लङ्गुर
लङ्गुर 'सेम्नोपिथेकस'(Semnopithecus) प्रजाति अन्तर्गत पर्ने स्तनधारी जनावर हो। यो मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लङ्गुर र पश्चिमा लङ्गुरहरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।
लङ्गुर | |
---|---|
मुदुमलै राष्ट्रिय निकुञ्जमा रहेका लङ्गुरको समुह | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | Semnopithecus डेस्मारेस्ट, 1822
|
प्रजातिहरू | |
Semnopithecus schistaceus | |
![]() | |
प्रजाति अनुसारको बितरण |
यसका प्राय सबै प्रजातिहरूलाई लङ्गुर वा ढेडु भनिने गरिन्छ। हाल सम्म लङ्गुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये हनुमान लङ्गुर (Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।[१]
स्वरूपसम्पादन
लङ्गुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लङ्गुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लङ्गुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लङ्गुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ।[२] यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लङ्गुरहरूको आकार उत्तरी क्षेत्रका लङ्गुरहरूको भनद्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको नेपाली लङ्गुर (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लङ्गुर मानिएको छ।[३]
वासस्थानसम्पादन
लङ्गुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाईने गर्छ।[४] सामान्यतया लङ्गुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू विभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजिकपनि बस्ने गर्छन।
खानासम्पादन
वर्गिकरणसम्पादन
हाल सम्म लङ्गुरका निम्न सात प्रजातिहरू रहेका छन।
- नेपाली लङ्गुर Semnopithecus schistaceus
- पश्चिमा लङ्गुर Semnopithecus ajax
- फेटावाल लङ्गुर Semnopithecus hector
- हनुमान लङ्गुर Semnopithecus entellus
- Black-footed Gray Langur Semnopithecus hypoleucos
- Southern Plains Gray Langur Semnopithecus dussumieri
- मद्रासी खैरो लङ्गुर Semnopithecus priam
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Groves, C. (२००१), Primate taxonomy, वासिङ्टन डिसी: Smithsonian Institution Press, आइएसबिएन 1-56098-872-X।
- ↑ Burnie D and Wilson DE (Eds.), Animal: The Definitive Visual Guide to the World's Wildlife. DK Adult (2005), आइएसबिएन ०-७८९४-७७६४-५
- ↑ Brandon-Jones, D. (२००४), "A taxonomic revision of the langurs and leaf monkeys (Primates: Colobinae) of South Asia", Zoos' Print Journal 19 (8): 1552–1594, डिओआई:10.11609/jott.zpj.971.1552-94।
- ↑ Roonwal, M.L., Mohnot, S.M. (1977) Primates of South Asia: ecology, sociobiology, and behavior. Harvard University Press, Cambridge (MA)