नेवारी भाषा नेवार समुदायले बोल्ने प्रादेशिक भाषा (नेवारीमा नेवाःभाय्) नेपालको एउटा प्रमुख समृद्ध भाषा हो। नेपालभाषा भनेको नेवारी भाषा साहित्यको ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं साहित्यिक उपनाउँ हो। चिनी-भोट भाषा परिवार अन्तर्गत भोट-बर्मेली समूहमा पर्ने यस भाषा किराँत भाषामा विभिन्न भाषाहरू मिसिएर विकसित भई मल्लकाल देखि साहित्यिक रूपमा फल्दैफुल्दै आएको छ। नेपालमा धेरै बोलिने भोट मुलका भाषा मध्ये तामाङ्पछी नेवारी पर्दछ । राजधानीबासीले अाफ्नो प्रकारलाइ प्रधान मानेतापिन दोलखाका नेवारहरूले दोलखालाइ नै नेवारीको उद्गम मान्ने गरेका छन । आफ्नै विभिन्न लिपि भएको यस भाषा देवनागरी लिपिमा पनि लेखिने एउटै मात्र चिनी-तिब्बती परिवारको भाषा पनि हो।

नेवारी भाषा
नेपाल भाषा
मूलभाषीनेपाल
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता८ लाख ६० हजार
आञ्चलिक भाषाहरू
  • काठमाडौँ
  • दोलखाली
  • भक्तपुर
  • ललितपुर
  • बनेपा
  • धुलिखेल
  • चित्लाङ्ग
  • किर्तिपुर
  • सिन्धुपाल्चोक
  • पनौति
देवनागरी, कुटाक्षरी लिपि, रञ्जना लिपि, 𑐥𑑂𑐬𑐔𑐮𑐶𑐟 𑐮𑐶𑐥𑐶, ब्रह्मी लिपि, गुप्त लिपि, भुजिँमोल लिपि, गोलमोल लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 नेपाल,
सिक्किम  भारत
नियामक संस्थानेपाल भाषा परिषद
भाषा सङ्केतहरू
आइएसओ ६३९-२new (एनइडब्लु)
आइएसओ ६३९-३new (एनइडब्लु)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

वर्गिकरण सम्पादन गर्नुहोस्

 
मिति वि.सं. २०।७।२०१७ को ‘नेपाल भाषा पत्रिकाˈ दैनिक पत्रिका

यो भाषा चिन-भोट भाषा परिवार अन्तर्गत भोट-बर्मेली समुहमा पर्दछ।

लिपि सम्पादन गर्नुहोस्

नेवारी भाषा धेरै लिपिहरूमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरू रञ्जना लिपि, प्रचलित, ब्राह्मि, भुजिमोल हुन्। यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि लिपि भने माथिबाट तल लेखिन्छ। यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरू हुन्छन्। नेवारी भाषाका चौधवटा लिपि हुन्:-

भाषिका सम्पादन गर्नुहोस्

विकासक्रम सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाः उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौँ उपत्यकामा भएकोमा विद्वहरूको सहमति छ। काठमाडौँ उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस (नेपाली) भाषाको प्रभाव यो भाषामा देखिन्छ।

तिब्बती-बर्मेली भाषा परिवारको भाषा भए पनि वर्षोसम्मको भारोपेली भाषा परिवार भाषासँगको सम्बन्धले गर्दा नेवारी भाषाको स्वरूप विशेष गरी नामपद अलि भारोपेली जस्तो छ।

शाहकालमा तथा राणाकालमा राष्ट्रद्वारा नेपाली भाषालाई दिईएको प्राथमिकता तथा पञ्चायती व्यवस्थाको "एक भाषा" नीतिले यो भाषाको विकासक्रममा केही सुस्तायो। प्रजातन्त्र पुनर्स्थापना पश्चात् नेपाली मिडियामा निजि क्षत्रको संलग्नताले यस भाषाको विकासमा सघाएको छ।

साहित्य सम्पादन गर्नुहोस्

 
राजा महिन्द्र मल्ल (शासन १५६०–१५७४) जसलाई नेपालभाषाको आदिकवि भनिन्छ।

नेवारी भाषा साहित्य कहिले सुरू भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण छैन। यसको विकास तथा विस्तार लिच्छवी तथा मल्ल कालमा भएको थियो भन्ने तथ्यलाई तत्कालिन समयमा रचित विभिन्न नाटक, गीत, काव्य तथा तत्कालीन शिलालेखहरूले पुष्टि गर्दछन्। नेपालभाषाका महाकवि सिद्धिदास महाजु हुन्। यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ई.सं. १११४ को ललितपुर रुद्रवर्ण महाविहारस्थित ताड पत्रलाई लिइएको छ। मल्लकालको उदयसँगै राजकीय मान्यता पाएपछि यस भाषाले राम्ररी फल्ने फुल्ने मौका पायो। यही अनुरूप १४औँ शताब्दीमा आएर हरमेखला, नारद संहिता, अमरकोश, गोपालराज वंशावली आदिजस्ता महत्त्वपूर्ण ग्रन्थहरू रचिए भने तत्कालीन आवश्यकता र शासकहरूको रुचि अनुसार विविध विषयको प्रशस्त वाङ्मय ग्रन्थहरूको रचना भए। फलतः नेपालमा संस्कृत पछि प्राचीन वाङ्मय ग्रन्थको बढी रचना नेवारी भाषाबाटै भयो। ई.सं. १५०५ को भागवत् पुराण ग्रन्थदेखि यस भाषाको साहित्यिक इतिहास सुरू हुन्छ।<<[१]>>

१) प्राचीन काल -ई.सं. १५०५-१८४७

२) माध्यमिक काल -ई.सं. १८४७-१९४१

३)आधुनिक काल -ई.सं. १९४१ देखि हालसम्म

नेवारी भाषा देवनागिरी लिपिमा सम्पादन गर्नुहोस्

स्वर वर्ण सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपालीमा उच्चरण
अ: लामो "अ"
आ: लामो "आ"
लमो "ऋ"
लृ लृ
लॄ लामो "लृ"
अँ अँ
अं लामो "अँ"
अय् लमो "ए"
आय् अयाय्
एय् धेरै लामो "ए"

व्यञ्जन वर्ण सम्पादन गर्नुहोस्

नेवारी भाषाका व्यञ्जन वर्णहरूको उच्चरण नेपालीमा जस्तो हुन्छ। नेवारी भाषामा नेपली भन्दा बढी व्यञ्जन वर्णहरू हुन्छन्।

ङ्ह
न्ह
म्ह
ह्य ह्र ल्ह व्ह

नेवारी भाषामा प्रयोग नहुने तर संस्कृत तथा पालि भाषा अथवा कुनै विदेशी भाषा नेवाःहरूले आफ्नै लिपिमा लेख्नुपर्दा प्रयोग गर्ने वर्णहरू:

क्ष त्र
ज्ञ

नेवारी भाषा व्याकरण सम्पादन गर्नुहोस्

नेवारी भाषाको पनि आफ्नै व्याकरणात्मक नियमहरू छन्

लिङ्ग सम्पादन गर्नुहोस्

नेवारी भाषामा केवल नाम शब्दमा मात्र लिङ्ग भेद गरिन्छ। सर्वनाम, विशेषण र क्रियापदहरूमा लिङ्ग भेद हुँदैन

  1. शब्द परिवर्तन गरी : काय् - म्ह्याय्, दाजु - तता, किजा - केहेँ
  2. पछाडी 'नी'थपी : दांगदर - दांगदरनी, सँमि - सँमिनी, माकः - माकःनी
  3. अगाडि 'बा' को सट्टा 'मा' राखेर : बासल - मासल, बाहेँय् - माहेँय्
  4. अगाडि 'थु' को सट्टा 'मा' राखेर : थुसा - मासा, थुम्येय् - माम्येय्

वचन सम्पादन गर्नुहोस्

नेवारी भाषामा केवल नाम शब्दमा मात्र वचन भेद गरिन्छ

  1. सम्बन्धवाचक शब्दमा 'पिं'(काठमाडौँ/ललितपुर)/'पुं'(भक्तपुर) थपेर : किजा - किजापिं/किजापुं, माजु - माजुपिं/माजुपुं
  2. विशेषण शब्दमा 'पिं'/'पुं' थपेर : तुयु - तुयुपिं, भ्वासि - भ्वासिपिं
  3. अरु सबैमा 'त' थपिन्छ : खिचा - खिचात, मचा - मचात (मस्त), देगः - देगःत, मिखा - मिखात
  4. 'मिजं, 'मिसा', 'मिथु', 'मिखे', 'मिस्जं' शब्दहरूमा 'पिं'र 'त' दुबैमा जुन पनि राख्न सकिन्छ
  5. द्रव्यवाचक नाममा वचन भेद हुँदैन

व्याकरणात्मक कण सम्पादन गर्नुहोस्

नेपाली नेवारी भाषा
नाम नां / नाङ
सर्वनाम मंकाः नां, पलेनां
विशेषण ब्वाय्‌सु
क्रियापद यासु

आदर सम्पादन गर्नुहोस्

नेवारी भाषामा आदरलाई 'बचं तयेगु' भनिन्छ :

  1. सामान्य आदर - छं याना ला ( तिमीले गर्यौ र)
  2. आदर राखेर बोल्नु - छिसं यानादिया ला ( तपाईंँले गर्नुभयो र)
  3. दिव्य आदर - छिकप्वलं यानाबिज्याना ला ( हजुरले गरिबक्सनु भयो र)

चलनचल्तीका केही शव्द तथा वाक्यहरू सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
ज्वजलपा नमस्ते
छिगु नां छु खः? तपाईंँको नाम के हो?
जिगु नां … खः। मेरो नाम … हो।
न्हूगु / न्हू दँया भिन्तुना! नयाँ वर्षको शुभकामना!
गुथि संस्था
छेँ घर
मनू मान्छे
वासः औषधी
बुखँ समाचार
बुँख्याःचा खेतमा चरा तर्साउन राखिएको मान्छेजस्तो नमुना
ख्वाःपाः मुकुन्डो
प्याखं नृत्य
स‌ंकिपा चलचित्र
दबू स्टेज / दवली
लाय्‌कू दरबार / राजकूल
ज्यास: कार्यालय
पस:/ पसल पसल
चुक चोक
न्ह्यपु दिमाग
नुगः मुटु
सुभाय् धन्यबाद
लसंहना बधाई
मतिना माया
खः हो
मखु होइन
जिउ / ज्यू हुन्छ
मजिउ / मज्यू हुन्न

बाेला - पर्म

सम्बोधन सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
जि
झी हामी
छिः तपाईंँ
तिमी / तँ
भाजु श्रीमान्
मयजु श्रीमाती
वयकः वहाँ
थन यहाँ
उ /उनी
थो यो
हुँ त्यो
अन / आकन त्यहाँ

खानेकुरा सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
जाकि चामल
वा धान
छ्व गहुँ
कःनि / लाजा / लाब्जा मकै
मुस्या भटमास
माय् मास
जा भात
छुचुं / छुचुङ पीठो
मरि / मारि / मधि रोटी
बजि / बै चिउरा
सुकू ला सुकुटी
धौ दही
ल: / नाः पानी
ला मासु
म्येय् ला राँगाको मासु
खाया ला कुखुराको मासु
दुकुचा / दुगु या ला बोकाको मासु
फाँया ला ब‌‌ंगुरको मासु
लाभा / लाबा / लबा लसुन
हलू हलेदो
जी जिरा
चि नुन
बेचि विरेनुन
मल्ता खुर्सानी
मलय् मरीच
अय्‌लाः रक्सी
थ्वँ जाँड
बजां / बझां हुक्का तम्माखु

सम्बन्ध सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
मां / अमा / मा आमा
अबु / बा / अब्वा बुवा
अजि / बज्यय् हजुरआमा
अजा / बाज्या हजुरबुवा
पासा साथी
दाजु दाइ
किजा भाइ
तता / अता दिदी
केहेँ बहिनी
कलाः / मिसा / तिरिमयेजु श्रीमती
भाःत श्रीमान्
पाजु मामा (आमापट्टीको दाजुभाइ) फूपाजु (बुवापट्टीको दिदीबहिनीको श्रीमान्)
मलेजु / मल्जु माइजु
निनि फूपु
त:मा ठूली आमा
चमा / चाँ कान्छी आमा
त:बा ठूलो बुबा
कका सानो बुबा
काय् छोरा
म्ह्याय् छोरी
काय्‌चा भतिजा
म्ह्याय्‌चा भतिजी
भि‌न्चा भान्जा / भान्जी
छय् नाती / नातीनि
भौ बुहारी
सस:मा / सस्मां सासु आमा
सस:बा / सस्बा सासु बुवा / ससुरा
सस: ससुराली
जिलाजं ज्वाइँ

रङ सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
तुयुगू / तुयू सेतो
हाकुगु / हाकु कालो
ह्याँगू रातो
वाउँ हरियो
वँचु नीलो
म्हासु पहेँलो
सियुगु / सियु खैरो

शरीर सम्पादन गर्नुहोस्

नेवारी भाषा नेपाली
म्ह शरीर
छ्यं टाउको
सँ /साँ कपाल
न्ह्यपु दिमाग
कपः /कपाः निधार
मिखा आँखा
ख्वाः / ख्वः अनुहार
न्यताः गाला
न्हाय् नाक
म्हुतु मुख
वा दाँत
म्येँ जीवो
मन्चा चिउँदो
ल्हाः हात
पातिं / पतिं औँला
पस / पासः अन्जुली
ब्वःल / बोहोल कुम
प्वाः पेट
तुति खुट्टा
लुसि नङ
जँ / जाँ ढाँड
खम्पा तिघ्रा

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्