कुम्भ मेला
कुम्भ मेला | |
---|---|
![]() Nighttime view laser show, Mahakumbh 2025 Prayag Maha Kumbh Mela in 2025 | |
शैली | Pilgrimage |
आवृत्ति |
|
स्थान(हरू) | Primary Other |
Kumbh Mela | |
---|---|
राष्ट्र | India |
सन्दर्भ | 01258 |
क्षेत्र | Asia and the Pacific |
शिलालेख इतिहास | |
शिलालेख | 2017 (12th शत्र) |
सूची | Representative |
![]() Unesco Cultural Heritage |

कुम्भ मेला हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्व हो। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भएपनि हाल सम्म जम्मा ५ वटा स्थानमा मात्र पत्ता लागिसकेका छन । ती ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । ती स्थानहरू निम्न प्रकार रहेका छन्:-
इलाहावाद (उत्तर प्रदेश)
उज्जैन (मध्य प्रदेश)
नासीक (महाराष्ट्र)
हरिद्वार (उत्तराखण्ड)
चतराधाम (बराहक्षेत्र,सुनसरी नेपाल)
यो मेला एक स्थानमा प्रत्यक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । [१] कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागि स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।
भारतका ४ कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । यो वि.स. २०६९ मा परेको थियो । यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो । आगामी १४४ वर्षमा यस्तै योग पर्ने छ ।
किंबदन्ती
सम्पादन गर्नुहोस्कुम्भमेलाको आरम्भको कथा समुन्द्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको छ। अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंबदन्ती छ। उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार शहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुईटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।[२]
इतिहास
सम्पादन गर्नुहोस्पहिलो कुम्भ मेला कार्यक्रम सन् १८७० मा बेलायती निरीक्षण अन्तर्गत आयोजना गरिएको थियो।[३][४] केही पर्यवेक्षकहरूले कुम्भ मेला र पहिलेका समयमा भएका अन्य कार्यक्रमहरू बीच समानताहरू फेला पारेका छन्।[५]
महत्त्व
सम्पादन गर्नुहोस्कुम्भ मेला भारतको ३ ठाउँमा लाग्ने गरेको थियो तर बि.सं. २०५९ साल बैसाख १ गते देखि नेपालको सुनसरी जिल्ला स्थित चतराधाममा समेत लग्न थालेको छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ गरुड पुराण
- ↑ "कुम्भमेला प्रयागराज : संसारको सबैभन्दा ठूलो धार्मिक मेला सुरु, जान्नुपर्ने कुरा यी हुन्", BBC News नेपाली (नेपालीमा), २०२५-०१-१३, अन्तिम पहुँच २०२५-०१-२९।
- ↑ Black, G. (२०१८), On the Ganges: Encounters with Saints and Sinners Along India's Mythic River, St. Martin's Publishing Group, पृ: १४८, आइएसबिएन 978-1-4668-6111-4।
- ↑ "अंग्रेजों ने आधिकारिक रूप से कराया था छह कुम्भ", Hindustan (हिन्दीमा), १७ डिसेम्बर २०२४।
- ↑ Maclean 2008, पृष्ठ 99.
हेर्नुहोस्
सम्पादन गर्नुहोस्
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found