजिकै गङ्गामा मिसिन्छ। कर्णाली नदी मप्सातुङ्ग नामक हिमनदीबाट निस्केर अयोध्या, फैजाबाद हुँदै बलिया जिल्लाको सीमाना नजिकै गङ्गामा मिसिन्छ। यस नदीलाई पर्वतीय भागमा कर्णाली तथा मैदानी भागमा घाघरा भनिन्छ। कालीगण्डकी नदी हिमालयबाट निस्किएर नेपालमा शालीग्राम नामले प्रवाहित हुने यस नदी मैदानी भागमा नारायणी नदीको नामले चिनिने गरिन्छ। यो काली गण्डक र त्रिशूल नदीहरूको पानी लिएर प्रवाहित हुँदै सोनपुर नजिकै गङ्गामा मिसिन्छ। कोशी नदीको मुख्यधारा अरुण हो जुन गोसाईधामको उत्तरबाट निसिकिन्छ। ब्रह्मपुत्र नदीको बेसिनको दक्षिणबाट सर्पाकार रूपमा अरुण नदी बग्दछ जहाँ यारू नामक नदी यसमा मिसिन्छ। यसपछि सगरमाथाको कञ्चनजङ्घा शिखरहरूको बीचबाट बग्दै यो दक्षिण तर्फ ९० कि. मी. बग्दछ छ जहाँ पश्चिमबाट सुनकोशी नदी तथा पूर्वबाट तमोर कोशी नदी नामका नदीहरू यसमा मिसिन्छन्। यसपछि कोशी नदीको नामले यो शिवालिक पार गदै मैदानमा अवतरित हुन्छ तथा बिहार राज्यमा बग्दै गङ्गामा मिसिन्छ। अमरकटक पहाडीबाट निस्किएर सोन नदी पटना नजिकै गङ्गामा मिसिन्छ। मध्य-प्रदेशको मऊ नजिकै जनायाब पर्वतबाट निस्किएर चम्बल नदी इटावाबाट ३८ कि. मी. दूरीमा यमुना नदीमा मिसिन्छ। बेतवा नदी मध्य प्रदेशमा भोपालबाट निस्किएर उत्तर हमीरपुर नजिकै यमुनामा मिसिन्छ। भागीरथी नदीको दाहिने किनाराबाट मिसिने अनेक नदीहरूमा बाँसलई, द्वारका, मयूराक्षी, रूपनारायण, कन्सावती र रसूलपुर प्रमुख हुन। जलाङ्गी र माथा भङ्गा वा चुनिम बायाँ किनाराबाट मिसिन्छन् जुन परापूर्व कालमा गङ्गा या पद्माको शाखा नदीहरू थिए। तर यो वर्तमान समयमा गङ्गाबाट पृथक भएर वर्षाकालीन नदीहरू बन्न पुगेको छ।
जीव-जन्तु
ऐतिहासिक तथ्यहरूलाई हेर्दा यो ज्ञात हुन्छ कि १६औँ तथा १७औँ शताब्दीसम्म गङ्गा-यमुना प्रदेश बाक्लो वनबाट ढाकिएको थियो। यिनै वनहरूमा जङ्गली हात्ती, भैँसी, गैंडा, सिंह, बाघहरूको शिकार हुन्थ्यो। गङ्गाको तटवर्ती क्षेत्र आफ्नो शान्त तथा अनुकूल पर्यावरणको कारण रङी-बिरङी पक्षीहरूको संसार बनाएको छ। यसमा माछाहरूको १४० प्रजातिहरू, ३५ सरीसृप तथा यसको तटमा ४२ स्तनधारी प्रजातिहरू पाइन्छ। यहाँको उत्कृष्ट पारिस्थितिकी संरचनामा धेरै प्रजातिको वन्य जीवहरू जस्तै नीलगाई, खरायो, सरीसृप-वर्गको जीव-जन्तुहरूलाई पनि आश्रय प्राप्त भएको छ। यस इलाकामा यस्तो धेरै जीव-जन्तुहरूको प्रजातिहरू छन जुन दुर्लभ भइसकेको कारण संरक्षित घोषित भइसकेका छन्। गङ्गाको पर्वतीय किनारमा लङ्गुर, रातो बाँदर, भालु, चितुवा, हिउँ चितुवा, हरिण, सामभर, कस्तूरी मृग, सेरो, बरड मृग, साही, तहर आदि निक्कै सङ्ख्यामा पाइन्छन्। विभिन्न रङका पुतलीहरू तथा किराहरू पनि यहाँ पाइन्छन्।[९] बढ्दो जनसङ्ख्याको दबावमा बिस्तारै-बिस्तारै वनहरूको लोप र गङ्गाको घाटीमा सर्वत्र कृषि हुने भएतापनि गङ्गाको मैदानी भागमा हरिण, जङ्गली सुँगुर, जङ्गली बिरालोहरू, गिद्ध, स्यालका अनेक प्रजातिहरू ठूलो सङ्ख्यामा पाइन्छन्। डल्फिनको दुई प्रजातिहरू गङ्गामा पाइन्छ जसलाई गङ्गा डालफिन र इरावदी डालफिनको नामले चिनिने गरिन्छ। यस वाहेक गङ्गामा पाईने शार्कको कारण पनि गङ्गा प्रसिद्ध रहेको छ जसमा प्रवाहित हुने पानीमा पाइने शार्कको कारण विश्वका वैज्ञानिकहरूको ठूलो रुचि रहेको छ। यस नदी र बङ्गालको खाडीको सङ्गम स्थलमा बन्ने सङ्गमलाई सुन्दरवनको नामले चिनिन्छ जुन विश्वको धेरै जसो प्रसिद्ध वनस्पतिहरू अझ प्रसिद्ध बङ्गाल टाइगरको गृहक्षेत्र हो।
आर्थिक महत्त्व
गङ्गा आफ्नो उपत्यकाहरूमा भारत र बङ्गलादेशको कृषि आधारित अर्थमा भारी सहयोग गर्दछन्, यो आफ्नो सहायक नदीहरू सहित धेरै ठूलो क्षेत्रको लागि सिंचाईको बाह्रमासे श्रोत पनि हो। यि क्षेत्रहरूमा उमार्ने प्रधान उपजमा मुख्यतः धान, गहुँ, दाल, तिलहन एवं आलु छन्। जुन भारतको कृषि आजको महत्त्वपूर्ण श्रोत हों। गङ्गाको तटीय क्षेत्रहरूमा दलदल एवं पोखरिहरूको कारण यहाँ लेग्यूम, खुर्सानि, तोरी, तिल, गहु र जूटको राम्रो खेती हुन्छ। नदीमा मत्स्य उद्योग पनि धेरै मात्रामा चल्दछ। गङ्गा नदी प्रणाली भारतको सबै भन्दा ठूलो नदी प्रणाली हो। यसमा लगभग ३७५ मत्स्य प्रजातिहरू उपलब्ध छन्। वैज्ञानिकहरू द्वारा उत्तर प्रदेश तथा बिहारमा १११ मत्स्य प्रजातिहरूको उपलब्धता बताएका छन।[१०] फरक्का बांध बनेपछी गङ्गा नदीमा हिल्सा माछाको भुरा उत्पादनमा सहायता भएको छ। [११] गङ्गाको महत्त्व पर्यटनमा आधारित आयको कारण पनि हो। यसको तटमा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण तथा प्राकृतिक सौंदर्यबाट भरपूर धेरै पर्यटन स्थल छन जुन राष्ट्रिय आयको महत्त्वपूर्ण श्रोत हों। गङ्गा नदीमा रैफ्टिंगको शिविरहरूको आयोजन गरिन्छ। जुन साहसिक खेलहरू र पर्यावरणद्वारा भारतको आर्थिक सहयोगमा सहयोग गर्छन। गङ्गा तटको तीन ठूलो सहर हरिद्वार, इलाहाबाद एवं वाराणसी जुन तीर्थ स्थलहरूमा विशेष स्थान राखछन। यस कारण यहाँ श्रद्धालुहरूको ठूलो सङ्ख्या निरन्तर भइरहन्छ र धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान गर्छ। गर्मीको मौसममा जब पहाडहरू देखि बरफ पग्लिन्छ, तब नदीमा पानीको मात्रा तथा बहाव राम्रो हुन्छ, यस समय उत्तराखंडमा ऋषिकेश - बद्रीनाथ मार्गमा कौडियाला देखि ऋषिकेशको बिच रैफ्टिंग, क्याकिंग तथा कैनोइंगको शिविरहरूको आयोजन गरिन्छ, जुन साहसिक खोलहरूको शौकीन र पर्यटकहरूलाई विशेष रूपले आकर्षित गरेर भारतको आर्थिक सहयोगमा महत्त्वपूर्ण भूमिका निभाइन्छ।[१२]
बाँध एवं नदी परियोजनाहरू
गङ्गा नदीमा निर्मित धेरै बाँध भारतीय जन-जीवन तथा अर्थ व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हों। यिनीहरूमा प्रमुख हो फरक्का बाँध, टिहरी बाँध, तथा भीमगोडा बाँध। फरक्का बांध (बैराज) भारतको पश्चिम बङ्गाल प्रान्तमा स्थित गङ्गा नदीमा बनाइएको छ। यस बाँधको निर्माण कोलकाता बंदरगाहको गाद (सिल्ट) देखि मुक्त गराउनको लागि भएको थियो जुन कि १९५० देखि १९६० सम्म यस बंदरगाहको प्रमुख समस्या थियो। कोलकाता हुगली नदीमा स्थित एक प्रमुख बंदरगाह हो। ग्रीष्म ऋतुमा हुगली नदीको बहावलाई निरन्तर कायम राख्नको लागि गङ्गा नदीको जलको एक ठूलो भागलाई फरक्का बाँधद्वारा हुगली नदीमा मोडिइएको छ। गङ्गामा निर्मित दोस्रो प्रमुख बाँध टिहरी बाँध टिहरी विकास परियोजनाको एक प्राथमिक बाँध हो जुन उत्तराखंड प्रान्तको टिहरी जिल्लामा स्थित छ। यो बाँध गङ्गा नदीको प्रमुख सहयोगी नदी भागीरथीमा बनाइएको छ। टिहरी बाँधको ऊँचाई २६१ मीटर छ जसले यसलाई विश्वको पाचौँ सबै भन्दा ऊँचा बाँध बनाउदछ छ। यस बाँधबाट २४०० मेगावाट विद्युत उत्पादन, २७०,००० हेक्टर क्षेत्रको सिंचाई र प्रतिदिन १०२.२० करोड लीटर पेयजल दिल्ली, उत्तर-प्रदेश एवं उत्तराखण्डलाई उपलब्ध गराउन प्रस्तावित छ। तेस्रो प्रमुख बाँध भीमगोडा बाँध हरिद्वारमा स्थित छ जसलाई सन १८४० मा अङ्ग्रेजहरूले गङ्गा नदीको पानीलाई विभाजित गरेर माथि गङ्गा नहरमा मोडनेको लागि बनाइएको थियो। यो नहर हरिद्वारको भीमगोडा नामक स्थान देखि गङ्गा नदीको दाहिने तटबाट निक्लदछ। प्रारम्भमा यस नहरमा जल पूर्ति गङ्गा नदीमा एक अस्थायी बाध बनाएर गरिन्थ्यो। वर्षाकाल प्रारम्भ हुदा नै अस्थायी बाध फुट्ने गर्दथ्यो तथा मनसुन अवधिमा नहरमा पानी सञ्चालन गरिन्थ्यो। यस प्रकार यस नहरबाट केवल रबीको खेतिहरूलाई नै सिंचाई हुन सक्थ्यो। अस्थायी बंध निर्माण स्थलको डाउनस्ट्रीममा वर्ष १९७८-१९८४को अवधिमा भीमगोडा बैराज निर्माण गरियो। यो बनेपछि माथि गङ्गा नहर प्रणालीबाट खरीफ खेतिमा पनि पानी दिन थालियो।[१३]
प्रदूषण तथा पर्यावरण
गङ्गा नदी विश्व भरमा आफ्नो शुद्धीकरण क्षमताको कारण जानिन्छ। लामो समय देखि प्रचलित यसको शुद्धीकरणको मान्यतामा वैज्ञानिक आधार पनि छ। वैज्ञानिक मानछन कि यस नदीको जलमा बैक्टीरियोफेज नामक विषाणु हुन्छन्, जुन जीवाणुहरू तथा अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन। नदीको जलमा प्राणवायु (औक्सीजन)को मात्रा कायम राख्ने असाधारण क्षमता छ। तर यसको कारण अझै सम्म अज्ञात छ। एक राष्ट्रिय सार्वजनिक रेडियो कार्यक्रमको अनुसार यस कारण हैजा र आउँ जस्तो रोगहरू हुने खतरा धेरै नै कम हुन्छ, जसबाट महामारिहरू हुने सम्भावना ठूलो स्तरमा टर्दछ।[१४] तर गङ्गाको किनारमा बाक्लो रूपमा बसेका औद्योगिक नगरहरूको ढलको फोहोर सीधा गङ्गा नदीमा मिसिएर हुने गङ्गाको प्रदूषण पछिल्लो धेरै वर्षदेखि भारत सरकार र जनताको चिन्ताको विषय बनेको छ। औद्योगिक फोहरको सँगसँगै प्लास्टिक फोहरको बाहुल्यताले गङ्गा जललाई पनि धेरै प्रदूषित गरेको छ। वैज्ञानिक जांच अनुसार गङ्गाको बायोलोजिकल औक्सीजन स्तर ३ डिग्री (सामान्य) देखि बढेर ६ डिग्री भैसकेको छ। गङ्गामा २ करोड ९० लाख लिटर प्रदूषित फोहोर प्रतिदिन थुप्रिदै छ। विश्व बैङ्क प्रतिवेदनको अनुसार उत्तर-प्रदेशको १२ प्रतिशत रोगहरूको कारण प्रदूषित गङ्गा जल हो। यो घोर चिन्तनीय छ कि गङ्गा-जल न स्नानको लागि योग्य रह्यो, न पिउनको लागि योग्य रह्यो र न त सिंचाईको योग्य। गंगाको विनाशले हाम्रो सम्पूर्ण सभ्यताको अन्त्य हुनेछ ।[१५] गङ्गामा बढते प्रदूषणमा नियन्त्रण पानको लागि घडियालोंको मदद ली जा रही छ।[१६] सहरको फोहोरलाई सफा गर्नको लागि संयन्त्रहरू लगाईदै छ र उद्योगको फोहोरलाई यसमा खसाल्नबाट रोक्नको लागि कानुन बनेका छन्। त्यहि क्रममा गङ्गालाई राष्ट्रिय धरोहर पनि घोषित गरीएको छ र गङ्गा एक्शन प्लान तथा राष्ट्रिय नदी संरक्षण योजना लागू गरीएको छ। जबकी यसको सफलतामा समेत प्रश्नचिह्न उठ्दै आएको छ।[१७] जनता पनि यस विषयमा जागृत भएका छन्। यससँग नै धार्मिक भावनाहरू आहत नहोस यसको पनि प्रयत्न गरीदैछ।[१८] यति धेरै काम भएको बावजूद गङ्गाको अस्तित्वमा संकटको बादल छाएको छ।संयुक्त राष्ट्र २००७ को एक प्रतिवेदन अनुसार हिमालयमा स्थित गङ्गामा जल पूर्ति गर्ने हिमनदीहरू २०३० सम्ममा समाप्त हुने सम्भावना छ। यसपछि नदीको बहाव मनसूनमा आश्रित भएर मौसमी मात्रै रहनेछ। [१९]
-->
नमामि गङ्गे
यस नदीको सरसफाईका लागि धेरै पहल गरिएको थियो तर कुनै पनि सन्तोषजनक स्तरमा पुग्न सकेन ।[२०]प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा नदीमा प्रदूषण नियन्त्रण र सरसफाईको अभियान चलाए।[२१] यसपछि उनले जुलाई २०१४ मा भारतको सामान्य बजेटमा नमामि गंगा नामको परियोजना सुरु गरे।[२२]यस परियोजनाको एक भागको रूपमा, भारत सरकारले गंगाको किनारमा अवस्थित ४८ औद्योगिक एकाइहरू बन्द गर्ने आदेश दिएको छ।[२३]भारतमा 25 मार्च देखि 3 मे 2020 सम्म तालाबन्दीको कारण गंगाको किनारमा रहेका सबै कारखानाहरू बन्द रहेकाले तिनीहरूको फोहोर पानी गंगामा नपुगेको र गंगाको पानी एकदमै सफा भएको छ। गत दस वर्षमा पहिलो पटक हरकिपोडीमा गंगाको पानी पिउन योग्य घोषित गरिएको छ।[२४]
धार्मिक महत्त्व
भारतको अनेक धार्मिक अवधारणाहरूमा गङ्गा नदीलाई देवीको रूपमा निरूपित गरिएको छ। धेरै पवित्र तीर्थस्थल गङ्गा नदीको किनारामा रहेको छ जसमा वाराणसी र हरिद्वार सबैभन्दा प्रमुख छन्। गङ्गा नदीलाई भारतको पवित्र नदीहरूमा सबैभन्दा पवित्र मानिन्छ तथा यो मान्यता छ कि गङ्गामा स्नान गर्दा मनुष्यको सारा पापहरू नष्ट हुन्छ। मरण पछि मान्छे गङ्गामा आफ्नो अस्तु विसर्जित गर्न मोक्ष प्राप्तिको लागि आवश्यक सम्झनछन्, यहाँ सम्म कि केही मान्छे गङ्गाको किनारा नै प्राण विसर्जन वा अन्तिम संस्कारको इच्छा पनि राखछन्। यसको घाटहरूमा मान्छे पूजा अर्चना गर्छन र ध्यान गर्दछन्। गङ्गाजललाई पवित्र सम्झिन्छन् तथा समस्त संस्कारहरूमा त्यसको हुनु आवश्यक हुन्छ। पञ्चामृतमा पनि गङ्गाजललाई एक अमृत मानिएको छ। अनेक पर्व र उत्सवहरूको गङ्गासँग सोझो सम्बन्ध छ। उदाहरणको लागि माघे सङ्क्रान्ति, कुम्भ र गङ्गा दशहराको समय गङ्गामा नुहाउनु वा केवल दर्शननै गर्नु धेरै महत्त्वपूर्ण सम्झिन्छन्। यसको किनारामा अनेक प्रसिद्ध मेलहरूको आयोजन गरिन्छ र अनेक प्रसिद्ध मन्दिर गङ्गाको तटमा नै बनेका छन्। महाभारतको अनुसार मात्र प्रयागमा माघ महिनामा गङ्गा-यमुनाको सङ्गममा तीन करोड दस हजार तीर्थहरूको सङ्गम हुन्छ। यो तीर्थ स्थल सम्पूर्ण भारतमा सांस्कृतिक एकता स्थापित गर्न सफल छन्।[२५] गङ्गालाई आधार मानेर अनेक भक्ति ग्रन्थ लेखिएका छन्। जसमा श्रीगङ्गासहस्रनामस्तोत्रम्[२६] र आरती[२७] सबैभन्दा लोकप्रिय छन्। धेरै मानिसहरू आफ्नो दैनिक जीवनमा श्रद्धासँग यिनीहरूका प्रयोग गर्छन। गङ्गोत्री तथा अन्य स्थानहरूमा गङ्गाको मन्दिर र मूर्तिहरू पनि स्थापित छ जसको दर्शन गरेर श्रद्धालु स्वयंलाई कृतार्थ सम्झन्छन्। उत्तराखण्डको पञ्च प्रयाग तथा प्रयागराज जुन इलाहाबादमा अवस्थित छ। यो सबै सङ्गम धार्मिक दृष्टिले पूज्य मानिएका छन्।
पौराणिक प्रसँग
गङ्गा नदीसँग धेरै पौराणिक कथाहरू जोडीएका छन्। मिथकहरू अनुसार ब्रह्माले विष्णुको खुट्टाको पसीनाको बूँदबाट गङ्गाको निर्माण गरे। त्रिमूर्तिको दुई सदस्यहरूको स्पर्शको कारण यो पवित्र सम्झि्यो। एक अन्य कथा अनुसार राजा सगरले जादुको रूपबाट साठ हजार पुत्रहरू प्राप्त गरे।[२८] एक दिन राजा सगरले देवलोकमा विजय प्राप्त गर्नको लागि एक यज्ञ गरे। यज्ञको लागि घोडा आवश्यक थियो जुन ईर्ष्यालु इंद्रले चोरेका थिए। सगरले आफ्नो सबै पुत्रहरूलाई घोडाको खोजीमा पठाए अन्तमा उनले घोडा पाताल लोकमा पाए जुन एक ऋषिको नजिकबाधिएको थियो। सगरको पुत्रहरूले यो सोच गरे कि ऋषि नै घोडालाई गाईब भएको कारण हो र उनीहरूले ऋषिलाई अपमान गरे। तपस्यामा लीन ऋषिले हजारों वर्ष पछि आफ्नो आँखें खोली र उनको क्रोधबाट सगरको सबै साठ हजार पुत्र जलेर त्यही भस्म भयो।[२९] सगरको पुत्रहरूको आत्माहरू भूत बनेर घुम्न लागे किन भनें उनीहरूको अन्तिम संस्कार भएको थिएन। सगरको पुत्र अंशुमानले आत्माको मुक्तिको असफल प्रयास गरे र त्यस पछि अंशुमानको पुत्र दिलीपले पनि। भगीरथ राजा दिलीपको दोस्रो पत्नीको पुत्र थिए। उनले आफ्नो पूर्कारणरुको अन्तिम संस्कार गरे। उनले गङ्गालाई पृथ्वीमा ल्याउने प्रण गरे जसबाट उनको अन्तिम संस्कार गरेर, राखलाई गङ्गाजलमा प्रवाहित गर्न सकियोस र भटकिएको आत्माहरू स्वर्गमा जान सकोस। भगीरथले ब्रह्माको घोर तपस्या गरे ताकि गङ्गालाई पृथ्वीमा ल्याउन सकियोस। ब्रह्मा प्रसन्न भए र गङ्गाको पृथ्वीमा पठाउनको लागि तयार भए र गङ्गाको पृथ्वीमा र उसपछि पातालमा जाने आदेश दिए ताकि सगरको पुत्रहरूको आत्माहरूलाई मुक्ति सम्भव हुन सकोस। तब गङ्गाले भनिन कि म यति ऊँचाई देखि जब पृथ्वीमा झर्दछु, तव पृथ्वीले यति वेग कसरि सहन्छ? तब भगीरथले भगवान शिवलाई निवेदन गरे, र उनले आफ्नो खुला जटाहरूमा गङ्गाको वेगलाई रोकएर, एक लट खोली दिए, जसबाट गङ्गाको अविरल धारा पृथ्वीमा प्रवाहित भए। त्यो धारा भगीरथको पछी-पछी गङ्गा सागर सङ्गम सम्म गयो, जहाँ सगर-पुत्रहरूको उद्धार भयो। शिवको स्पर्शबाट गङ्गा पनि पवित्र भयो र पृथ्वी वासीहरूको लागि धेरै नै श्रद्धाको केन्द्र बन्यों। पुराणहरूको अनुसार स्वर्गमा गङ्गालाई मन्दाकिनी र पातालमा भागीरथी भन्छन्ं। त्यहि प्रकार एक पौराणिक कथा राजा शांतनु र गङ्गाको विवाह तथा उनको सात पुत्रहरूको जन्मको छ।
साहित्यिक उल्लेख
भारतको राष्ट्र-नदी गङ्गा जल नै हैन, तर भारत अझ हिन्दी साहित्यको मानवीय चेतनाको पनि प्रवाहित गर्छ।[३०] ऋग्वेद, महाभारत, रामायण एवं अनेक पुराणहरूमा गङ्गाको पुण्य सलिला, पाप-नासिनी, मोक्ष प्रदायिनी, सरित्श्रेष्ठा र महानदी हो। संस्कृत कवि जगन्नाथ रायले गङ्गाको स्तुतिमा 'श्रीगङ्गालहरी' नामक काव्यको रचना गरेका थिए। हिन्दीको आदि महाकाव्य पृथ्वीराज रासो[क] तथा वीसलदेव रास[ख] (नरपति नाल्ह)मा गङ्गाको उल्लेख छ। आदिकालको सर्वाधिक लोक विश्रुत ग्रन्थ जगनिक रचित आल्हखण्ड[ग]मा गङ्गा, यमुना र सरस्वतीको उल्लेख छ। कविले प्रयागराजको यस त्रिवेणीको पापनाशकको वर्णन गरेका छन्। शृङ्गारी कवि विद्यापति[घ], कबीर वाणी र जायसीको पद्मावतमा पनि गङ्गाको उल्लेख छ, तर सुरदास[ङ], र तुलसीदासले भक्ति भावनाले गङ्गा-माहात्म्यको वर्णन विस्तारले गरेका छन्। गोस्वामी तुलसीदासले कवितावलीको उत्तरकाण्डमा ‘श्री गङ्गा माहात्म्य’को वर्णन तीन छन्दहरूमा गरेका छन् - यिनी छन्दहरूमा कविले गङ्गा दर्शन, गङ्गा स्नान, गङ्गा जल सेवन, गङ्गा तटमा बस्ने वालाको महत्त्वलाई वर्णित गरेका छन्।[च] रीतिकालमा सेनापति र पद्माकरको गङ्गा वर्णन श्लाघनीय छ। पद्माकरले गङ्गाको महिमा र कीर्तिको वर्णन गर्नको लागि गङ्गालहरी[३१] नामक ग्रन्थको रचना भएको छ। सेनापति[छ] कवित्त रत्नाकरमा गङ्गा माहात्म्यको वर्णन गर्दै भन्छन "पापको नष्ट गर्नका लागि गङ्गाको पुण्यधारा तरवार झैं सुशोभित छ। रसखान, रहीम[ज] आदिले पनि गङ्गा प्रभावको सुन्दर वर्णन गरेका छन्। आधुनिक कालका कविहरूमा जगन्नाथदास रत्नाकरको ग्रन्थ गङ्गावतरणमा कपिल मुनि द्वारा शापित सागरका साठी हजार पुत्रहरूको उद्धारका लागि भगीरथ 'भगीरथ-तपस्या' देखि गङ्गाको भूमिमा अवतरित भएको कथा छ। राजा भगीरथ राजा हरिश्चन्द्रका ४९औं पुस्ता तथा राजा रामचन्द्रका ५२औं पुस्ता थिए। सम्पूर्ण ग्रन्थ तेरह सर्गहरूमा विभक्त र रोला छन्दमा निबद्ध छ। अन्य कविहरूमा भारतेन्दु हरिश्चन्द्र, सुमित्रानन्दन पन्त र श्रीधर पाठक आदिले पनि यत्र-तत्र गङ्गाको वर्णन गरेका छन्।[२५] छायावादी कविहरूको प्रकृति वर्णन हिन्दी साहित्यमा उल्लेखनीय छ। सुमित्रानन्दन पन्तले ‘नौका विहार’[३२] मा ग्रीष्म कालीन तापस बाला गङ्गाको जुन चित्र कोरेका छन्, त्यो अति रमणीय छ। उनले गङ्गा[३३] नामक कविता पनि लेखेका छन्। गङ्गा नदीको धेरै प्रतीकात्मक अर्थहरूको वर्णन जवाहर लाल नेहरूले आफ्नो पुस्तक भारत एक खोज (डिस्कवरी अफ इन्डिया) मा गरेका छन्।[झ] गङ्गाको पौराणिक कथाहरूलाई महेन्द्र मित्तलले आफ्नो कृतिमा "गङ्गामाँ" सङ्ग्रह गरेका छन्।[३४]
चित्र दीर्घा
सन्दर्भ सामग्री
- ↑ Kumar, Rakesh; Singh, R.D.; Sharma, K.D. (२००५-०९-१०), "Water Resources of India", Current Science (Bangalore: Current Science Association) 89 (5): 794–811, अन्तिम पहुँच २०१३-१०-१३।
- ↑ २.० २.१ "उत्तरांचल-एक परिचय" (एचटीएम), टीडीआईएल।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-१२ मिति - ↑ "गङ्गोत्री" (एचटीएम), उत्तराखंड सरकार।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ४.० ४.१ "गङ्गा रिवर" (एचटीएम) (अङ्ग्रेजीमा), इण्डिया नेट जोन।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ सिहं, सविन्द्र (जुलाई २००२), भौतिक भूगोल, गोरखपुर: वसुन्धरा प्रकाशन, पृ: २४७-२४८।
|accessday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonth=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "भारतको बारेमा जानो", भारत सरकार।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "भारतको प्रमुख नदीहरू", भारत भ्रमण।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी] - ↑ "उत्तराखंडको प्रमुख नदीहरू", इन्डिया वाटर पोर्टल।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "पर्यावरण" (एएसपी), गङ्गोत्री।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-१९ मिति - ↑ "प्रशिक्षण एवं प्रसार सम्बन्धी मैनुअल" (एचटीएम), मत्स्य विभाग, उत्तर प्रदेश, २००७। वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१० मिति
- ↑ "हिल्सा ब्रीडिंग एण्ड हिल्साह हैचेरी" (अङ्ग्रेजीमा), सी.आई.एफ.आर.आई.। वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-०८ मिति
- ↑ "राफ्टिंग" (एचटीएमएल), उत्तराखंड पोर्टल, २००७।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "सिंचाईको इतिहास तथा प्रदेशको मुख्य नहर प्रणालिहरूको सिंहावलोकन", उत्तर प्रदेश सिंचाई विभाग।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-२१ मिति - ↑ बैक्टीरियोफेजको स्व-शुद्धिकरण प्रभाव, औक्सीजन रिटेन्शन रहस्य: मिस्ट्री फैक्टर गिव्स गैन्जेस ए क्लीन रेप्युटेशन जूलियन क्रैन्डा-२ हल्लिक. नेशनल पब्लिक रेडियो।
- ↑ "खतरेमा गङ्गाको अस्तित्व" (एएसपीएक्स), पत्रिका।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "गङ्गाको प्रदूषण देखि बचाएंगे ७१ घडियाल", नवभारत टाइम्स।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "अब गङ्गा प्रदूषण मामला राज्य सरकार जिम्मेवार", लोकमंच।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "अब मूर्ति विसर्जन देखि हैन हुनेछ गङ्गा मैली", जोश।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी] - ↑ बोस्टन.कम पर हेर्नुहोस- वैश्विक ऊष्मीकरणको उ.प्र.को गङ्गामा प्रभाव।
- ↑ "Ganga, Yamuna banks cleaned" [गंगा यमुना के किनारे पर सफाई] (अंग्रेज़ीमा), द टाइम्स ऑफ़ इण्डिया, १२ नवम्बर २०१३, मूलबाट १४ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जून २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१४ मिति
- ↑ "Why Narendra Modi decided to contest from Varanasi" [नरेन्द्र मोदी ने वाराणसी से चुनाव लड़ने का निर्णय क्यों लिया] (अंग्रेज़ीमा), द इकोनॉमिक टाइम्स, १७ मार्च २०१४, अन्तिम पहुँच ३ जून २०१५।
- ↑ "Namami Ganga development Project gets 2037 crores" [नमामि गंगा विकास परियोजना को २०३७ करोड़ मिले] (अंग्रेज़ीमा), बिहार प्रभा, १० जुलाई २०१४, अन्तिम पहुँच ३ जून २०१५।
- ↑ "निखरेगा गंगा का रूप, 48 फैक्ट्रियों को बंद करने का आदेश जारी हुआ", पत्रिका समाचार समूह, १५ जुलाई २०१४, अन्तिम पहुँच ३ जून २०१५।[मृत कडी]
- ↑ "For 1st time in decades, tests show Ganga water in Haridwar fit to drink", The times of India, २० अप्रैल २०२०।[मृत कडी]
- ↑ २५.० २५.१ सिंह, ड. राजकुमार (जुलाई), विचार विमर्श, मथुरा: सागर प्रकाशन, पृ: १३-२३।
|accessday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonth=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "श्रीगङ्गासहस्त्रनामस्तोत्रम", भारतीय साहित्य सङ्ग्रह।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१३ मिति - ↑ "श्रीगङ्गाजीको आरती", वेबदुनया।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "गङ्गा - इन्डिया वाटर पोर्टल", इन्डिया वाटर पोर्टल।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "भगीरथ र गङ्गा" (एचटीएमएल), स्पिरिचुअल इण्डिया, १४।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१३ मिति - ↑ "हिंदी काव्यमा गङ्गा नदी", अभिव्यक्ति।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "बुन्देली काव्यको ऐतिहासिक सन्दर्भ", टीडीआईएल।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-३१ मिति - ↑ "नौका-विहार / सुमित्रानंदन पंत", कविताकोश।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०७ मिति - ↑ "गङ्गा", अनुभूति।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "माँ गङ्गा", भारतीय साहित्य सङ्ग्रह।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१३ मिति