भोपाल
भोपाल भारत देशको मध्य प्रदेश राज्यको राजधानी हो र भोपाल जिल्लाको प्रशासनिक मुख्यालय पनि हो। भोपाललाई तालहरूको नगर पनि भनिन्छ किनभने यहाँ धेरै ठूला-साना तालहरू छन्। यो सहरको नाम प्रमुखताका साथ तबदेखि लिन थालियो जब १९८४ मा अमरीकी कम्पनी यूनियन कार्बाइडबाट मिथाएल् आइसो साइनेट ग्यास चुहियो र हजारौं मानिसहरू मारिए। भोपाल ग्यास काण्डको कुप्रभाव आजसम्म वायु प्रदूषण, भूमि प्रदूषण, जल प्रदूषणका अतिरिक्त जैविक अपाङ्गता आदिको प्रभाव आज पनि उत्तिकै छ। यसको कारणले भोपाल सहर आन्दोलनको केन्द्र बनेकोछ।
भोपालको आवासीय क्षेत्र | |
शहरको स्तर: | मध्य प्रदेशको राजधानी |
---|---|
जिल्ला: | भोपाल |
प्रशासन: | नगरपालिका आयुक्त (मेयर) |
भाषा: | हिन्दी |
जनघनत्व: | ४८८६ |
वेव साइट: | www.bhopalmunicipal.com |
क्षेत्रीय टेलिफोन कोड : | ९१७५५ |
हुलाक कोड(Postal Index No.): | ४६२००१ देखि ४६२०५० सम्म |
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा भोपाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |