विष्णु
हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको वर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालन कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार शृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अङ्ग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।
विष्णु | |
---|---|
![]() विष्णु भगवान | |
देवनागरी | विष्णु |
संस्कृत | विष्णु: |
वर्ग: | देवता (त्रिमूर्ति) |
वासस्थान: | वैकुण्ठ, क्षीर सागर |
मन्त्र: | ॐ नमो नारायणाय ,ॐ नमो भगवते वाशुदेवय , ॐ विष्णवे नमः |
अश्त्र: | सुदर्शन चक्र र कौमोदकी गदा |
जीवनसाथी: | लक्ष्मी, भू देवी नीला देवी |
वाहन: | गरुड |
अवतारहरूसम्पादन
मत्स्य अवतारसम्पादन
मत्स्य माँछा अवतारमा भगवान विष्णुले प्रलयकालमा फसेको पृथ्वीमा मानव रक्षा गरेका थिए। यसका साथै हयग्रीव नाम गरेको राक्षसले सबै वेदहरूलाई चोरेर समुन्द्रमा लुकाई दिएको थियो तब भगवान विष्णुले मत्स्य अवतारमा आयेर वेदहरूलाई पुन: प्राप्त गरेर वेदहरूको रक्षा गर्नु भयो।
कूर्म अवतारसम्पादन
कूर्म अवतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मन्थन गरी रहेका देवता र दैत्यहरूको सहयोग गरेका थिए।
बराह अवतारसम्पादन
बराह बँदेल अवतारमा आयेर भगवान विष्णुले समुन्द्रमा डुबाएको पृथ्वीलाई निकालेर पृथ्वीको रक्षा गरेका थिए।
नृसिंह अथवा सिंह अवतारसम्पादन
नृसिँह अवतारमा भगवान विष्णुले हिरण्यकशेपु नामको दैत्यलाई मारेर पृथ्वीको उदार गर्नाको साथै भक्त प्रहलादलाई ज्ञान दिएका थिए ।
वामन अवतारसम्पादन
वामन अवतारमा भगवान विष्णुले राजा बलीले गरी रहेको राजा इन्द्रको स्वर्गको राज्य फिर्ता गराएर राजा बलीको पनि उदार गरेका थिए।
परशुराम अवतारसम्पादन
परशुराम अवतारमा भगवान विष्णुले २१ पटक पृथ्वीमा घुमी घुमी पापी क्षेत्रीयहरूको नास गरेर धर्मको रक्षा गरेका थिए।
राम अवतारसम्पादन
राम अवतारमा भगवान विष्णुले रावण आदी ठूला ठूला राक्षसगणहरूलाई मारेर पृथ्वीको उदार गरेका थिए।
कृष्ण अवतारसम्पादन
श्रीकृष्ण अवतारमा भगवान विष्णुले कंस आदी ठूला ठूला असुरगणहरूको सँहार गर्नाको साथै कुरुक्षेत्रमा महाभारतको युद्ध गराएर पृथ्वी भरका पापीहरूको नास गराएका थिए।
बुद्ध अवतारसम्पादन
हिन्दू धर्म अनुसार भगवान विष्णुको दश अवतार एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले अवतार लिएर दानवहरूलाई अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनाई दुर्वल तुल्याई देवताहरूको रक्षा गरेको थियो । विष्णु पुराण देखि शुरू भर्इ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथा उल्लेख भएको पाइन्छ । यी पुराणहरूका कथनलाई पढ्ने हो भने यी कथाहरूमा बुद्धलाई सद्पात्र भन्दा नकारात्मक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
कल्की अवतारसम्पादन
हिन्दू धर्मका अनुसार भगवान विष्णुको यो अवतार भविष्यमा हुनेछ। कल्की अवतार कलियुगको अन्त्य तिर हुनेछ। कल्कि अवतार लियेर भगवानले दुष्टहरूको नाश गरेर धर्मको रक्षा गर्ने छन्।
प्रार्थनासम्पादन
शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं ।
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगम् ।
लक्ष्मीकांतं कमलनयनं योगिभिर्ध्यान गम्यम्
वन्दे विष्णुं भव भयहरं सर्वलोकैक नाथम् ।।
अर्थ
शांत आकार भएका, शेष नागमा सुतेका, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरूले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।