हिउँ चितुवा

हिउँ चितुवा (अङ्ग्रेजी: Snow Leopard) ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही संख्या थाहा हुन सकेको छैन, तापनि खुला जंगली क्षेत्रमा ३,५०० देखि ७,००० को संख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७०० को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।

हिउँ चितुवा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
कुल: फेलीडे
उपकुल: प्यान्थराइने
वंश: प्यान्थरा
ओ ब्रायन र जोन्सन २००७
प्रजाति: अन्सिया
वैज्ञानिक नाम
प्यान्थरा उन्सिया
(स्क्रबर, १७७५)
क्षेत्र

हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर उनीहरू कै आकारमा देखिन्छ, सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाई ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाई यो लम्बाईको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ।

स्वरूपसम्पादन

 
हिउँ चितुवा

यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा स्वास फेर्न सजिलो हुन्छ। यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन्। यसको शरीरभरी काला पहेँला थेग्लाहरू हुन्छन् र छाती सेतो हुन्छ। यसको आँखा निलो वा हरियो रंगको हुन्छ पंजा ठूला हुन्छन् जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिड्न सक्छन। लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमा हिड्दा शरीर संतुलन गर्न सहयोग मिल्छ।

वासस्थानसम्पादन

हिउँ चितुवा हिमाली क्षेत्रका जंगल तथा पत्थरीला पहाडहरूमा बसोबास गर्ने गर्दछ।

‍‍

भौगोलिक बितरणसम्पादन

हिउँ चितुवा मध्य तथा दक्षीण एसियाको उबडखाबड परेको हिमाली प्रदेशमा लगभग १,२३०,३०० वर्ग किलोमिटरको क्षेत्र भित्र पाइन्छ, जुन क्षेत्र भित्र नेपाल, चीन, भारत, अफगानिस्तान, भुटान, कजाखस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रसिया, ताजकिस्तानउज्वेकिस्तान लगायतका बाह्र वटा देशहरू पर्छन।

भौगोलिक बितरण अनुसार हिम चितुवा बसोबास गर्ने क्षेत्र पश्चिम अफगानिस्तानको हिन्दुकुस शिर दर्या(the Syr Darya) बाट पमिर हिमालय, टियान शान(Tian Shan), काराकोरम हिमाल,कश्मिर, कुन्लुन, हुदै दक्षिणी साइबेरीया सम्म फैलिएको छ, जहाँ रसियाको अल्ताइ हिमाल, साजन, तन्नु-ओला हिमाल र बैकाल तालको पश्चिमी क्षेत्रका हिमलायहरू पनि पर्दछन। हिउँ चितुवा मंगोलियामा मंगोलिया तथा गोवी अल्ताइ र खाङ्गाई हिमालाम तथा तिब्बतमा उत्तरमा अल्ताइन-ताह(Altyn-Tagh) सम्म पाइन्छ।

संख्या तथा संरक्षण स्थितिसम्पादन

म्याककार्थिले सन २००३ मा गरेको अध्ययनका अनुसार हिउँ चितुवाको कुल संख्या ४,०८० देखि ६,५९० को हाराहारिमा रहेको देखिन्छ(तालिका तल छ), यो अनुमानित संख्यामा हाल फरक पर्न सक्छ। साथै बिश्वभरिका चिडियाघरहरूमा लगभग ६००-७०० को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।

सन १९७२ मा आई यु सि एन(IUCN)ले हिउँ चितुवालाई बिश्वब्यापि रूपमा यसको खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)मा सुचीकृत गर्‍यो, सन २००८मा यहि खतराको सुचीलाई कायम नै राखियो।

देश( क्षेत्र) बासस्थानको क्षेत्र
(कि मि.)
अनुमानित
संख्या
अफगानिस्तान ५०,००० १००-२००?
भुटान १५,००० १००-२००?
चीन १,१००,००० २,०००-२,५००
भारत ७५,००० २००-६००
काजकस्तान ५०,००० १८०-२००
किर्गिस्तान १०५,००० १५०-५००
मंगोलिया १०१,००० ५००-१,०००
नेपाल ३०,००० ३००-५००
पाकिस्तान ८०,००० २००-४२०
ताजकिस्तान १००,००० १८०-२२०
उज्वेकिस्तान १०,००० २०-५०
 
शान डियगो चिडियाघरमा भएको हिउँ चितुवा

संरक्षण क्षेत्रहरू:

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Durbin, L.S., Hedges, S., Duckworth, J.W., Tyson, M., Lyenga, A. & Venkataraman, A. (IUCN SSC Canid Specialist Group – Dhole Working Group) (2008). Cuon alpinus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 22 March 2009. Database entry includes justification for why this species is endangered

बाहिरी लिङ्कहरूसम्पादन

रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लाङटाङ र क्यान्जिङमा पनि पाईछ