ब्रह्मा हिन्दु धर्मका तीन मुख्य देव(ब्रह्मा,विष्णु,महेश्वर) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ शिर मध्य १शिर शिवले काटिएको कथा हिन्दु सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माको साथमा सावित्रीलाई पनि देखाईन्छ । सावित्रीलाई ब्रह्माको पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप देवताको रूपमा देखिन्छ ।

ब्रह्मा

ब्रह्माको आयु

सम्पादन गर्नुहोस्

उनको आायु निम्न त बुझ्न सकिन्छ
1 मानव वर्ष = एक दिव्य दिवस
30 दिव्य दिवस = 1 दिव्य मास
12 दिव्य मास = 1 दिव्य वर्ष

4,000वर्ष +400युगसन्ध्या +400युगसन्ध्यांश = 4,800 दिव्यवर्ष = 1 सत युग
3,000 + 300युगसन्ध्या + 300युगसन्ध्यांश = 3,600 दिव्य वर्ष = 1 त्रेता युग
2,000 + 200युगसन्ध्या + 200युगसन्ध्यांश= 2,400 दिव्य वर्ष = 1 द्वापर युग
1,000 + 100सन्ध्या+ 100सन्ध्यांश= 1,200 दिव्य वर्ष = 1 कलि युग
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ | हजार चतुर्युगीको ब्रह्माको एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसङै नयाँ सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्पपनि भनिन्छ |मत्स्यपुराण मा श्वेतवाराह आदि ३० वटा कल्पको वर्णन छ |यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् | यसरिनै ब्रह्माको दिन वित्छ । धर्म शास्त्रमा १०० वर्ष ब्रह्माको आयु मानिएको छ हाल ब्रह्मा ५० वर्ष पुगेर पहिलो वर्ष , पहिलो अयन , पहिलो ऋतु , पहिलो मास , पहिलो पक्ष र पहिलोतिथि प्रतिपदातिथिको मध्यान्ह समयका भएका छन् |