इलाहाबाद
इलाहाबाद (आधिकारिक रूपमा प्रयागराज)[९] उत्तर भारतको उत्तर प्रदेशको पूर्वी भागमा स्थित एक नगर तथा इलाहाबाद जिल्लाको प्रशासनिक मुख्यालय हो। यसको प्राचीन नाम प्रयाग हो। यसलाई 'तीर्थराज' (तीर्थस्थलहरूको राजा) पनि भनिन्छ। हिन्दू मान्यता अनुसार, यहाँ ब्रह्माले सृष्टि कार्य पूर्ण भएपछि प्रथम यज्ञ गरेका थिए। हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो सम्मेलन महाकुम्भ हुने यो चार स्थलहरूमध्येको एक हो, बाँकी तीन हरिद्वार, उज्जैन तथा नासिक हो। हिन्दू धर्मग्रन्थहरूमा वर्णित प्रयाग स्थल पवित्रतम नदी गङ्गा र यमुनाको सङ्गममा स्थित छ। यहाँ सरस्वती नदी गुप्त रूपले सङ्गममा मिल्छ, अतः यो स्थानलाई त्रिवेणी सङ्गम भन्ने गरिन्छ जहाँ प्रत्येक बाह्र वर्षमा कुम्भ मेला लाग्छ।[१०]
इलाहाबाद | |
---|---|
प्रयागराज | |
![]() घडीको दिशामा शीर्ष बायाँदेखि: अल सेन्ट्स गिर्जाघर, खुसरु बाग, इलाहाबाद उच्च अदालत, सङ्गम नजिकैको नयाँ यमुना बाँध, सिभिल लाइन्स, इलाहाबाद विश्वविद्यालय, अल्फ्रेड बगैचामा रहेको इलाहाबाद सार्वजनिक पुस्तकालय र आनन्द भवन | |
उपनाम(हरू): | |
उत्तर प्रदेशमा इलाहाबादको स्थान | |
निर्देशाङ्क: २५°२७′उ॰ ८१°५१′पू॰ / २५.४५०°N ८१.८५०°Eनिर्देशाङ्कहरू: २५°२७′उ॰ ८१°५१′पू॰ / २५.४५०°N ८१.८५०°E | |
देश | ![]() |
राज्य | उत्तर प्रदेश |
क्षेत्र | इलाहाबाद |
जिल्ला | इलाहाबाद |
सरकार | |
• प्रकार | नगर परिषद |
• अङ्ग | इलाहाबाद नगरपालिका परिषद |
• मेयर | अभिलासा गुप्ता (भाजपा) |
• मण्डलीय आयुक्त | आशिष कुमार गोयल |
• जिल्लाधिकारी | भानुचन्द्र गोस्वामी |
• प्रहरी महानिरीक्षक (इलाहाबाद क्षेत्र) | मोहित अग्रवाल |
• प्रहरी अधीक्षक | नितिन तिवारी |
क्षेत्रफल | |
• नगर | ८२ किमी२ (३२ वर्ग माइल) |
उन्नतांश | ९८ मिटर (३२२ फिट) |
जनसङ्ख्या (२०११)[५] | |
• नगर | १,११२,५४४ |
• क्रम | ३६औँ |
• घनत्व | १४,०००/किमी२ (३५,०००/वर्ग माइल) |
• महानगर | १,२१६,७१९ |
• महानगर क्रम | ४०औँ |
वासिन्दाहरू | इलाहाबादी |
भाषा | |
• आधिकारी | हिन्दी[७] |
• थप आधिकारिक | उर्दू[७] |
• क्षेत्रीय | अवधि[८] |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक क्रमाङ्क सङ्ख्या | २११००१-१८ |
टेलिफोन कोड | +९१-५३२ |
सवारी दर्ता | UP-70 |
लैङ्गिक अनुपात | ८५२ ♀/१०००♂ |
वेबसाइट | Official district website |
इलाहाबादमा राज्य सरकारको महत्त्वपूर्ण कार्यालयहरू स्थित छन्, जस्तै इलाहाबाद उच्च अदालत, प्रधान महालेखाधिकारी (एजी अफिस), उत्तर प्रदेश राज्य लोक सेवा आयोग, राज्य प्रहरी मुख्यालय, उत्तर मध्य रेलवे मुख्यालय, केन्द्रीय माध्यमिक शिक्षा बोर्डको क्षेत्रीय कार्यालय र उत्तर प्रदेश माध्यमिक शिक्षा परिषदको कार्यालय रहेको छ।
नामकरणसम्पादन
सहरको वर्तमान नाम अकबरद्वारा सन् १५८३ मा इलाहाबाद राखिएको थियो। इलाहाबादको अर्थ अरबी भाषाको शब्द 'इलाह' (अकबरद्वारा चलाइएको नयाँ धर्म दीन-ए-इलाहीको सन्दर्भबाट, अल्लाहको लगि) र फारसी भाषाको शब्द 'आबाद' (अर्थात बसाइएको)– यानि 'ईश्वरद्वारा बसाइएको', वा 'ईश्वरको सहर' हुन्छ।
जनसङ्ख्यासम्पादन
सन् २०१३ को जनगणना अनुसार इलाहाबाद सहरको वर्तमान जनसङ्ख्या १,३४२,२२९ रहेको छ। जनसङ्ख्याको आधारमा यो भारतको ३२औँ ठूलो सहर हो।[११] इलाहाबादको क्षेत्रफल लगभग ७० किमी२ (२७ वर्ग माइल)[१२] छ र यो समुद्र सतहदेखि ९८ मी (३२२ फिट) उचाईमा अवस्थित छ।
हिन्दी भाषी इलाहाबादीहरूको बोली अवधी हो, तर अधिकांश सहरी क्षेत्रमा खडी बोली नै बोलिन्छ। इलाहाबादमा सबै धर्मका मानिसहरू बसोबास गर्छन्। यहाँ हिन्दू धर्मावलम्बीको कुल जनसङ्ख्या ८५% र मुस्लिमको ११% छ। यस बाहेक सिख, इसाई र बौद्ध धर्मावलम्बीको बसोबास पनि रहेको छ।
नगर प्रशासनसम्पादन
अस्पतालसम्पादन
इलाहाबाद सहरमा हेरै ठुला अस्पतालहरू छन् :
- स्वरुप रानी नेहरु अस्पताल
- मोतीलाल नेहरु अस्पताल
- कमला नेहरु अस्पताल
- फीनिक्स हस्पिटल
- जीवन ज्योति अस्पताल
- नाजरथ अस्पताल
- सिटी अस्पताल
- भोला अस्पताल
- पार्वती अस्पताल
- कमला मेमोरियल अस्पताल
- उत्तर मध्य रेलवे अस्पताल
- तेजबहादूर सप्रू अस्पताल
- वातसल्य अस्पताल
- अमभोला अस्पताल
- अल्का अस्पताल
- चिल्ड्रेन अस्पताल
होटलसम्पादन
इलाहाबादमा सबै वर्गहरूको लागि ठुला होटल, धर्मशाला तथा गेस्ट हाउस इत्यादि छन् :
- होटल कान्हाश्याम
- इलाहाबाद रीजेन्सी होटल
- हर्ष होटल
- ग्रैण्ड कान्टीनेन्टल होटल
- सम्राट होटल
- मिलान होटल
- एन सी कान्टीनेन्टल होटल
- एन सी होटल
- यात्रिक होटल
- सूर्या होटल
- कोको होटल
- फिनारे होटल
- कल्पतरु होटल
- कोहिनूर होटल
- प्रसीडेन्सी होटल
- रेजीना होटल
- प्रयाग होटल
- काशी होटल
ऐतिहासिक दर्शनीय स्थलसम्पादन
- इलाहाबाद किला
- स्वराज भवन
- आनन्द भवन
- इलाहाबाद उच्च न्यायालय
- रानी महल
- आल सेण्ट्स कैथैड्रिल
दर्शनीय धार्मिक स्थलसम्पादन
- संगम
- हनुमान मन्दिर
- शंकर विमान मण्डपम्
- हनुमत् निकेतन
- सरस्वती कूप
- समुद्र कूप
- मनकामेश्वर मन्दिर
- शिवकुटी
- भारद्वाज आश्रम
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Mani, Rajiv (२१ मे २०१४), "Sangam city, Allahabad", The Times of India, मूलबाट २५ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१४।
- ↑ "City of Prime Ministers", Government of Uttar Pradesh, मूलबाट १३ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१४।
- ↑ "Nicknames of Indian Cities – Complete List", २६ अक्टोबर २०१७, मूलबाट १५ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१८।
- ↑ "Allahabad", allahabadmc.gov.in (अङ्ग्रेजीमा), Government of Uttar Pradesh, मूलबाट ४ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०१८।
- ↑ "Census 2011", Census India, The Registrar General & Census Commissioner, मूलबाट २३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१४।
- ↑ "Urban Agglomerations/Cities having population 1 lakh and above" (PDF), Census India, The Registrar General & Census Commissioner, मूलबाट १७ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१४।
- ↑ ७.० ७.१ "52nd REPORT OF THE COMMISSIONER FOR LINGUISTIC MINORITIES IN INDIA", nclm.nic.in, Ministry of Minority Affairs, मूलबाट २५ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१८।
- ↑ "Awadhi", Ethnologue, अन्तिम पहुँच ७ मे २०१९।
- ↑ "इलाहाबाद प्रयागराज हुन्छ: कसरी योगी आदित्यनाथले स्थानहरूको नाम तय गर्दछ", अक्टोबर १७, २०१८, अन्तिम पहुँच जनवरी १९, २०१९।
- ↑ http://www.allahabad.nic.in/
- ↑ सिटीमेयर पर इलाहाबाद की जनसङ्ख्या
- ↑ इलाहाबाद नगर निगम के जालस्थल पर