माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।[१]

माछा पालन
माछा पालन

नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्क सम्पादन गर्नुहोस्

नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ । नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्